Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
  • अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

आजको भोली कहाँ हुन्छ र?

एक मित्रले केहि दिन अघि सामाजिक सञ्जालमा लेखे 'नेपालमा अझै पनि दलितहरुलाइ हेर्ने सोच बदलिएको छैन ।' छोटो त्यस लेखमा असन्तुष्टी भन्दा धेरै निराशा थियो । त्यसपछि सो पोष्टमा आएका प्रतिक्रिया र त्यसमा उनको जवाफ हेर्दा त्यो आक्रोशभीत्रको निराशा बुझ्न सकिन्थ्यो ।

परिवर्तनका उत्कट चहानामा नेपालमा ठूलाठूला आन्दोलन भए । पश्चिमको विभेद र अविकासमा माओवादीले रुमानी सपनाको व्यापार गर्यो  । त्यसका कारण १३ हजारबढिले ज्यान गुमाए । मधेस आन्दोलनमा पनि सयौंले ज्यान गुमाए । आन्दोलनकै कारण अहिले समाजमा कसैले पनि आफ्ना विरुद्ध भएका विभेदका विरुद्ध आवाज उठाउने साहस गर्न थालिसकेको छ । राज्यका निकायमा सबै जातजाती भाषा, धर्म, भूगोलको प्रतिनिधित्व हुन लागेको छ । हुनुपर्ने आवाज गम्भिर रुपमा उठेका छन् ।

टाउको उठाउने प्रयासमा लाङटाङ

१ वर्ष अगाडी भूकम्पले खण्डहर बनाइदिएको घरमा पेमा डोण्ड्रुप तामाङ केहि खोजिरहेका थिए । भग्नावशेषबाट उनले एउटा लुगा निकाले र हेरे । यो उनको ट्राउजर थियो । ट्राउजरजस्तै १ वर्षसम्म नसड्ने सामाग्रीमात्रै भग्नावशेषमा बचेका थिए । बचेका सामाग्रीहरु पनि पुन प्रयोगमा ल्याउन सकिने अवस्थामा थिएनन्, गाह्रोमा भएका ढुङ्गा र नभाँचिएका काठबाहेक ।

२०७२ बैशाख १२ गते आएको भूकम्पले पेमाको गाँउ लाङटाङमा भएका सबै घरहरु खण्डहर बनाइदिएको छ । उनको घर नजिकको एउटा बस्ति त पुरै माटोले पुरिएको छ । भूकम्पको कम्पनले गाँउमा रहेका १ सय ३० मध्ये एउटा घरमात्रै उभिएर रहेको छ । त्यो पनि धराप अवस्थामा ।

नहेपिने को होला?

विषय प्रवेश केहि समयअघिको सानो घटनाबाट। माईतीघरमा कोटेश्वरतिर जाँदै गरेको यात्रुबाहक बस चढ्यौं। बसमा तिलको दानासम्म अटाउने ठाँउ समेत थिएन। नयाँ बानेश्वरबाट केहि मानिसहरु चढे, केहि ओर्लिए। मिनभवन पुगेपछि बसको कर्मचारीले यात्रुहरु मिलाउन लाग्यो। यात्री र कर्मचारीबीच भनाभन भएको सुनियो। कारण बुझ्दा थाहा भो पछाडी जानुस भन्दा विवाद भएको रहेछ। गाडीको अवस्था हेर्दा विवाद गर्नुपर्ने देखिन्नथ्यो। झगडा छेउबाट हेरेका साथीले भने विवाद गर्ने यात्रुलाई दुर्व्यवहार भएको त थिएन। उसले पछाडी गइदिनुस न भन्ने कर्मचारीको आग्रहलाई दुर्व्यवहार ठान्यो। उसलाई मनमा त्यस्तै अनुभूति भएका कारण यो अवस्था आएको हो।

साथीको कुरामा दम छ भन्ने लागेर नै यो लेख लेख्ने जाँगर चलेको हो। समाज विस्तारै धुर्विकृत भैरहेछ। राज्यबाटै विभिन्न समुदायहरु हेपिए। एकथरीको तर्क। अर्कोथरी भन्छन हेपिएको छैन। हेपिएकै हो वा हैन भन्ने बारे सर्वमान्य मापक हालसम्म नभेटिएका कारण यसै भनेर भनिहाल्ने अवस्था पनि छैन । मौकामा आफ्नो विचार नराखेर बेमौकामा कथा हाल्नुको अर्थ छैन नै। त्यसैकारण पनि यो लेख लेख्ने जमर्को गरिएको हो।

शैशव अवस्थामा अभिभावकले भनेका कथाझैं अहिले धेरै वर्ग, समुदायका मनमा बसका यात्रीको झैं अनुभुति भैरहको अवस्था छ। नेपालमा अहिले धेरै बहसमा हेपिन्छौं मात्रै भन्ने सुनिएका कारण पनि केहि वर्ग, समुदायका मानिसका मनमा त्यसलो गहिरोसँग घर गरि नै सकेको छ। यो उत्ताउलिएको बहसले हामीलाई स्वस्थ बहसबाट वञ्चित गरेको छ। साथै अनावश्यक रुपमा शंकालु तथा हिनताबोधी बनाउँदै लगेको छ।

अहिलेको नेपालमा अधिकांश वर्ग तथा समुदायलाई हामी हेपियौं भन्ने लागेको छ। नेपाली भन्दा फरक भाषा बोल्नहरुलाई नेपाली भाषा मातृभाषा भएकाहरुले हेपेको भन्ने लाग्छ। काठमाण्डौ बाहिरकाहरुलाई काठमाण्डौले हेप्यो भन्ने लाग्छ। मधेसका वासिन्दालाई पहाडले हेपेको भन्ने लाग्छ। पुर्वकालाई पश्चिमकाले। पश्चीमकालाई पुर्वकाले। यसरी लिष्ट बनाउँदै जाने हो भने यो लामै लिष्ट बन्न सक्छ। यसका लागि पछिल्लो समयमा भएका बहसहरुले निकै ठूलो योगदान गरेका छन्। अझ यहि विषयलाई देखाएर धेरैको पेट भर्ने धन्दा पनि चलिरहेको हुँदा मुद्धा दिनानुदिन जटिल बन्दै गएको छ।

अधिकांशलाई लाग्छ यो देशमा बाहुनहरुले हेपिनु पर्दैन। बाहुनहरु उच्च जातमा पर्ने भएका कारण पनि यस्तो सोचिएको हुन सक्छ। सम्भवत सबैलाई थिचोमिचो गर्ने हेप्ने भन्ने आशय झल्कने गरि प्रयोग गरिएको शब्द वाहुनवादले पनि त्यही अर्थ दिन्छ। आजकाल के कारण हो यो शब्दको प्रयोग पहिलेजत्तिकै र पहिलेझैं प्रयोग हुन छाडेको छ। एक जमानामा वाहुन भएर जन्मनेहरु जन्मजात शोषक हुन्। राज्यका सबै श्रोतमा अधिकार जमाएर बसेका कुलिन वर्ग हुन्। श्रममा विश्वास नगर्ने वर्ग हुन्। अर्कालाई शोषण गरेर जीवीका धान्नेहरु हुन् भन्ने बुझाई थियो । अझै पनि केहिमा त्यो बुझाई यद्यपी छँदैछ।

नेपाल विविधता भएको मुलुक हो। एक भूगोलमा धेरै जातजाती, भाषा, धर्म लगायतका मानिसहरु यहाँ वर्षौंअघिदेखि बस्दै आईरहेका छन्। यसरी बसोबास गर्ने क्रममा जातविशेषमा रहेका विभिन्न विश्वास र प्रचलनहरुले गर्दा नेपालमा सबैको एकैखालको र एकानासको विकास नभएकै हो। नेपालको पहिलो कानुनी दस्तावेजहरु हिन्दु धर्मबाट प्रभावितै भएकै हुन्। पुरानो समयमा शासकहरुले हिन्दु धर्ममा आधारित भएर राज्य सञ्चालन गर्ने गरेका थिए। तर पनि १९१० मा लागु भएको मुलुकी ऐनमा हिन्दु समाजमा वर्जित मानिएका भाउजु व्यहोर्ने लगायतका चलन पनि केहि समुदायका लागि छुट गरिएको थियो। हुन त त्यसमा मान्छे जिउँदै जलाउने सति प्रथालाई पनि मान्यता दिइएको थियो। हामी त्यो समयबाट अहिले धेरै अगाडी आइसकेको छौं। यतै अलमलिएर बस्ने हो भने विगत कोट्याएरै बस्न सकिन्छ। अहिलेको आवश्यकता भनेको अगाडी जाने हो।

नेपाली समाजमा विभेद नभोग्ने सायदै होलान। मात्रै त्यसलाई अनुभुती गरियो वा गरिएन भन्ने मात्रै सवाल हो। यदि मनमा विभेद हुँदैछ भन्ने कुरा लाग्यो भने हामीले सकरात्मक रुपमा गरिएका व्यवहारलाई पनि विभेद भनेर शंका गर्न लाग्छौं र सो अनुसार व्यवहार गर्ने गर्छौं। मैले धेरै ठाँउमा त्यस्ता घटनाहरु देखेको छु। कुनै ठाँउमा सकरात्मक गर्न खोज्दा पनि समस्या देखिएको छ। कतै कतै विभेद हुँदा पनि त्यसलाई वास्ता नै नगर्नेहरु पनि छन्।

अन्तमा आफ्नै अनुभूति। सानैदेखि टोपी लगाउने बानी नै हो। टोपी लगाएर विद्यालय जाँदा माथिल्लो कक्षाकाले फाल्नेदेखि कक्षामा शिक्षकले डस्टर पनि धेरै पटक बनाएका छन्। बसमा हिँड्दा टोपी लगाएकै कारण बसका कर्मचारीहरुको दुर्व्यवहार पनि सहेको छु। सँगैका साथीले ५ रुपैंया छैन भन्दा चुप लाग्ने कर्मचारीले मलाई पुरै भाडा नहुँदा बीचैमा झारिदिने भनेर लछारपछार गर्थ्यो। सरकारी कार्यालयहरुमा टोपी लगाएकै कारण रुखो व्यवहारको सामना गरेको छु। अवस्था अझैसम्म यहि हो। अझै पनि एकथरीले टोपी लगाउनेहरु विशिष्ट हुन्छन्। उनिहरुलाई राज्यले समाजले विशिष्ट व्यवहार गरेको छ भनेर समाजमा अनर्गल प्रचार गरिरहेका छन्। लगाउनेहरु उच्च खानदान र पहुँचवाला भए बेग्लै कुरा। आम रुपमा भोगिने समस्या यस्तै यस्तै हुन्।

विभेद नेपालमा सबै क्षेत्र वर्ग समुदायमा व्याप्त छ। त्यसको मात्रा भने समय परिस्थितीका आधारमा धेरै वा थोरै हुन सक्छ। विभेद भोग्ने भन्दा पनि त्यो हुन्छ भन्ने बुझाई धेरै घातक छ। भोगेका भोगाईहरु समयकालमा विर्सन सकिन्छ। मनमा गढेको कुरा भने विर्सन पनि धेरै समय लाग्छ। सबैले सबैको सम्मान गर्ने व्यवस्था सुरु गर्नका लागि सुरुवात गर्न ढिलो भैसकेन र!

सिसडोलको शंका र संघियता

केहि समयअघि एक राष्ट्रिय दैनिक पत्रिकामा तस्विरसहितको समाचार प्राथमिकतासाथ छापियो । काठमाण्डौको फोहोर थन्क्याउने नुवाकोटको सिसडोलमा पाखा रसाएर कालो पानी बग्दै गरेको देखिन्थ्यो तस्विरमा । सोहि बारेमा थियो समाचार पनि । यसले त्यहाँको वातावरणको वर्तमान अवस्थालाई प्रष्ट पार्छ । यस्तो अवस्थाका बारे यसअघि कुनै पुर्वानुमान गरिएकै थिएन भन्दा पनि हुन्छ । अझै सुरुमा त ल्याण्डफिल साईटको उद्घाटन नै धुमधामसँग भएको थियो रे । उद्घाटन कार्यक्रममा बालबालिकाहरुलाई लहरै उभ्याएर फोहोर लैजाँदै गर्दाको तस्विर अझै सुरक्षित होलान यस क्षेत्रमा काम गर्नेहरुसँग ।

२०१६ का १६ तस्विर

एकथरिको आरोप छ। अर्जुनका हातमा क्यामेरा पर्‍यो भने उसले मान्छेको फोटो खिच्दैन। किरा फट्याङ्ग्रा र फूलको फोटो खिच्छ। आरोप लगाउनेहरु सहि पनि हुन्। प्रकृतिमा रम्न चाहने वानी नै हो। 2016 सालमा कति फोटा खिचिए ठ्याक्कै एकिन भएन। त्यसमा पनि राम्रा लागेका १६ तस्विर यहाँ प्रस्तुत गरेको छु सुझाव पाँउ है !

आँखा खुल्न अब कति कुर्नुपर्ला ?

केहि त होला भन्ने आशैआशमा २०१६ सकियो । संविधान आएपछि रामराज्य हुनेछ भन्थे । १५ महिना वितिसकेछ । देश अगाडी जान्छ भन्थे । अगाडी गयो कि उँही छ मेसो पाउन सकिएको छैन । शंका लाग्छ पछाडी पो हट्यो कि !

भन्नेहरु भन्थे । यो देशमा राजतन्त्र भएर विकास भएन । १ दशक पुरा भयो राजतन्त्र विदाई गरेको । जनताले आफैं संविधान बनाएपछि अग्रगमनको यात्रा सुरु हुन्छ भन्थे । भनेजस्तो विकास भएको छैन । बरु भन्नेहरुका भाखा फेरिन लागेका छन् । अव संसोधन, चुनाव के के भन्न लागेका छन् । घटनाक्रमहरुले प्रमाणित गरिरहेछन् नेपालमा यसो भएपछि गज्जब हुन्छ; उसो भएपछि गज्जब हुन्छ भन्ने केवल बहाना मात्रै हुन् । 

हाम्रो फेसबुक पाना