• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Showing posts with label रेडियो कार्यक्रम. Show all posts
Showing posts with label रेडियो कार्यक्रम. Show all posts

तार्किक निष्कर्श: माध्यामिक तह निशुल्क

नेपालमा सरकारी र नीजि क्षेत्रका विचको शिक्षामा आकाश जमिनको अन्तर छ । तुलनात्मक रुपमा अध्ययन गर्दा दुवैमा बराबर लगानी हुने गर्दछ । शैक्षिक गुणस्तरको कसि मानिने प्रवेशिका एसएलसि परिक्षाको नतिजामा सरकारी विद्यालयहरु निजि विद्यालयका अघि निरिह देखिने गरेका छन । यसै सन्दर्भमा हामीले ‘माध्यामिक तहसम्मको शिक्षा निशुल्क हुनुपर्छ’ भनेर बहस सञ्चालन गरेका छौं । यो बहस दोलखा जिल्लाका माध्यामिक विद्यालयहरुमा तुलनात्मक रुपमा राम्रो मानिने भीमेश्वर नगरपालिका वडा नं. ५ जिलुमा रहेको सर्व माध्यामिक विद्यलयमा रेर्कड गरेका छौं । 

तार्किक निष्कर्श : बालबिबाह रोक


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको वर्ष गरेको सर्वेक्षणले  नेपालमा औसतमा केटाहरुले २० र केटीहरुले १९ वर्षमा विवाह गर्ने गरेको देखाएको छन । यस भन्दा कम उमेरमा विवाह गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको छ । सर्वेक्षणका अनुसार पहिलो वच्चा जन्माउने उमेर १९ वर्ष रहेको छ । 

तार्किक निस्कर्ष : तीज अगाबै तीज, संस्कृति कि बिकृति ?

नेपाली महिलाहरुले विशेष रुपमा मनाउने हरितालिका तिज आउन अझै केही दिन बाँकी छ । तीजका नाममा विभिन्न कार्यक्रमहरु मनाउने क्रम महिना दिन अगाडीदेखी नै सुरु भइसकेका छन । तीजमा गरिने यस्ता कृयाकलापहरुले चाडपर्वलाई भड्कीलो बनाँउदै लगेको भन्दै चिन्ता व्यक्त गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । तर यसरी तीज मनाउने कुराले तीजको महत्व बढाएको र यसले सामाजिक सद्भाव कायम गर्नका लागि पनि सहयोगि हुने धेरैको विश्वास छ ।

तार्किक निष्कर्ष : वर्तमान राजनैतिक जटिलतामा निकास के ?

नेपालमा पछिल्लोपटक २०६४ चैत्र २८ गते भएको संविधानसभाको निर्वाचनले पहिलोपटक जनताद्धारा संविधान वनाउने प्रकृया संविधानसभाको स्थापना गरेको थियो । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकलाई २ बर्षभित्र संविधान दिने प्रतिवद्धता गरेको थियो । तर पटक पटक म्याद थपेर ४ बर्ष समयावधी पु¥याइएको संविधानसभा अन्तत २०६९ जेठ १४ गते राती नयाँ निर्वाचन घोषणा गर्दै विघटन हुन पुग्यो ।

तार्किक निष्कर्ष अंक ६ विद्यालयमा राजनैतिक संगठन रोक लगाउ

नेपाल सरकारले १६ वर्षभन्दा मुनिको उमेरसमुहलाई वालवालिका मानेको छ । वालवालिकाका पक्षमा भएका विभिन्न सन्धी तथा सम्झौतामा समेत नेपालले हस्ताक्षर गरेको छ । नेपाल पक्ष भएका सन्धी तथा सम्झौतालाइ अध्ययन गर्ने हो भने वालवालिकालाइ वलजफतपूर्वक कुनै पनि काम गराउन पाईन्न साथै उनिहरुलाई राजनैतिक दलका सभासम्मेलनमा पनि लैजान पाईन्न ।

तार्किक निष्कर्ष अंक ५ : सञ्चारमाध्यममा वैदेशिक लगानी


नेपाली सञ्चारमाध्यमका वारेमा अध्ययन गरिरहेको संस्था मार्टिन चौतारीले २०६८ मा प्रकाशन गरेको पुस्तक मिडिया अध्ययन ६ का अनुसार नेपालमा २०६७ कार्तिक मसान्त सम्म २८३ रेडियो १४ टेलिभिजन र पाँच हजारभन्दा धेरै पत्रपत्रिकाहरु सुचना विभागमा दर्ता भइ सञ्चालनमा छन । पुस्तकमा उल्लेख गरिएअनुसार २०६६÷६७ मा मात्रै ८ सय ७१ ओटा पत्रिका दर्ता भएका छन । यस तथ्यलाई मध्यनजर गर्दा नेपालमा सञ्चारमाध्यममा लगानी प्रत्येक वर्ष वढ्दै गइरहेको छ ।

तार्किक निस्कर्ष अंक ४: गरिबी निवारण कसरि ?

नेपालमा अहिले प्रत्येक चारजनामा एक जनाको कमाई दैनिक ५३ रुपैंयाभन्दा कम छ । नेपाल सरकारले दैनिक ५३ रुपैंयाभन्दा कम कमाई हुनेलाई गरिव भनेर तोकेको छ । केन्द्रिय तथ्याङ्क विभागले आर्थिक वर्ष २०६६ ६७ मा गरेको नेपाल जीवनस्तर सर्वेक्षण ३ का अनुसार यो संख्या ६६ लाख छ । यो कुल जनसंख्याको २५ दशमलव २ हो । 

तार्किक निष्कर्ष अंक ३ :- युवा विदेशिन रोक लगाउ

वैदेशिक रोजगार विभागले दिएको तथ्याङ्कलाई आधार मान्दा यस आर्थिक वर्षको पौष मसान्तसम्म १ लाख ९७ हजार २ सय ६३ जना रोजगारको खोजीमा विदेशिएका छन । पौष महिनामा मात्रै १९ हजार ९ सय ६१ पुरुष र १ हजार ७ सय ८८ महिला कामको खोजी गर्दै नेपाल छोडेका छन । पौष महिनामा नेपालीहरु जम्मा १ सय २७ देशमा कामका लागि गएका छन ।

तार्किक निष्कर्ष अंक २ : आरक्षणको आधार के ?

यस अंकमा हामीले आरक्षणको आधार के ? जातिय हुनुपर्छ कि वर्गिय भन्ने विषयमा वहस चलाएका छौं । यस वहस श्रृङ्खलामा सहभागिहरु हुनुहुन्थ्यो ।

पक्षतर्फ 
  • हरी जिरेल 
  • रामचन्द्र दुलाल 
  • शर्मिला कार्की

तार्किक निस्कर्स अंक १

रेडियो कार्यक्रम तार्किक निष्कर्षको हामीले पहिलो अंकमा हामीले 
शिक्षाको गुणस्तर खस्कनुमा को दोषि ?भन्ने विषयमा वहस चलाएका छौं । 

हाम्रो फेसबुक पाना