आफ्नै बारेमा लेख्नु कठिन काम हो । तैपनि केहि कुरा त लेख्नु नै छ ।
नेपालमा दोलखा जिल्लालाई आधार बनाएर पत्रकारिता गरेको १५ वर्ष पुरा हुन लाग्यो । लामो समय यो मेरो प्रमुख पेशा थियो । अहिले यो मेरो रहर हो । रमाइलो हो ।
पत्रकारितामा रहँदा देखेका, भोगेका तथा अनुभव गरेका कुराहरु मेरा ब्लगका विषय हुन् । यो सँगै मुलधारका मानिएका सञ्चारमाध्यममा आइरहेका विषयलाई फरक तरिकाबाट हेर्नुपर्छ भन्ने मेरो मान्यता हो । यहि कुरालाई केन्द्रमा राखेर मैले आफ्ना विचार राख्ने गरेको छु । जसलाई सोझो अर्थमा भन्दा यथास्थितिवादी र अझ कडा शब्दमा भन्दा प्रतिगामी भनिन्छ । तर जव म आफ्ना १ दशक पुराना लेखहरु हेर्छु मलाई हामी किलोमा बाँधिएका गाईवस्तुजस्तै लाग्छ । हिँड्न नछाड्ने, कतै नपुग्ने !
तपाँइलाई यहाँ राखिएका सामाग्रीहरु कस्तो लागेको छ । मनमा लागेको कुरा लेखिदिनुभयो भने अझै गज्जब हुने थियो । समाजमा सबैले एकै तरिकाले सोच्दैनन् । यो नै मानिस हुनुको मौलिकता हो । यसैले तपाँइका प्रत्येक भावनाहरुको म कदर गर्नेछु । म त्यसमा सहमत भइँन भने पनि !
सामाजिक सञ्जालमा हुनुहुन्छ भने म त्यता पनि छु । भेटघाट त हुन्छ नै !
फेसबुकमा : http://www.facebook.com/arjun.apawad
ट्वीटरमा : https://twitter.com/Apawaad
युट्युवः https://www.youtube.com/user/Apawaad
इमेल : apawad@hotmail.com
इमेल : apawad@hotmail.com
२०७९-०६-२२