1. २०५८ सालको मंसिर १३ गते, मिर्गे गाविस वडा नं. ५ का मानबहादुर थापा बिहानै घरबाट निस्किए । उनले घरका मानिसहरुलाई पनि आफु जना लागेको ठाँउका बाररेमा केही भनेनन् । घरकाले पनि उनलाई सोधेनन किनभने त्यो भन्दा अगाडी उनी पटक पटक घरमा केही नभनी कामका लागि नाम्दु गाविसतिर गएर २, ४ दिनमा फर्कन्थे ।
सधैंजसरी उनी काममा नै हिँडेका होलान भन्ने ठानेको परिवार केही दिनपछि उनले काम गर्दा साथमा लैजाने खुकुरी घरैमा भेटिएपछि उनि काममा गएनन भन्ने कुरामा विश्वस्त भयो । बाँसको चोया काढेर जीवीका गर्ने उनका बारेमा परिवारले त्यसबेला आफैले खोजीनिति ग¥यो । घरबाट टाढा जान सक्ने अवस्था थिएन । देशमा भर्खरै संकटकाल लागेको थियो । यसबेलामा घरवाट टाढा जान सकिएन । सेना र माओवादीका डरले उनी जानसक्ने केही ठाँउमा खोज्यौ । आफन्त कसैकामा गएका रहेनछन । त्यसपछि पनि कसैले कता देखेको भने कसैले कता देखेको भने । त्यता पनि खोज्यौं कतै भेटिएनन । छोरा टेकबहादुर थापा भन्छन “खै फर्केर आँउछन की । आश त अझै छ । खोला पनि १२ वर्षमा पुरानै ठाँउमा फर्कन्छ भन्छन” । २ वर्ष अगाडी जिल्ला प्रशासन कार्यालयमा खोजविनका लागि निवेदन दिएको तर अहिलेसम्म कार्यालयले कुनै खोजखवर नगरेको थापाको गुनासो छ ।
2. बोच गाविसका कुमार भुजेल कमलादेवी अफसेट प्रेस काठमाण्डौमा काम गर्थे । २०५६ साल पुस महिनामा घर आएका उनी ससुराली जीरिमा गए । जीरिवाट माघ १ गते विरगञ्ज जान्छु भनेर हिंडेका उनि जिरी छोडेपछि परिवारको सम्पर्कमा आएका छैनन । परिवारका सदस्य अझै आउलानकी भन्ने झिनो आशमा छन । दाजु गणेश भन्छन । हामीले काम गर्दै होला भन्ने ठानेका थियौं उ त गएकै रैनछ । “आजको जस्तो फोनको जमाना थिएन । सक्नेसमम खोज्यौं । तर कुनै पत्ता लागेन । गाँउका साथीले एकपटक रोल्पाको लिवाङमा देखेका थियौं भने । पछि फेरी सोधखोज गर्दा कुनै जानकारी नै दिन सकेनन । खै फर्केर त अव के आउला र तर मरेवाँचेको थाहा पाउन पाए पनि हुन्थ्यो ।” चरिकोटमा एड्भोकेसी फोरमले वेपत्ता दिवसका दिन आयोजना गरेको कार्यक्रममा सहभागि भएका भुजेलले भने ।
भुजेल वेपत्ता भएपछि राज्यले परिवारलाई २ लाख रुपैंया प्रदान गरेको छ । वेपत्ता भएका कुमार भुजेलकी आमा र छोरकिो नाममा पैसा बैङ्कमा राखिएको छ । भुजेल वेपत्ता भएपछि उनकी श्रीमतीले गएको वर्ष अर्को घरजम गरिन । यसले गर्दा छोरीको भविष्यमा नै असर पर्ला की भन्ने चिन्ता लाग्छ भुजेल भन्छन ।
दोलखामा २० वढि वेपत्ता
मानबहादुर र कुमार मात्रै हैन । तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा दोलखामा २ण् भन्दा धेरै व्यक्ति वेपत्ता भएका छन । एड्भोकेसी फोरम दोलखाका राजेन्द्र श्रेष्ठले भने हराएकाहरुको विवरण भर्खरै वाहिर आउन लागेको छ । वेपत्ता भएको लामो समयपछि प्रशासन कार्यालयमा उजुरी दिने चलनका कारण यो संख्या वढ्न सक्छ । कतिपय घटनामा परिवारका सदस्यले पनि वेपत्ता भएका परिवारका सदस्यले पनि खोजी कार्यमा चासो नदिइएको पाइएको छ । इन्सेक वर्ष पुस्तक प्रतिनिधी उद्धव पोखरेल भन्छन “कुनै पनि नागरिकको अवस्थाका वारेमा राज्य जिम्मेवार हुनुपर्छ । नागरिकको अवस्थाका वारेमा जानकारी दिने काम राज्यको हो । तर त्यसो भन्दैमा परिवारका सदस्यको कुनै पनि दायित्व हुँदेन भन्ने हुँदैन ।”
१० परिवारले राहत पाए
दोलखामा २० भन्दा वढि व्यक्ति बेपत्ता भएको भए पनि अहिलेसम्म १० परिवारले मात्र राहत पाएका छन । स्थानिय शान्ति समिति दोलखाका कार्यालय सचिव मोहन केसीका अनुसार गएको आर्थिक वर्ष २०६८/०६९ मा कार्यालयमा परेका ११ निवेदनमध्ये १० जनालाई राहत उपलव्ध गराइएको छ । कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष राजन शिवाकोटीले द्धन्द्धपिडित व्यक्तिहरुको सहि पहिचान हुनुपर्ने वताए । उनले भने “द्धन्द्धको समयमा कतैवाट एक थप्पड नखानेले पनि द्धन्द्ध पिडित भनेर राहत दावी गर्ने गरेका छन । यसका वारेमा सम्बन्धीत निकायले निष्पक्ष भएर काम गर्न सक्नुपर्छ ।”
apawad@hotmail.com
No comments:
Post a Comment