किन किन मरुभुमी साह्रै प्यारो लाग्यो हजुर
हावा सँगै बालुवाको छारै प्यारो लाग्यो हजुर ।।
झरना सँगै लहरियका हरियाली लहर भन्दा
साना साना बालुवाको झारै प्यारो लाग्यो हजुर ।।
गाउ घर मा हासी खेली खेती गरी बस्नु भन्दा
बिदेशी भइ गुलामि को पारै प्यारो लाग्यो हजुर ।।
रेटी रेटी आफु लाई जिउन सिकिसकें अब
खिया लागेको खुकुरिको धारै प्यारो लाग्यो हजुर ।।
रापै राप र ताप्पै ताप मा जिउदा जिउदै होला आज
दुःख पिडा बेदना को भारै प्यारो लाग्यो हजुर ।।
झरि सँगै कालो बादल पिरोलेसी यि नयन लाई
राता राता खुर्सानी को खारै प्यारो लाग्यो हजुर ।।
No comments:
Post a Comment