एक्लै दौडिएर संसार जित्ने समाजमा
मैले कसैलाई जित्न सकिन
कुनै नियम मिच्न सकिन
समयको प्रवाहले
एक किनारमा हुत्याइदियो
बा म फेरी फेल भएँ ।
विना उद्धेश्यको यात्रामा
कति अगाडी पुगिने हो ?
दोधारको दोवाटोले
पु¥याउला कहाँसम्म ?
हिँड्दा हिँड्दा लखतरान परेपछि
म सुस्ताएको छु एकैछिन
खुसी खोज्ने बहाना गर्दै ।
रात साँझको अनेकन सास्ती
मेरो सुन्दर भविष्य हेरेर
प्रमाण पत्रहरुमा राम्रो अंक
सोचाई थियो, आश थियो
मन बाँधेर लेख्दैछु म
फेरी पनि सपना पर स¥यो
बा म फेरी फेल भएँ ।
झलमल्ल उज्यालो शहरमा
निष्पट्ट अँध्यारो छ यसबखत
मधुरो टुकीको प्रकाशमा
चम्किलो सपना बुन्दै हुनुहोला
चोयोको डोको सँगै
खिपेर आँखाहरु
एकनाशले
आगो निभ्न खोजेको वेला
आशाले जिन्दगी जियाँउछ ।
त्यहि आशा धेरै धेरै
मैले लिएर आको थेँ
यो विरानो शहरमा
एक अँजुली सपना
प्रयास गर्नेहरु असफल हुन्छन
म पनि असफल भएँ ।
यो एक समयका लागि
तैपनि हिम्मत हारेको छैन बा ।
कुनै दिन आउला
त्यसदिन म भन्न सकुँला
बा म पास भएँ नी
२७ मंसिर २०६९
मैले कसैलाई जित्न सकिन
कुनै नियम मिच्न सकिन
समयको प्रवाहले
एक किनारमा हुत्याइदियो
बा म फेरी फेल भएँ ।
विना उद्धेश्यको यात्रामा
कति अगाडी पुगिने हो ?
दोधारको दोवाटोले
पु¥याउला कहाँसम्म ?
हिँड्दा हिँड्दा लखतरान परेपछि
म सुस्ताएको छु एकैछिन
खुसी खोज्ने बहाना गर्दै ।
रात साँझको अनेकन सास्ती
मेरो सुन्दर भविष्य हेरेर
प्रमाण पत्रहरुमा राम्रो अंक
सोचाई थियो, आश थियो
मन बाँधेर लेख्दैछु म
फेरी पनि सपना पर स¥यो
बा म फेरी फेल भएँ ।
झलमल्ल उज्यालो शहरमा
निष्पट्ट अँध्यारो छ यसबखत
मधुरो टुकीको प्रकाशमा
चम्किलो सपना बुन्दै हुनुहोला
चोयोको डोको सँगै
खिपेर आँखाहरु
एकनाशले
आगो निभ्न खोजेको वेला
आशाले जिन्दगी जियाँउछ ।
त्यहि आशा धेरै धेरै
मैले लिएर आको थेँ
यो विरानो शहरमा
एक अँजुली सपना
प्रयास गर्नेहरु असफल हुन्छन
म पनि असफल भएँ ।
यो एक समयका लागि
तैपनि हिम्मत हारेको छैन बा ।
कुनै दिन आउला
त्यसदिन म भन्न सकुँला
बा म पास भएँ नी
२७ मंसिर २०६९
apawad@hotmail.com
No comments:
Post a Comment