कार्यालय प्रमुख प्र स नि प्रेमबहादुर खड्का |
दोलखामा प्रहरी कार्यालयमा आउने घटनाहरुको संख्या वढिरहेको तथ्याङ्कले देखाए पनि पर्यटकिय शहर जिरीमा रहेको अस्थायी प्रहरी पोष्ट लिङ्कनमा भने कुनै उजुरी परेको छैन ।
गत भदौ महिनामा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय र माताहतका १८ प्रहरी कार्यालयमा १ हजार ३ सय ५५ ओटा ठाडो निवेदन परेकोमा जिरीमा रहेको अस्थायी प्रहरी पोष्ट लिङ्कनमा कुनै पनि उजुरी परेका थिएनन् । ७ वर्षअघिस्थापना भएको यो प्रहरी चौकीमा अहिलेसम्म कुनै उजुरी दर्ता नभएको कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेमबहादुर खड्काले जानकारी दिए । कार्यलयमा प्र.स.नि.को नेतृत्वमा ८ प्रहरी कार्यरत रहेका छन ।
स्थानिय स्तरमा हुने घटनाहरु मेलमिलापमा अन्त हुने भएका कारण कुनै उजुरी दर्ता नभएको स्थानिय टंक जिरेलले जानकारी दिए । उनका अनुसार कुनै समस्या आएमा स्थानिय र प्रहरी बसेर छिनोफानो गर्ने गरिन्छ ।
यस प्रहरी चौकी स्थापना गर्नका लागि स्थानियले आफ्नै श्रमदानबाट प्रहरी चौकीको भवन निर्माण गरिदिएका थिए । स्थानियले शान्तिसुरक्षाका लागि भवन नबनुन्जेल घरभाडा तिरिदिएर प्रहरी चौकी स्थापना गरेको स्थानिय शिक्षक नर बहादुर जिरेलले जानकारी दिए । उनले भने ‘यहाँ प्रहरीको काम प्रभावकारी भएका कारण नै कसैले उजुरी दर्ता गराउनु नपरेको हो ।’
प्रहरी चौकीका प्रमूख खड्काका अनुसार यहाँ प्रहरीले स्थानियसँग मिलेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । ‘विद्यालयहरुमा कार्यक्रम गर्ने, अभिभावकहरुसँग समय समयमा अन्तरक्रिया कार्यक्रम गर्ने गरेका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो’, खड्काले भने ।
http://setopati.com/samaj/18843/
No comments:
Post a Comment