गत बैशाख २९ गतेको भूकम्पमा परि घाईते भएकामध्ये ५ घाईतेहरु परिवारको
सम्पर्कमा नरहेको भन्दै आफन्तहरुले खोजविन गरिदिन अनुरोध गरेका छन्।
दोलखाको उत्तरी क्षेत्रमा अवस्थित लादुक गाविसका ४ जना र लामीडाँडा गाविसका
१ जनालाई भुँईचालोमा परेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको
थियो। हाल उनीहरुको अवस्था अज्ञात रहेकोले परिवार थप चिन्तामा रहेको लादुक
गाविसका स्थानिय विरेन्द्र कटुवालले जानकारी दिए।
वेपत्ता हुनेहरुमा लादुक गाविस वडा नं. ७ का लोकबहादुर केसी, धु्रब केसी,
शिव खत्री तथा यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्रा खड्का रहेको
कटुवालले जानकारी दिए। घाईतेहरु वेपत्ता भएको कुरालाई जिल्ला प्रहरी
कार्यालय दोलखाले पुष्टि गरेको छ। लादुक गाविसका ४ जनालाई काठमाण्डौं
लगिएको कार्यालयसँग अभिलेख भएपनि लामिडाँडाकी खड्काको नाम भने अभिलेखमा नरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सन्तकुमार लामाले
जानकारी दिए।
जिल्ला दैवी प्रकोप उद्धार समिति दोलखाका संयोजक एवं प्रमुख जिल्ला
अधिकारी पे्रमलाल लामिछानेले घाईतेहरु बेपत्ता भएको जानकारी आएको बताए।
…राजधानीका केहि अस्पतालमा खोजि गर्दा उहाँहरुका बारेमा जानकारी हासिल गर्न
सकिएन। थप खोजि गर्नका लागि गृह मन्त्रालयलाई लिखित र मौखिक अनुरोध गरेका
छौं', लामीछानेले भने।
बाटो खोल्न डिजेल छैन
भूकम्पका कारण अवरुद्ध भएको माथिल्लो तामाकोसी आयोजनाको प्रवेश मार्ग
खोल्नका लागि डिजेल अभाव भएको छ। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका
प्रवक्ता डा. गणेश न्यौपानेले सिङ्गटीदेखि लामाबगरसम्मको बाटोमा ठाँउठाँउमा
पहिरो गएको कारण आयोजनासम्म पुग्ने सडक मार्ग अवरुद्ध भएको जानकारी दिए।
अवरुद्ध बाटो खुलाउनका लागि डिजेल तथा डोजर अपरेटरहरुको अभावका कारण काम
अगाडी बढ्न नसकेको उनको भनाई छ।
आयोजनास्थलमा पुग्न नसकिएका कारण आयोजनामा भएको क्षति विवरण संकलन गर्न नसकिएको पनि उनले जानकारी दिए।
No comments:
Post a Comment