• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

भूकम्पपीडितको आग्रहः सुरक्षीत स्थानमा सारिदेउ

जेठ १०

भूकम्पका कारण गाँउ सुख्खा पहिरोको जोखिममा परेपछि उत्तरी लापिलाङ्ग गाविसको गुजर्पा गाँउका बासिन्दाले सु्रक्षित स्थानमा सारिदिन आग्रह गरेका छन्।
एकिकृत नेकपा माओवादीका पूर्व सभासद चुनबहादुर थामीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमा आएको गाँउलहरुको टोलीले सहायक प्रमूख जिल्ला अधिकारी औलख बहादुर आलेलाई ज्ञापन पत्र बुझाँउदै भूकम्पका कारण गाँउका १ सय ६३ घरधुरीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।
गाँउमा भूकम्पका कारण जताततै जमिन फाटेका कारण सुरक्षित स्थानमा बस्ती सार्न आग्रह गरिएको थामीले बताए। उनका अनुसार अहिले उक्त गाँउमा बसोबास गर्ने करिब ७ सय जना गाँउ छोडेर ओडार तथा पाखामा रात विताउने गरेका छन्। ‘गाँउकै माथिल्लो भागमा पर्ने थाङमारो भिर खसेर गाँउ पुर्न सक्ने सम्भावना बढेर गएका कारण स्थानियहरुले असुरक्षाको महशुस गरेका छन्', थामीले भने।
गाँउमा जाने बाटो नै बन्द हुने स्थिती आईसकेको छ। बर्षामा झनै समस्या आउन सक्ने भएका कारण जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्न आएको वेद प्रसाद भण्डारीले बताए। उनका अनुसार उक्त गाँउ पहिरोका कारण यसअघी पनि जोखिममा रहेको गाँउ हो। ३९ सालको वर्षामा उक्त गाँउमा गएको पहिरोले १२ जनाको ज्यान लिएको थियो। ‘भूकम्पले ठाँउठाँउमा धाँजा परेका कारण वर्षामा पहिरोले पुरै गाँउ बगाँउछ होला', भण्डारीले भने
१० हजार पशुपन्छि मरे
जिल्लामा पटक पटक आएको भूकम्पमा परि १० हजार ४ सय ४५ घरपालुवा पशुपंछीको मृत्यु भएको छ। जिल्ला पशुसेवा कार्यालयले दिएको जानकारीका अनुसार भुकम्पका कारण ९ हजार ५ सय ९४ कुखुरा र ८७ गाई, ६५४ बाख्रा ९ चौंरीगाई, ७२ भैंसी १८ भेडा ८ बंगुर र ३ कुकुरको मृत्यु भएको छ। कार्यालयका पशु विकास अधिकृत नवराज दाहालका अनुसार गाँउगाँउबाट तथ्याङ्क संकलनको काम भईरहेको कारण यो संख्या अझै बढ्न सक्छ। ‘धेरै गाँउहरुमा विजुली अवरुद्ध भएका कारण त्यस्ता गाँउहरुमा भएको क्षतिको विवरण अझै प्राप्त हुन सकेको छैन', दाहालले भने।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना