• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

आफैं पूर्ननिर्माणमा जुट्यो सिङ्गटी बजार

दोलखा सदरमुकाम चरिकोटबाट ३५ किलोमिटर यात्रा गरेपछि उत्तरी क्षेत्रको सिङ्गटी बजार पुगिन्छ । बैशाख १२ को भूकम्पले भत्काउनुअघि यो बजार उत्तरी क्षेत्रको नमुना बजार थियो । परम्परागत ढुङ्गा माटोले बनाईएका रहरलाग्दा घर । ढुङ्गाले छाएको छाना । एकछेउमा बगिरहेको तामाकोशी नदि, अर्को छेउमा बगिरहेको सिङ्गटी खोला । फाट्टफुट्ट बन्न लागेका आधुनिक घरहरु परम्परागत रुपमा बनेका घरका बीचमा कतै हराउँथे ।

भूकम्पले हल्लाएपछि यो बजार भग्नावशेष बन्यो । स्थानीय र अन्य ठाउँबाट विभिन्न कामविशेषले आएका २ दर्जनबढिको ज्यान गयो । भग्नावशेष भएपछि स्थानीयले बजार छोडे र पुरानै गाँउमा फर्किए । स्थानिय कालिनाग उमाविका प्रधानाध्यापक दाताराम नेपालका अनुसार भूकम्पका कारण स्थानीयहरु बसाँई सर्दा विद्यालयमा करिब ८० जना विद्यार्थीहरु अनुपस्थित छन् । “कोहि परिवार शहर पसे । केही गाँउ फर्किए । विद्यालयमा अध्ययन गरिरहेका बालबालिका पनि अभिभावकसँगै गए ।”

भूकम्पको १० महिना वित्नै लाग्दा सिङ्गटी बजारमा पुर्ननिर्माणको काम सुरु हुन लागेको छ । सरकारले अझै नयाँ निर्माणका लागि ठोस आधार दिन नसक्दा स्थानीयहरु आफैं पुर्ननिर्माणमा जुट्न लागेका छन् । अहिलेसम्म ३ दर्जनबढि घर निर्माण भईसकेका छन् । सिङ्गटीमा रहेको होटेल चिनारीका सञ्चालक राजकुमार श्रेष्ठ भन्छन “जाडो छल्नैका लागि पक्कि किसिमका घरहरु निर्माण हुन लागेका थिए । अहिले निर्माणको क्रम ह्वात्तै बढेको छ ।”

स्थानीय स्तरमा बनेका घरहरुमा केही जस्ता तथा काठको प्रयोग गरि बनाईएको छ । केही भने पक्कि संरचना बनाइँदै छ । “थोरैले मात्र सरकार पर्खेर घर बनाउलान । धेरैले आफ्नो क्षमताअनुसारका घर बनाईसके”, स्थानयि भुवानी पाठकले भने ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना