दोलखाको मिर्गे गाविसका सन्दिप दाहाल कालीढुँगा उच्च माध्यामिक विद्यालयमा कक्षा ५ मा पढ्दैछन् । भूकम्पका कारण घर भत्किएपछि उनको परिवारै टहरामा बसोबास गरिरहेको छ । बुबा जन्मजात अपाङ्ग हुन । गएको वर्ष बुबाको व्यवहार फेरियो । मानसिक रोग लागेको आशंकामा उपचार गर्दा खेत बेच्नुप¥यो । घरमा आमाले ज्यालादारी गरेर कमाईरहेको अवस्थामा उनलाई अमेरिकाको टेक्सासमा बसोबास गर्ने नेपालीहरुको संस्था नेप्लीज सोसाईटी फर टेक्सासले सिरक दिएपछि राहत मिलेको छ । “घरमा पढलेख गर्न सजिलो हुने भयो”, सिरक बुझेपछि दाहालले भने ।
हिमाली हावापानीमा रहेको दोलखा जिल्लाका विभिन्न क्षेत्रका भूकम्पकाट अति प्रभावित २५ विद्यार्थीलाई न्यानो कार्यक्रम अन्तर्गत सिरक वितरण गरिएको संस्थाका नेपाल शाखाका कार्यक्रम संयोजक शंखुप्रसाद जैशीले जानकारी दिए । “भूकम्पबाट कष्टकर जीवन विताईरहेका विद्यार्थी तथा वृद्धहरुलाई मानविय रुपमा प्राथमिकतामा राखि सहयोग गरिएको हो”, जैशीले भने । संस्थाले जिल्लाको कालिञ्चोक गाविसका २ सय ५० जना वृद्धहरुलाई सिरक वितरण समेत गरेको जैशीले जानकारी दिए । कालिञ्चोक गाविसमा केही समयअगाडी भएको हिमपातका कारण झनै चिसो बढेको थियो । यसले गर्दा टहरामा बसोबास गरिरहेका वृद्धहरुलाई झनै सकस पर्दै गएको जानकारी आएपछि सिरक वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
No comments:
Post a Comment