• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गजल: तिमी यसरी गिरौला

तिमी यसरी गिरौला, भन्ने त थे’न
एकैछिनमा फिरौला, भन्ने त थे’न ॥१॥

दुई पैसामा लिलाम, गरेर विवेक
पराईको ऋण तिरौला, भन्ने त थे’न ॥२॥

गजल ..खानलाई अन्न

खानलाई अन्न छैन, शौचालय बना भन्छ सरकार
विकास गर्छु भनिकन, डाँडामा इनार खन्छ सरकार ।

काखी च्याप्दै अपराधी, सुरक्षाको रटान लगाईन्छ यता
होचा मुखाँ घोचो हुन्छ, अग्लाकै टाउका गन्छ सरकार ।

गजल: बाईबल पढ वेद..

बाईबल पढ वेद जान, इश्वर एकै आखिरमा
कुरान हेर, बुद्ध मान, इश्वर एकै आखिरमा ।

सबैलाई सम्मान गर्नु, भनेकै छन महात्माले
पराईलाई आफ्नै मान, इश्वर एकै आखिरमा ।

गजल : तल तिमी

अर्जुन अपवाद 
तल तिमी माथी म, डेरा एउटै घर थियो
फराकीलो मन मात्रै, साँघुरो शहर थियो ।

आकांक्षाको बिक्रि गर्न, सरिया थ्यो यतातिर
सम्झीराछु आफ्नै  घर, छानो त्यस्को खर थियो ।

गजल : किन किन

किन किन मरुभुमी साह्रै प्यारो लाग्यो हजुर
हावा सँगै बालुवाको छारै प्यारो लाग्यो हजुर ।।

झरना सँगै लहरियका हरियाली लहर भन्दा
साना साना बालुवाको झारै प्यारो लाग्यो हजुर ।।

गजल : को वन्ने मन्त्री



को वन्ने मन्त्री भनी, चिट्टा हान्ने नेताहरू
भोट हाल्ने सोझा जनता, कुर्सि तान्ने नेताहरू


हत्या हिसा आतंकले  देश व्याप्त भाको वेला
मलाई गृह तलाई रक्षा, मन्त्री छान्ने नेताहरू

गजल: जहिले पनि

जहिले पनि अपवाद हुँदैन 
चाहेर कोहि बर्बाद हुँदैन ।

गजल : तिम्ले हुन्न भन्यौ

अर्जुन अपवाद
तिम्ले हुन्न भन्यौ, बाटो मोडियो 
घात ग¥यौ अनि, नाता तोडियो ।

एक्लै दौडिएर, के जित्नु छ र ? 
नयाँ सम्बन्ध, अन्तै जोडियो । 

गजल : तिम्रा सामु आँशु


अर्जुन ‘अपवाद’ 

तिम्रा सामु आँशु, झार्नु गल्ति थियो
बहाना पारेर, टार्नु गल्ति थियो ।

सोचाई एउटा, भोगाई अर्को प¥यो
सधैंलाई आश, मार्नु गल्ति थियो ।

गजल : तिम्रा मिठा कुरा


अर्जुन“अपवाद”

तिम्रा मिठा कुरा सुनी, उसलाई छोडी आएँ
विचार यता असल लाग्यो, नाता तोडी आँए

उ मलाई नजाउ भनि, हात जोड्दै थियो
पुग्ने ठाँउ फरक प¥यो, लक्ष्य मोडी आँए ।

गजल : एक पटक नभेटि

 अर्जुन  “अपवाद”
एक पटक नभेटि, फर्कनु रहर हैन 
तिमी सँग म, तर्कनु रहर हैन ।। 

ख्याल ख्यालैमा, के के भो तिमीसँग 
त्यसै अश्रुधारा, दर्कनु रहर हैन ।। 

गजल : सधै व्यस्त

अर्जुन अपवाद
सधै व्यस्त, देखिने काम छैन
मेरा लागि, लेखिने नाम छैन ।

यता उता, हल्लँदै दीन वित्छ
कता जाँउ, म जाने ठाम छैन ।

गजल : सुन्नेलाई भन्दा

अर्जुन अपवाद

सुन्नेलाई भन्दा धेरै, भोग्नेलाई घात हुन्छ ।
नयाँ विहान हुनु अघि, अन्धकार रात हुन्छ ।

गजल:म बसाँइ सरिसकेँ


- अर्जुन  “अपवाद”
म बसाँइ सरिसकेँ, भेट्न बेंसी नझर है
आफ्नै सुर गर्नु अब, मेरो भर नपर है ।

गजल:तिमीसँग जिउनुभन्दा

- अर्जुन ‘अपवाद’

तिमीसँग जिउनुभन्दा सेरिएर मर्नु जाती ।
क्षणिक हुने यो नातालाई यहीं अन्त गर्नु जाती ।

गजल:पछाडीको सिट..

पछाडीको सिटमा बसि किन आँखा त¥यौ काली
मेरै भए सिउँदोमा सिन्दुर किन भ¥यौ काली  ।।१।।

गजल:बहिराको देश

 “अपवाद”
बहिराको देश भित्र, गित गाइ के हुन्छ र ? 
आवाज के हो थाह छैन,हाम्रा कुरा को सुन्छ र ? 
 

गजल:म मरेको दिन

अर्जुन “अपवाद

म मरेको दिन तिमी, हाँस्छौ कि रुन्छौ सानु ?
खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौ सानु ?

सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै ?
खस्न खोज्ने आँसुलाई, खसाल्छौ कि थुन्छौ सानु ?

गजल:अनयास आँखा


” अर्जुन “अपवाद
अनयास आँखा जुध्यो, एकोहोरो हेरिरहें ।
बोल्ने शब्द हराएर, लामो श्वास फेरिरहें ।।

गजल:बनाँउछु भन्दै

बनाँउछु भन्दै थियौ, भा’को पनि तोड्यौ तिम्ले
सुन्दर संसार जाने बाटो, कुरुपतिर मोड्यौ तिम्ले ।

हाम्रो फेसबुक पाना