• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

पाप लाग्छ

सरकारले
मेरो नाम बेचेर
उसका आसेपासेको चुल्हो बाल्दियो।
खरछाने घर भएकाहरुलाई
ढलाने घर हाल्दियो।
अरु पनि के के गर्‍यो रे
गाउँमा हल्ला फैलिएको थियो।

बिर्सिएपछि

भर्खरैसम्म सम्झना थियो
अहिले विर्सिएछु
मनले पनि
कत्तिचाँडै विर्सन सकेको .?

केही प्रसङ्ग बिर्सनुपर्ने नै थिए
बिर्सिएर राम्रै भयो ।
केही कहिल्यै बिर्सनु नहुने थिए
तिनिहरु नि विर्सिएछन्
राम्रो भो की नराम्रो ?

लोकतन्त्र

आफ्नै उम्मेदवारी
स्वयंले मतदान गरेर
भारी मतअन्तरले
पराजित भएपछि
उ झसङ्ग भयो
लोकतन्त्रमा
आफैंलाई पो हराउन पाईने रैछ !

स्विकारोक्ति

हो मैले जानिन
तिम्रो नियम मानिन
त्यसै कारण
तिम्रो समाज मलाई बहुलाहा उपाधी भिराँउछ ।
मैले अझै बुझ्न सकेको छैन ।
यो समाज यो संसार

म प्रतिगमनकारी !


भर्खरै कानमा परेको खबर अनुसार
शहरको मूख्य चोकमा
जम्मा भएको एक जमातले
मलाई प्रतिगमनकारीको कित्तामा दर्ज गरेको छ
र योजना बनाएको छ
कालो मोसो दलेर शहर परिक्रमा गराउने ।

म फेरी फेल भएँ ।

एक्लै दौडिएर संसार जित्ने समाजमा
मैले कसैलाई जित्न सकिन
कुनै नियम मिच्न सकिन
समयको प्रवाहले
एक किनारमा हुत्याइदियो
बा म फेरी फेल भएँ ।

सायद

सायद
यो रातको
उसका लागि अन्तिम ग्राहक
म नै थिएँ की ?

सुन सिद्धार्थ !

मान्छे नमर्दै जन्मीएछौ र पो बुद्ध भयौ
अहिले जन्मिएका भए तिमी बुद्धु हुने थियौ
तिम्रो युगमा शान्ति
त्याग तपश्या र ध्यानबाट प्राप्त हुन्थ्यो
दया, अहिंसा  र परोपकारमा मौलाउँथ्यो
अहिले शान्ति बन्दुकको नालबाट आउँछ
वारुदको गन्धमा रमाउछ
हिंसामा मुस्कुराउँछ

असहमतिको एउटा स्वर


विष्णु सुवेदी




तपाँई देश छ भन्नुहुन्छ
तपाँई कानुन छ भन्नुहुन्छ
म त्यही कानुन भएको देश खोजिरहेछु ।

र सोधिरहेछु म
देश भएको भए खोई हाम्रा पाईला राख्ने जमिन
कहाँ छ ?

तिहार

इश्वरी दाहाल 
हेमन्त ऋतुको आगमन सँगै
हर्ष र उल्लाससँगै
इन्द्रेणी जस्तै सप्तरङ्ग टिका
रातोमाटो र कमेरोले सजिएका घरहरुलाई
झन सजाउन
मैनबत्तिको शिखा जलाँउदै
गाँउशहर तिर भित्रियो ।

तिमी पत्रकार

"अपवाद" 

तिमी पत्रकार
मेरो आँशुको मूल्य बेचेर
जीवीका चलाँउछौ ।
मेरो बाध्यता उधिनेर
समाजको नायक बन्छौ ।

अविरल बग्दछ ईन्द्रावती

  
अविरल बग्दछ ईन्द्रावती
हिजो पनि वगिरहन्थ्यो
आज पनि बगिरहेछ
भोली पनि वगिरहनेछ ।

ईन्द्रावतीको छेउछाउका
माछा मार्ने माझी जीवनशैली
ईन्द्रावतीझैं बगिरहेछ
उधों उधों लगातार ।

विचरा म

"अर्जुन अपवाद "
विज्ञानले आफ्नो भन्दै
दावी गरिरहेको यो युगमा
चन्द्रमामा जग्गाको मोलमोलाई
चलिरहेको छ 
तर म
आफ्नै आदिमथलो
अन्वेशणमा जीवन व्यतित गरिरहेछु ।
 

नाति र म

अर्जुन अपवाद

किशोर अवस्थामा
घरै अगाडीको हिमाल हेरेर
एउटा चित्र कोरेको थिएँ
भित्तामा झुण्डिएर त्यो
अझै हासिरहेकै छ  ।

कुखुरा अधिकार

अर्जुन “अपवाद”

कुखुराहरु,
हत्या गर्ने मनसायमा
हुर्काइन्छन, वढाइन्छन ।
स्याहार पाँउछन
आफ्नो मृत्युको पत्र
सरानीमा राखेर ।

सपनाको आतङ्क

अर्जुन “अपवाद”
धेरै भयो
अनिँदोमा रात वितेको
सपनाहरुसँगको भेट
पातालिएर गएको
अनि
चिसो ओच्छ्यानसंग सुतेको ।

तिमीलाई हास्ने निउँ भो....................


 “अपवाद”

तिमीलाई हास्ने निउँ भो यो देशको रुवाबासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी

तिम्रो भनाइ नमान्ने जन यहि देशका थिए
सबै पराई देख्न लाग्यौ आज को को के के भए
खरानीको दूःख हुन्न बस्ने आफ्नो घरै मासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी

बधशाला भित्रको पाडो


आफन्तहरुको मृत्यु नियाल्दै
आफ्नो काल पर्खदै
बधशालाको कोठाभित्र
निरुदेश्य निरन्तर
भयभित हुँदै
मुखभरि फिंज काडेर

शालिक आवाज

“अपवाद
हे जिउँदाहरु हो 
के तमासा हेरिरहेछौ
माथी पुग्ने नाममा
आफ्नै कारणबाट
दिन प्रतिदिन तल खसिरहेछौ

माफ गर पृथ्वी

भित्तामा झण्ड्याइएको क्यालेण्डरमा
पौष महिना देखा परेको
सत्ताइसौं दिनको दिन
म,
तिम्रो सालिकमा श्रद्धा अर्पण गर्न
एकाबिहानैको चिसो सिरेटोसँगै
अख्रकिएका हातभित्र
मुस्कुराइरहेको फूलको गुच्छा
हामी सबै एकै हौं
एकता नै भलो हो ।

हाम्रो फेसबुक पाना