• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

एफएमका अप्ठ्यारा


नेपालको राजधानी काठमाण्डौबाट उत्तर पूर्वमा पर्ने दोलखा जिल्ला पहाडी जिल्ला हो । सडक सञ्जालले झण्डै तीन दशक अगाडी नै यस जिल्लालाई छोएको भएपनि सञ्चारको विकासमा भने यस जिल्ला अगाडी वढ्न लागेको १ दशक हुन लागेको छ । अहिले आधा दर्जन साप्ताहिक निरन्तर रुपमा प्रकाशन भईरहेको यस जिल्लामा ४ ओटा रेडियोहरु प्रसारणमा छन । 
सुरुमा काठमाण्डौबाट प्रसारण हुने एफ एम रेडियोहरु र रेडियो नेपाल मात्रै यस क्षेत्रमा सुनिने रेडियोहरु थिए । यीनले प्रसारण गरेका सामाग्रीले यस क्षेत्रका मानिसको अपेक्षा पुरा गर्न सकेन । रेडियो नेपालबाट प्रसारण हुने असल शासन कार्यक्रम सनेर स्थानिय स्तरमा गठन भएका श्रोता क्लबहरुले स्थानिय स्तरमा विभिन्न किसिमका गतिविधिहरु पनि गरिरहेका थिए । यि क्लबहरु संगठित हुने क्रममा गठन गरिएको अशल शासन रेडियो श्रोता क्लब जिल्ला समन्वय समितिले दोलखामा रेडियोको आवश्यकता महशुस गरि रेडियो स्थापनाको पहल सुरु गरेको थियो । कालिञ्चोक एफएमका अध्यक्ष एवं असल शासन रेडियो श्रोता क्लव जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष दिपक बस्नेत भन्छन "एउटा रेडियो कार्यक्रमले संगठित गरेकाहरुले त स्थानिय स्तरमा  धेरै रचनात्मक काम गर्न सक्छन भने रेडियो किन स्थापना नगर्ने भन्ने अवधारणा अनुसार दोलखामा रेडियो स्थापना गरियो ।" रेडियोहरुका कारण समाजमा सकरात्मक सन्देश प्रवाह गर्न सकिएको बस्नेत वताँउछन । 
कालिञ्चोक सामुदायिक रेडियोको स्थापनापछि दोलखामा अरु रेडियोहरु पनि थपिए । सानो बजार भएका कारण रेडियो सञ्चालन गर्न यहाँ समस्या भएको रेडियो सञ्चालकहरुको छ । सरकारले नयाँ रेडियो सञ्चालनका लागि अनुमति दिंदा कडाई गर्न नसकको कारण समस्या आएको शैलुङ्ग सामुदायिक एफ एम सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद भण्डारी बताँउछन । उनका अनुसार रेडियो स्थापना गर्न सरकारले अनुमती दिने बेलामा नै कडाई गर्न नसक्दा रेडियोहरु समस्यामा परेका हुन । उनले भने "बजार सानो छ । एउटा रेडियो चल्ने स्थानमा तीन चार ओटा रेडियो सञ्चालनमा छन, अनि कसरी  रेडियोहरु टिक्न सक्छन ?" रेडियोहरु सञ्चारको प्रभावकारी साधन भएपनि सरकारी तथा गैरसरकारी संस्थाहरुसंग समन्वय हुन नसकेको कारण रेडियोहरु प्रभावकारी हुन नसकेको उनको भनाई छ । 
समस्याहरुका विचमा हुकंदै गरेका रेडियोले समाजमा भने सकरात्मक सन्देश छोड्न सफल भएका छन । पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष राजेन्द्र मानन्धर भन्छन । "गाँउगाँउमा सन्देश प्रवाह गर्ने कुरामा रेडियोको भुमिका महत्वपूर्ण छ । सञ्चारका अन्य माध्यम सजिलै पुग्न नसक्ने ठाँउमा रेडियोहरु पुगेका छन । यसले गर्दा स्थानिय स्तरमा चेतनाको स्तर विकास भएको आभास पाउन थालिएको छ ।" मानन्धर दोलखाका रेडियोहरु समयसमयमा आफ्नो भुमिकामा अलमल पर्ने गरेको वताउँछन । उनि भन्छन "कतिपय अवस्थामा रेडियोहरुले सामाजिक समस्या समाधानका लागि अग्रसर हुनुपर्नेमा घटना चर्काउने खालको भुमिका पनि खेलेको पाईन्छ । यसका कारण रेडियोहरुमाथी समय समयमा प्रश्न उठाउने वातावरण पनि वनेको छ ।"
तर मानन्धरको यो भनाईसंग हाम्रो रेडियो सञ्चालक समितिका सचिव एवं स्टेशन म्यानेजर लक्ष्मण खड्का सहमत छैनन । उनि भन्छन “दोलखाका रेडियोहरुले समाजमा देखिएका घटनाहरुलाई समाधान गर्ने दिशातर्फ नै लैजान प्रेरित गर्ने किसिमका सामाग्री प्रसारण गरेका छन । चुनावका बेलामा भने केही कमजोरीहरु भएका हुनसक्छन ।” उनका अनुसार सिमानाका रेडियोहरुमा त्यस्तो भएको सुनिएको छ । विरगञ्ज लगायतका ठाँउमा रेडियोहरुले कतिपय अवस्थामा समाजमा प्रतिकुल असर गरेका सामाग्री प्रसारण गर्ने गरेको सुनिन्छ । दोलखामा त्यस्तो अवस्था आएको छैन । चिनसंग सिमाना जोडिएको जिल्ला भएको कारण भविश्यमा रेडियोहरुमा त्यस्तो खालका दवाव आउन भने सक्छन । 
धेरै रेडियो भएका कारण रेडियोहरुमा आर्थिक समस्या पनि एउटा चिन्ताको विषय हो । रेडियो शैलुङ्ग सामुदायिक एएम सञ्चालक समितिका अध्यक्ष शिव भण्डारीका अनुसार आर्थिक अवस्था खराब भएका कारण रेडियोहरुले समयमा कर्मचारीलाई तलव दिन समेत नसक्ने अवस्था आईपर्ने गरेको छ । 
दोलखाको हाम्रो रेडियोले महिनामा १ लाख रुपैया विज्ञापनबाट संकलन गर्ने गर्दछ । तर रेडियो सञ्चालन गर्दा डेढ देखी २ लाखसम्म खर्च हुन्छ । स्टेशन म्यानेजर खड्का भन्छन दोलखाका अन्य रेडियोहरुको पनि अवस्था यस्तै यस्तै छ । यसका कारण कुनै दिन रेडियो आर्थिक रुपमा नराम्ररी थला पर्ने अवस्था आकलन गर्न सकिन्छ ।  यस्तो अवस्था ल्याउन सरकारको नीति नै गलत भएको खड्काले वताए । उनी भन्छन, “सरकारले जोसुकैलाई रेडियो सञ्चालनको अनुमति दिंदा रेडियो भ्रष्टचारी, माफियाका हातमा पुगेको छ । यस्ता रेडियोहरुका कारण अन्य रेडियोहरु पनि समस्यामा पर्ने गरेका छन ।” 
रेडियोमा देखिएका समस्या समाधानका लागि रेडियोहरु लक्षित वर्गसम्म पुग्नुपर्ने रेडियो शैलुङ्ग सामुदायिक एफ एम सञ्चालक समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको भनाई छ । “अहिले रेडियोहरुले शहरकेन्द्रित सामाग्री मात्रै प्रचारप्रसार गरिरहेका छन । बास्तविक किसान मजदुरकोमा रेडियोहरु पुग्न सकेका छैनन । भण्डारीले भने "लक्षित वर्गसम्म रेडियोहरुमा अपनत्व जगाउन सक्ने हो भने रेडियोहरुको भविश्य अझै राम्रो छ ।” 
रेडियोहरु प्रभावकारी वनाउनका लागि रेडियोहरु एकआपसमा गाभिनुपर्ने हाम्रो रेडियोका स्टेशन म्यानेजर लक्ष्मण खड्काको भनाई छ । उनि भन्छन “एउटा मात्र रेडियो दोलखामा चलाउने हो भने त्यो मुनाफामा नै जान सक्छ । वजारको अवस्था हेर्दा २ ओटामात्र सञ्चालन हुन सक्छन । एकआपसमा गाभिने कुरा पनि सहज त छैन । तर यसरी नगाभिए कुनै दिन केहि रेडियोहरु बन्द हुन्छन र १, २ ओटा मात्र सञ्चालन हुन्छन ।” 
नेपालमा २०५४ सालदेखि स्वतन्त्र रेडियोको स्थापना हुन थालेको हो । अहिलेसम्म ४ सय ८० वटा रेडियोले लाइसेन्स लिइसकेका सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रायलका अनुसार यीमध्ये ३ सय ६० वटा रेडियो अहिले सञ्चालनमा छन ।
समाजमा सकरात्मक सन्देश प्रवाहका लागि रेडियोको भुमिका अतुलनिय छ । तर रेडियोका लागि समयमा नै विभिन्न खालका कार्यक्रम नल्याइए रेडियोहरु संकटमा फस्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । 
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना