इश्वरी दाहाल/मिर्गे
दोलखाको मिर्गेमा रहेको सामुदायिक अध्ययन केन्द्रमा अहिले धेरै मानिस विभिन्न सुचनाका लागि धाउने गरेका छन । नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन)ले मिर्गे गाविसमा सामुदायिक अध्ययन केन्द्रको स्थापना गरेपछि मानिसहरु फुर्सदको समय विताउन तथा विभिन्न जानकारी संकलनका लागि अध्ययन केन्द्र धाउन लागेका हुन ।
सामुदायिक अध्ययन केन्द्रमा भेटिएका विद्यार्थी इश्वर दाहाल अध्ययन केन्द्रमा विभिन्न जानकारीमुलक पुस्तक भएका कारण आफु अध्ययन केन्द्र आउने गरेको वताँउछन । “अध्ययन केन्द्रमा आएपछि विभिन्न विषयमा जानकारी पनि हुने गर्छ यसले मेरो फुर्सदको समय विताउन पनि सजिलो हुन्छ ।” दाहालले भने ।
सामुदायिक अध्ययन केन्द्र स्थापनाका लागि संस्थाले २०० पुस्तकका साथै कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । अध्ययन केन्द्रमा साहित्य, कम्प्युटर, धार्मीक लगायत विभिन्न विषयका पुस्तकहरु रहेको सामुदायिक अध्ययन केन्द्रकी परिचालिका सम्झना थोकरले जानकारी दिईन । उनका अनुसार अहिले केन्द्रमा दैनिक ९, १० जना मानिसहरु अध्ययनका लागि आउने गर्छन । सबै किसिमका मानिसहरुका लागि पुस्तकहरुको व्यवस्था भएकाले पनि केन्द्रमा आउनेहरुको संख्या दिनानुदिन वढ्दो छ । उनले भनिन “सामुदायिक अध्ययन केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सदस्य बनाउने नियम पनि वसालिएको छ ।” २५० रुपैंया तिरेर सदस्य बन्न पाईने केन्द्रमा अहिलेसम्म ६० जना सदस्य वनिसकेका छन ।
आरआरएनले झण्डै २ लाख रुपैंयाको सामाग्री सहयोग गरेको संस्थाका सामाजिक परिचालक राजु तामाङ्गले जानकारी दिए । उनका अनुसार संस्थाले केन्द्रलाई कम्प्युटर ३ थान, प्रिन्टर १ थान र झण्डै ४० हजार वरावरको पुस्तक खरिद गरिदिएको छ ।
No comments:
Post a Comment