|
को वन्ने मन्त्री भनी, चिट्टा हान्ने नेताहरू
भोट हाल्ने सोझा जनता, कुर्सि तान्ने नेताहरू
हत्या हिसा आतंकले देश व्याप्त भाको वेला
मलाई गृह तलाई रक्षा, मन्त्री छान्ने नेताहरू
आजपनी वैठक वस्यो सहमती छैन अरे
तरपनि म्याद थप्न, सवै मान्ने नेताहरू
राष्ट्रियता स्वाभिमान स्वाधिनता वेचिसके
आफै राम्रो देखाउन, धुर्त्याई जान्ने नेताहरू
उहि प्रभुलाइ ढोग्न गए मोहोर दाम पाउमा राखि
साम्राज्यवाद विस्तारवादलाइ, ढाल्छौं भन्ने नेताहरू
देश लुट्यो बिदेशिले भन्दै भन्दै गाली गर्छन
आफुलाई भारतकै, पुत्र ठान्ने नेताहरू