• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

दृष्टिबिहिन गितालक्ष्मिको एकल गायन हुने

हुन त उनका आँखाको ज्योतिले संसार पहिल्याउन सक्दैनन् । उनले थाहा पाएदेखी नै उनी दृष्टिविहिन थिईन । सानैमा जण्डिसका कारण उनको आँखाको ज्योती गुमेको हो । संसार हेर्ने बाहिरी आँखा गुमेपनि संसार हेर्ने उनका आँखा गुमेका छैनन । उनि अहिले दोलखाको रेडियो शैलुङ्ग सामुदायिक एफ एममा अपाङ्ग सरोकार कार्यक्रम उत्पादन गर्छिन । दोलखाको सुनखानी  भएकी गितालक्ष्मी शिवाकोटी अहिले आफूजस्तै अपांगता भएका व्यक्तिहरुको लागि कार्यक्रम गर्न लागेकी छिन ।


उनका बारेमा नेपाल टेलीभिजनबाट प्रसारित रिपोर्ट 
दोलखामा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोग गर्न उनि अहिले कन्सर्टको तयारीमा छिन । आउने बैशाख ३ गते चरिकोटको सातदोबाटोमा कन्सर्टको आयोजना गरिएको उनले वताएकी छिन । “अपाङ्गता भएका मानिसहरुलाई केही सहयोग गर्न सकिन्छ की भनेर कार्यक्रमको आयोजना गरेको हुँ”, उनले भनिन ।

कार्यक्रम गर्नका लागि पर्याप्त रकम उनीसंग छैन । कसैले सहयोग गर्छन कि भन्ने आशा छ, शिवाकोटीले भानिन । कार्यक्रमका लागि कसैले सहयोग गर्न चाहनुभयो भने उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ । यसका लागि उहाँको सम्पर्क मोबाईल नं ९८४४१९५३९६ रहेको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना