• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

भीमेश्वर खुसाएपछि कार्यकर्ताको भागदौड

मञ्चमा प्रमूख अतिथिको व्याच पहिरेका एमाले नेता के पि ओली माओवादीलाई गाली गर्दै थिए । उनको भाषण सुन्न ओइरिएका मानिसहरु भाषण चाख दिएर सुनिरहेका थिए । २५ मिनेट जति भाषण गरेपछि अचानक मानिसहरु चलमलाउन लागे । चाख मानेर उनको कुरा सुनिरहेका मानिस उठेर तितरबितर भए । उनको रक्षाका लागि छेउमा उभिएका गार्ड के गर्ने के नगर्ने भन्ने दुविधामा परे ।
आकाश कालो भएर आयो । एकैछिन अगाडी चर्को घाम । एकैछिनमा पानी खस्न लागेपछि श्रोताहरु चलमलाउन लागे । मञ्चमा बोलीरहेका ओलीलाई छाता ल्याएर ओडाइयो । छाता ओडेपछि ओली कमरेडले भने “यो भीमेश्वर खुसाएको लक्षण हो । कोही आत्तिनु पर्दैन ।” जिल्लाका विभिन्न स्थानबाट ७० भन्दा बढि बसमा आएका कार्यकर्ताले भरिपूर्ण सभास्थल ५ मिनेटमा नै रित्तियो ।
नेकपा एमाले दोलखाको आठौं जिल्ला अधिबेशन उद्घाटन समारोहमा देखिएको दृश्य हो यो  निर्धारित समयभन्दा ३ घण्टा ढिलो कार्यक्रमस्थल छिरेका नेता ओलीलाई आयोजकले छिट्टै नै बोल्ने पालो मिलाईदिएका थिए । मञ्चमा पुगेपछि उनले दोलखा एमालेको पहिलो जिल्ला अधिबेशनको सम्झना गरे । त्यसपछि उनि नेपालको इतिहास कोट्याउन लागे । उनले पृथ्वीनारायण शाहले गरेको एकिकरणको प्रसङ्ग निकाल्दै देश मजवुत बनाउन एकिकरण सहि भएको बताए र माओवादी र जातिय पहिचान माग गरिरहेका समुहप्रति लक्षित गर्दै उनले भने “अहिले समाजमा भएको सहिष्णुता खल्बल्याएर टुक्रा टुक्राको परिकल्पना गरिंदैछ । समाजमा एकता कायम राख्न आगामी निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प छैन” ।

  • माओवादीप्रति आक्रोश
सभामा बोल्ने धेरैजसो बक्ताले अधिकांश समय माओवादीको निन्दा गर्न खर्च गरेका थिए । युथ संघका केन्द्रिय अध्यक्ष महेश वस्नेतले माओवादी अपराधीहरुको पार्टी भएको आरोप लगाए । “गाँउगाँउमा आएको रकम माओवादीहरुले दुरुपयोग गरेका छन । एक एक हिसाब खोज्नुपर्छ”, उनले भने । माओवादीले विगतमा जस्तै उच्छृङ्खल व्यवहार गरे चुप लागेर नबस्ने उनको भनाई थियो ।
  • डा. साप एमालेमा
चलचित्रकर्मी तथा प्राध्यापक डा घनश्याम खतिवडा एमालेमा प्रवेश गरेका छन । उनलाई सभामा केपी ओलीले सदस्यता पत्र दिएर पार्टीमा प्रबेश गराएका छन । कार्यक्रममा दोलखामा पहिलो जिल्ला अधिबेशन सम्पन्न गर्न उल्लेख्य योगदान गरेको भन्दै दण्डकुमारी भण्डारीलाई सम्मान गरिएको थियो । ९३ वर्षिय भण्डारी एमाले नेता शिव भण्डारीकी आमा हुन । २०४५ सालमा घ्याङसुकाठोकर गाविसमा भएको एमाले दोलखाको पहिलो अधिबेशनमा उल्लेख्य योगदान गरेकोमा उनलाई सम्मान गरिएको हो । अधिबेसनमा जिल्लाभरका छ सय पाँच प्रतिनिधि सहभागी छन् । अधिबेसनले नया नेतृत्व चयन गर्नेछ । 

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना