• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

साकार होला, सिञ्चाई सपना ?


सदरमुकाम चरिकोटबाट २ घण्टा हिंडेर पुग्न सकिन्छ सुनखानी गाविसको मलेपु गाँउ । धेरै अगाडीदेखि नै केरा खेतीमा प्रख्याती कमाएको छ यो गाँउले ।
माटो बलौटे छ । पारिलो गाँउ छ । अन्न राम्रैसंग फल्छ । गाँउलहरुले अहिलेसम्म आकाशे पानीको भरमा खेति गर्नुपर्छ । गाँउमा सिञ्चाई सुविधा हुने हो भने गाँउमा तीन बाली अन्न उब्जाउ हुन्छ । “गाँउको मुख्य समस्या भनेको नै सिञ्चाई हो”, सुनखानीको पिसल्याण्ड एकेडेमीमा अध्ययन गर्दै गरेकी गाँउकी १२ वर्षिया मनिषा शिवाकोटीले भनिन ।

सबै गाँउलेलाई सिञ्चाई ल्याउन मन पनि छ । ल्याउनका लागि प्रयास पनि गरिरहेका छन । ४ वर्षदेखि निरन्तर रुपमा १२ सय मिटर टाढाबाट कुलो ल्याउने प्रयासमा जुटेका उनिहरुले कुमले पहरा फोर्ने जमर्को गरिरहेका छन । प्रयास सफल हुन कसैको मद्धत नपाएपछि उनिहरु अहिले निरास छन । 
गाउँमा क्षेत्रि, माझि, थामी, सार्की, कामी, बादी र मगर जातका मानिस बसोवास गर्छन । माझी समुदायका युवाहरु रायमाझी थरबाट परिचय गराउने गर्छन । स्थानिय ढालवहादुर रायमाझी  भन्छन “अन्य ठाँउमा गरेको खेतीपाती देखेर आफुलाई पनि खेतीपाती गरौं गरौं लाग्छ तर सिञ्चाई छैन ।” रायमाझीको स्वामित्वमा गाँउमा रहेको जग्गामा उब्जिएको खानेकुराले परिवारलाई ३ महिना मात्रै खान पुग्छ । बाँकी समयका लागि काम गर्न उनि गाँउगाँउमा गाहो लगाउने काम पनि गर्छन ।
२०६६ सालको जेठ महिनाबाट नै गाँउमा कुलो ल्याउनका लागि गाँउलेहरु अथक प्रयास गरिरहेका छन । १२ सय मिटर टाढाको धमिरेखोलाबाट गाँउमा पानी ल्याउने योजना छ । अहिलेसम्म झण्डै २ हजार जना बराबरको श्रम खर्च भईसकेको छ । गाँउमा पानी आउने अझै छाँटकाँट छैन । कुलो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष महेन्द्रबहादुर खड्का भन्छन, “गाँउ विकास समिति लगायतका संस्थाले अलिअलि पैसा त दिएको छ तर त्यो पैसाले श्रमीकलाई खाजा खान नै पुग्दैन ।”
काम गरेको ४ वर्षमा गाविसले सिञ्चाई कुलोको लागि गाँउ परिषदबाट २०६८ सालमा ५० हजारमा २०६९ सालमा ६९ हजार विनियोजन गरेको थियो । यो पैसा काम गर्न आएका मानिसलाई खाजा खुवाउँदै सकियो । “हामीले गाँउका सामाग्रीहरुले सक्ने पहरो त फुटायौं तर कडा चट्टान फुटाउन सकिएन । त्यसैले काम अधुरै रह्यो”, स्थानिय जगत वहादुर खड्का गुनासो गर्छन । 
गाँउ विकास समितिहरुले मात्रै हैन । जिल्लामा रहेका सरकारी कार्यालयहरुले पनि केही सहयोग गरेका छन । जिल्ला भू संरक्षण कार्यालय दोलखाले १०० मिटर पाईप प्रदान गरेको छ । यो सहयोग गाँउलेहरुको योजनाको तुलनामा हात्तीको मुखमा जिरा सरह भएको छ । 
यसैगरि जिल्ला कृषि विकास कार्यालयले पनि साना सिञ्चाई योजना अन्तर्गत गाँउलेहरुको यो अभियानका लागि सहयोग गरेको थियो । तर संस्थाका अध्यक्षले अहिलेसम्म रकमको हिसाबकिताब देखाउन नसकेको समितका पदाधिकारीको आरोप छ । “२०६८ सालमा जिल्ला कृषि विकास कार्यालय दोलखाले साना सिञ्चाई कार्यक्रम अन्तर्गत प्रदान गरेको ५७ हजार र गाविसले सोही कामका लागि प्रदान गरेको २४ हजार गरि ८१ हजार रुपैंयाको हिसाब हामीले थाहा पाउन सकेको छैनौं,” संस्थाका कोषाध्यक्ष महेन्द्र खड्काले भने । उनका अनुसार गाँउलेहरुले पटक पटक हिसाब देखाउनका लागि प्रयास गरिरहेका छन तर अध्यक्षले कुनै टेरपुच्छर लगाएका छैनन । 
गाँउमा पानी ल्याउन सकिए त्यसले १८५ घरधुरीको स्वामित्वमा रहेको २८ मुरी धानको विउ जाने क्षेत्रफलको जग्गाका साथै २०० रोपनी बारीमा सिञ्चाईको सुविधा पु¥याउन सकिन्छ । अहिले हिँउदमा सबै वारी या त बाँझै रहन्छ या त तोरी रोपिन्छ । गाँउमा पानी ल्याउन सकिए बाँझै बस्ने खेतमा खेती गर्न वा तरकारी रोप्न सकिन्थ्यो ।
“हामीलाई कुनै संस्थाको त्यत्रो ठुलो सहयोग त चाहिएको थिएन । हामीलाई यहि पहरा फुटाउन कसैले सहयोग गरिदिए गाँउमा हामी पानी ल्याउन सक्थ्यौं,” कोषाध्यक्ष खड्काले गाँउलेहरुको अपेक्षा सुनाए ।

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना