अरुको जस्तै ढिलो नहोला भनेर पत्रकारहरु निर्धारीत समयमा नै कार्यक्रम स्थलमा पुगिसकेका थिए । वर्दिवाला प्रहरीहरु कार्यक्रमस्थलमा तैनाथ थिए । तर मूख्य व्यक्ति भने आएका थिएनन । पत्रकारहरु फुर्सदको समयमा विभिन्न अग्रजहरुका वानी व्यवहार सम्झिएर रमाइलो गर्दै थिए । ५० मिनेट वितेपछि पत्रकारले प्रहरीलाई सोधे “हैन उहाँ आउनेचाँही कतिखेर हो ?”
अघिल्लो दिन दोलखाको प्रहरी भवनको उद्घाटन गर्न आएका प्रहरी प्रमूख कुबेरसिंह रानालाई कुरेर बसेका पत्रकारहरु ५८ मिनेट बसेपछि उनि कार्यक्रम स्थलमा भित्रिए । अघिल्लो दिन नै गर्ने भनिएको पत्रकार सम्मेलन दल सम्मेलन भएपछि पत्रकार सम्मेलन भोलिपल्ट सारिएको थियो । १० मिनेटका लागि भनिएको पत्रकार सम्मेलन २० मिनेटभन्दा लामो भएको थियो ।
पत्रकार सम्मेलन सुरु भएपछि रानाले पहिलोपटक दोलखा आएको कुराको जानकारी दिए । दोलखाका प्रहरी प्रमूख ओम अधिकारीले पत्रकार सम्मेलन सुरु भएको जानकारी दिएपछि संविधानसभाको निर्वाचन सुरक्षाका बारेमा कुराकानी भयो । रानाले कुनै प्रश्नको सोझै तथा कुनै प्रश्नको घुमाउरो उत्तर दिएका थिए । कुराकानीका सिलसिलामा पत्रिकामा भएको आक्रमणका बारेमा उनले भने “दण्डहिनताले मुलुकमा पश्रय पाउन्न । जुनसुकै घटनामा पनि दोषि देखिनेलाई कारवाहि गराईछाड्छौं ।”
यसपछि एक पत्रकारले दोलखामा प्रहरीले राम्रो काम गरेको भन्दै दोलखा प्रहरी प्रमूख अधिकारीको मुक्त कण्ठले प्रशंसा गरे । “ओम सरले नयाँ सुरक्षा व्यवस्था लागु गर्नुभाको छ । प्रहरीले गरेको काम धेरै प्रभावकारी देखिएको छ”, पत्रकारले भने । “खुसी छु,” पत्रकारको मूक्त कण्ठको प्रशंसा सुनेपछि रानाले भने । उनले थपे “हामीले खोजेको यस्तै हो ।”
पछिल्लो समय दोलखामा पत्रकारहरु कर्मचारीतन्त्रको प्रशंसा गर्न लागेका छन । केही दिनअगाडी भएको एक कार्यक्रममा दोलखाका बरिष्ठ पत्रकारले प्रमूख जिल्ला अधिकारीको कार्यशैलीको खुलेर प्रशंसा गरेका थिए । पत्रकारहरु सकरात्मक हुनु राम्रै भएको अग्रज पत्रकार शम्भु गौतमको भनाई छ । उनले भने “सकरात्मक भए मात्र सकरात्मक लेख्न सकिन्छ ।” तर गौतमको भनाईमा अर्का पत्रकार शंका व्यक्त गर्छन । “सकरात्मक हुनु त राम्रो नै हो । तर त्यसको पछाडी स्वार्थ पनि हुन सक्छ”, नाम नबताउने शर्तमा उनले भने ।
No comments:
Post a Comment