• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सायद

सायद
यो रातको
उसका लागि अन्तिम ग्राहक
म नै थिएँ की ?

थकित थकित आँखाहरु
हावाले निभाउन खोजेको मैनजस्तै
कमजोर शरिर
चिसो सिरेटोसंगै
यस्तै यस्तै संकेत गरिरहेथे
मौनतामा

सडकजस्तै लमतन्न तेर्सिएका
हजारौं सपना
ढुङ्गा परेको तलाउझैं
अस्थिर अस्थिर

भीडले कुल्चिएको फूल
परेको छ कच्याककुचुक
सम्हाल्न गाह्रो छ
उ कोशिस गरिरहेकी छ
सपना सम्हाल्ने प्रयास

शहरको अन्तिम ढोका लाग्नु अगाडि
फुत्त निस्किएर अँध्यारोमा
सडक नाप्दै गर्दा सम्झिए
उ र मेरो समान हैसियत
यसै जुनीमा सम्भव छ ?
apawad@hotmail.com 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना