केही वर्ष अगाडीसम्म दोलखा चंखु गाविसको भुमेगुम्वा माध्यामिक विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु विद्यालयले आयोजना गर्दथ्यो । विद्यालयले राखेका कार्यक्रमहरुमा विद्यार्थीहरु संलग्न हुने गर्दथे । अहिले विद्यार्थीहरु आफ्नै अगुवाईमा विभिन्न कार्यक्रमहरु आयोजना गर्छन ।
विद्यालयमा वातावरण संरक्षण सम्बन्धी चेतना फैलाउन गठन गरिएको भुमेगुम्बा इको डिआरआर क्लवको गठन भएपछि यो परिवर्तन आएको हो । विद्यालयका सहायक प्रधानाध्यापक कुमार गुरुङ्ग विद्यार्थीहरु अहिले पढ्नु लेख्नु का साथै अन्य क्रियाकलापमा पनि सक्रिय सहभागि हुन लागेको वताउछन । ‘पहिला पढ्नु लेख्नु मात्रै विद्यार्थीले गर्नुपर्ने काम हो भन्ने बुझाई थियो अहिले त्यो फेरिएको छ’, गुरुङ्गले भने ।
क्लवले गर्ने कार्यक्रमका लागि विभिन्न जटिलताहरु पनि छन । काम गर्दा आर्थिक श्रोतको कमी हुने विशाल गुरुङ्ग बताँउछन । ‘काम गर्न खोज्दा आर्थिक लगायतका कारणले पनि काम गर्न अप्ठ्यारो परिरहेको छ’, गुरुङ्गले भने ।
बैठक बस्दै बिद्यार्थी फोटो इकार्ड्स दोलखा |
क्लव गठनका लागि सहजिकरण गरिरहेको संस्था इकार्डस दोलखाले क्लव अगाडी वढाउनका लागि विभिन्न काम गरिरहेको छ । इकार्डस दोलखाका समुदायमा आधारित जलवायुजन्य जोखिम न्युनिकरण परियोजनाका परियोजना सहायक सुन्दर विश्वकर्मा भन्छन ‘हामीले क्लव सञ्चालन गर्न आर्थिक सहयोगका साथै बैधानिकता दिलाईदिने लगायतका काम गरिरहेका छौं ।’ सुरुमा संस्थाले सहयोग गरेपनि अहिले बालक्लवहरु आफैं स्थानिय श्रोतको खोजि गर्न लागेको उनको भनाई छ । ‘परियोजना सञ्चालन भईरहेका चंखु मार्वु खारे सुरी र झ्याकु गाविसमा रहेका विद्यालयहरुमा निर्माण गरिएका क्लवहरुले यस वर्ष गाँउ परिषदबाट १५ हजार रुपैंयासम्म विनियोजन गर्न सफल भएका छन’, विश्वकर्माले भने ।
विपद वाजा वजाएर आन्न भन्ने नेपाली भनाई नै छ । यसका कारण विद्यालयस्तरमा हुने यस्ता क्रियाकलापहरुलाई प्रोत्साहन गर्नु जरुरी छ । यसले विपदको समयमा हुने मानविय जोखिम कम गर्नुका साथै क्षति घटाउन पनि सहयोग पुग्छ ।
यसै बारेमा रेडियो सैलुङ्ग बाट प्रसारित रिपोर्ट सुन्नुहोस ।
डाउनलोड गर्नुहोस
No comments:
Post a Comment