• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

विकासले दिएको अँध्यारो

    धनुषा जिल्लाका शत्रुघ्न चौधरीले दोलखा जिल्ला बुलुङ्ग गाविसको शारदा माध्यामिक विद्यालयमा पढाउन लागेको १० वर्ष भयो । उनि सूरुमा यस विद्यालयमा पढाउन आँउदा यस ठाँउमा झलमल्ल विजुली थियो । सबै गाउँलेहरु मिलेर १५ वर्ष अगाडी गाँउ नजिकको ओराङखोलावाट विजुली निकालेका थिए । विजुली वलेपछि टुकिको मधुरो उज्यालोमा पढ्न वानी परेका वालवालिकाहरु कम्ता खुसी भएका थिएनन । चौधरी भन्छन “त्यसबेलामा विद्यार्थीहरु घरमा राम्रो अध्ययन गर्दथे । सिकाईस्तर राम्रो थियो ।”
सडकले भत्काएको सिंचाई कुलोको पाइप
    गाँउमा वत्ति वालिएको १३ वर्षपछि पुन गाँउ टुकिको धिपधिपे उज्यालोमा फर्किएको छ । विद्यार्थीहरुको पढाईको स्तर पनि खस्कँदै जान लागेको छ । चौधरीका अनुसार विजुली गएपछि अहिले विद्यार्थीको सिकाई खस्किँदै जान लागेको छ । “विद्यार्थीहरु विद्यालयमा आँउछन जान्छन । होमवर्क दियो भने गरेर ल्याउँदैनन ।”
    सन्तोष खड्का चौधरीले अध्यापन गर्ने शारदा उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्छन । उनका घरअगाडी विजुलीको पोल ठडिएको छ । कोठामा विजुलीको ३० वाटको बल्व झुण्डिएको छ । २ वर्षदेखी त्यो वल्व बलेको छैन । बल्बकै सामुन्ने टुकी वत्ति बालेर उनि वेलुका विद्यालयमा सरहरुले दिएको होमवर्क गर्छन । विजुलीको चहकिलो उज्यालो छोडेर टुकीको धिपधिपेमा फर्कनुपर्दा उनको पठनपाठन चौपट भएको छ । उनि भन्छन “पढलेख गर्न साह्रै समस्या छ ।  टुकीको उज्यालो विजुलीको जस्तो के हुन्थ्यो !”
    झण्डै ४ बिस उमेर पुरा गर्न लागेकी दुर्गादेवी थापालाई गाँउमा विजुली बाल्न गरेको संघर्ष अझै झल्झली छ । विजुली वनाउन गाँउलेहरुले श्रमदान मात्र हैन । नगद रकम पनि खर्च गरेका थिए । “कति दिन आफ्नो काम माया मारेर सिमेन्ट, वालुवा बोकेर बनाएको विजुली विग्रँदा दूख लाग्छ,” उनले भनिन ।
    छिमेकी गाँउ ओराङमा सडक लैजाने क्रममा २ गाउँविच समन्वय हुन नसक्दा विजुली निकालिएको ठाँउ नजिकैबाट सडक खन्दा यो अवस्था आएको हो । यो सडकका कारण बुलुङ्गको ३ वडाका ४ सय घरपरिवारले वाल्दै आएको वत्ति पनि विग्रियो । यहाँका वासिन्दाको झण्डै २ मुरी धानको विउ जाने खेतमा लगिएको सिञ्चाईको कुलो पनि सडककै कारण ध्वस्त भयो । यसले गर्दा असारको सुरुमै रोपाँई सकिने खेतमा अहिले वर्षाको भेल छोपेर खेति गर्ने अवस्था आएको छ । स्थानिय कल्पना खड्का भन्छिन “कुलो नहुँदा पानी नहुँदा यस क्षेत्रका किसानमा निरासा छाएको छ । कसरी जहान पाल्ने भन्ने पिरलो थपिएको छ ।”
    यस ठाँउका स्थानिय एवं बुलुङ्ग गाविसका पुर्व गाविस उपाध्यक्ष लव खड्का ओराङबासीले स्थानियसंग समन्वय नगर्दा यस्तो भएको आरोप लगाँउछन । उनि भन्छन “ओराङसम्म सडक लैजाने बेलामा त्यस गाँउको सडक उपभोक्ता समितिले कुनै समन्वय गरेन । मनखुसी सडक खन्दा डोजर कुदायपछि सबै चिज भताभुङ्ग भयो ।”
बत्ति बिग्रेपछि ढलेको खम्बा 
    ओराङ्गमा बाटो लैजान बनाईएको बुलुङ्ग ओराङ्ग सडक निर्माण उपभोक्ता समितिका सचिव प्रकाश गुरुङ्ग खड्काको भनाईको प्रतिवाद गर्छन । उनी भन्छन “सुरुमा ओराङ्ग सडक कताबाट लैजाने भन्ने बारेमा स्थानियसँग कुरा गरिएकै हो । अहिले भइरहेको बाटोबाट उनिहरुले हुन्न भनेको भए त्यो काम गर्न सम्भव नै हुने थिएन ।”
    थोरै रकमले पुर्ननिर्माण गर्न नसकिने भएकै कारण अहिलेसम्म स्थानिय अँध्यारोमा बस्नु परिरहेको बुलुङ्ग गाँउ विकास समितीका गाविस सचिव भानुभक्त आचार्य बताँउछन । उनले भने, “थोरै रकमले पुग्ने भए गाविसमा आउने रकमले पुर्ननिर्माण गर्नुहुन्थ्यो । तर सानोतिनो रकमले यहाँ केही गर्न सकिन्न । केन्द्रिय बजेट नभई पुर्ननिर्माण हुन्न ।”
    आर्थिक वर्ष २०६७÷६८ मा बुलुङ्ग गाविस, ओराङ्ग गाविस र जिल्ला विकास समितिको आर्थिक सहयोगमा यस गाँउ हुँदै ओराङ्ग लैजाने सडक निर्माण गरिएको हो । गाविस तथा जिल्ला विकास समितिको आर्थिक सहयोगमा निर्माण हुने सडकमा निर्माण कार्य सुरु हुनुअघि अनिवार्य रुपमा डिजाईन इष्टिमेट निर्माण गर्नुपर्ने व्यवस्था छ । जिल्ला विकास समिति अन्तर्गतका योजनाहरुको डिजाईन इष्टिमेट जिल्ला प्राविधिक कार्यालयले निर्माण गर्ने गर्छ । यस योजनामा भने स्थानियले डिजाईन इष्टिमेट नै नवनाई आफुखुसी बाटो निर्माण गरेका कारण यति धेरै क्षती भएको जिल्ला प्राविधिक कार्यालयका सव इन्जिनियर नन्दप्रसाद शिवाकोटी वताँउछन । “त्यो सडक सर्वे इष्टिमेटका लागि प्राविधिक गाँउमा पुग्नुभन्दा पहिले नै खनिसकिएको थियो । सडक अर्को ठाँउबाट लैजान सकिने अवस्था थियो तर हामी जानुभन्दा अघि नै काम भईसकेका कारण हामीले केही भन्ने अवस्था नै थिएन”, शिवाकोटीले भने ।
    जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकिय अधिकृत देवेन्द्र कार्की उपभोक्ताहरुका विचमा समन्वय हुन नसक्दा यस्तो समस्या आएको वताँउछन । “पैसा जिल्ला विकास समितिले दिए पनि काम गर्ने तथा सेवा लिने त त्यहिँका स्थानिय हुन । उनिहरुका विचमा समन्वय हुन नसक्दा यो समस्या आएको हो”, उनले भने । उनका अनुसार सिञ्चाई, विद्युत तथा सडकमा लगानी गर्ने कार्यालयहरुको पनि कमजोरी रहेका कारण यस्तो समस्या आएको हो । जिल्ला विकास समितले आगामी दिनमा विना प्राविधिक इष्टिमेट काम गर्न नदिने उनले बताए ।   “हामीले उपभोक्ता समितिलाई विना इष्टिमेट काम नर्गन प्रष्ट रुपमा निर्देशन दिईसकेका छौं । कसैले निर्देशन अवज्ञा गरेमा कानुनी कारवाहीको प्रकृया अगाडी वढाँउछौं ।”
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना