• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

नश्लिय उग्रवादका विरुद्धमा

अघिल्लो लेख अग्रज यथार्थ र होहल्ला प्रकाशन पश्चात केही प्रतिक्रियाहरु प्राप्त भएका छन् । आफ्नो रचनामा प्रतिक्रिया प्राप्त हुनु पक्कै पनि खुसीकै कुरा हो । यो लेख लेख्दै गर्दासम्म खुसीले रमाऔं कि दुखमन गरेर रोऔं अलमलमा परेको छु ।
लेख राम्रो थियो भन्ने केही मानिसहरु भेटिए । उनिहरुले कारण दिएनन् मैले पनि खोजि गरिन । आलोचक मित्रहरुले कुनै एक ठाँउको उदाहरण दिएर राज्यसत्ताले थिचोमिचो गरेन भन्नै मिल्दैन भन्ने तर्क गरे । उनिहरुलाई प्रमाणसहित खण्डन गर्नुहोस भनेको आग्रह उनिहरुले सुनेका छैनन् नै । बदलामा मलाई बाहुनवादीको पगरी गुथाइएको छ । त्यसैकारण पनि यो लेख गाविस स्तरबाट मैले जिल्लास्तरमा केन्द्रित गर्ने प्रयास गरेको छु । विमोचन समारोहका बखत चुच्चा नाकले थेप्चा नाकहरुका कुरा लेखिएको भनेर सार्वजनिक रुपमै असन्तुष्टि पोखिएको पुस्तक सामुमा छ । तथ्याङ्कहरु त्यसैबाट लिइएका हुन ।
एकजना मान्यजनले एकल नश्लियताको पक्षमा उग्रवादी विचार प्रवाह गर्न थालेपछि समाजमा चेतना फैलाउनुपर्ने मान्छेले उत्तेजना फैलाउन सुहाएन भनेको थिएँ लेखमार्फत । त्यसपछि उनका र मेरा बारेमा यसै मुद्धामा केन्द्रित रहेर विभिन्न कोणबाट कुरा भएको थियो । पक्कै पनि सबैले सम्मान गरेको व्यक्तित्व समाजप्रतिको उत्तरदायीत्वबाट बिमुख हुनेछैन भन्ने मेरो विश्वास चकनाचुर हुनै लागेको छ । आगो निभाउने प्रयास बल्दो आगोमा घिउ थपे सरह भएको छ । हामी दुईको सम्बन्ध विच्छेदतिरको यात्रामा छ ।
अहिलेसम्मका कानुनहरुमा नेपालमा कसैलाई कुनै पनि किसिमको अग्राधिकार दिइएको छैन । शासन सत्तामा बसेको समुदायले आफ्ना अनुकुलका कुनै नियमहरु निर्माण गरेको पनि देखिन्न । समाज अगाडी जानका लागि समुदायमा कसै न कसैले नेतृत्व गर्नुपर्छ नै । त्यसैकारण पनि बहुमतले प्रयोग गरिआएको भाषा, संस्कार र संस्कृतीलाई सबैको साझा बनाईनुलाई किन यसरी अफवाह फैलाइएको हो ? त्यो सम्बन्धितहरुले जानून् । यत्ति हुँदाहुँदै पनि समाजको सुक्ष्म अध्ययन गर्ने हो भने विभिन्न स्थानमा कुनै एक जातीले नेतृत्व आफ्नै जातिभित्र कैद गरेर राख्न सफल भएको छ । त्यो पनि हिजोदेखि हैन जातजातीलाई अत्यन्तै पेलिएको भनिएको पञ्चायतकालदेखि नै ।
एकपटक गुरुङ्गसामु पराजित भएका पोखरेल अहिले दोलखाको स्थानिय स्तरमा राम्रो पकड भएको राजनैतिक दलको जिल्ला नेतृत्वमा छन । अघिल्लो पटक जिल्लाको जनसंख्याको ०.३९ प्रतिशत जनसंख्याको हिस्सा ओगट्ने समुदायका प्रतिनीधिले स्पष्ट बहुमतका साथ हराइदिए ४७.६८ प्रतिशत जनसंख्या भएको समुदायका उनलाई । यसमा कुनै वुथ कब्जा गरिएको थिएन । कसैलाई भोट अर्कातिर हालिए भाटे कारवाहि गरिन्छ भनेर तर्साइएको थिएन । अहिले उक्त दलमा करिब ४ हजार पाँच सय संगठित सदस्य छन जसमा करिब २ हजार सात सय पोखरेलले प्रतिनिधित्व गर्ने समुदायका । जित्नेको गाविसमा ३८८० जनामा १२३ जनामात्रै उनको समुदायका मानिस बसोबास गर्छन । तथ्याङ्कले वताएअनुसार यस गाविसमा जिल्लामा नै लोपोन्मुख मानिएको जाती सुरेलको संख्या २०८ छ । त्यो जिल्ला अध्यक्ष चुनिएका गुरुङ्गको समुदायभन्दा ८५ ले बढि छ ।
९५ जना सदस्य भएको आफुलाई वौद्धिक दावि गर्ने एउटा समुहमा निर्वाचन हुँदा पनि मानन्धरका सामु गौतमले घुँडा टेकेकै हुन । जहाँ ६३ जना गौतमले प्रतिनिधित्व गर्ने समुदायका थिए । अर्को एउटा संस्थामा भएको नेतृत्व चयनमा राउतले मानन्धरको विजय स्विकार गरेकै हुन । जवकी गौतम र राउतको जात जिल्लामा ४७.६८ प्रतिशत छ र मानन्धरको जात ९.०१ प्रतिशत ।
जिल्लामा भुजेल समुदायको जनसंख्या ०.१३ प्रतिशत छ, यहि अल्पसंख्यकलाई पञ्चायतकालदेखि निरन्तर मत दिँदै नेता मान्दै आईरहेका छन लाँकुरीडाँडा गाविसका बासिन्दाले । यस गाविसमा ७९ जनसंख्या भएको भुजेल समुदायका व्यक्तिले २१५५ नेवार तथा १८५८ जना तामाङलगायत अरु क्षेत्रिब्राह्मणलाई निरन्तर शासन गर्दै आएका छन । गाविसको जम्मा जनसंख्या ५५४३ हो । यसै समुदायका कृष्णबहादुर भुजेललाई जल्दोबल्दो पार्टीको केन्द्रिय सदस्य हुनलाई कसैले छेकबार गरेन । उनले जिल्ला तहमा पनि पार्टी प्रमुख भएर काम गरेकै हुन । जम्मा ३३९३ जनाको बसोवास रहेको क्षेत्रपा गाविसमा भुजेलको संख्या ११६ छ यहि गाविसका एक भुजेल आजभन्दा ३० वर्ष अगाडी नै पञ्चायतकालमा जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । उनीहरुलाई हो की उनीहरुले हो समाजमा उत्तरदायित्व बुझाउने ? क्षेत्रीबाहुनले शासनसत्ता चलाउन दिएन भन्ने आरोप कहिलेसम्म ?
चुच्चा नाक हुनेहरुसहितको काँध चढेर उच्च ओहोदामा पुगेका राईले जनवादीवाट जनैवादी भयो भन्दै विद्रोह गरेको राजनैतिक दलले दोलखामा २०४६ सालको परिवर्तनपश्चात गराईएको २०४८ सालको आमनिर्वाचनमा १६.५६ प्रतिशत जनसंख्या भएको समुदायका जीतविर लामालाई उम्मेदवार मात्र वनाएन सम्पूर्ण शक्ति लगायर संसद चुनेर साँसद भवन छिरायो । उनका लागि भोट माग्न जाँने सबै समुदायका व्यक्तिहरु थिए । उनले हराएका व्यक्तित्व शासक वर्ग भनिएको समुदायका हुन । त्यसमा पनि काजी खलकका । आजभन्दा २२ वर्ष अगाडी नै समाजको चेतना यस ठाँउमा थियो । अहिलेको पारा देख्दा पो अचम्म लाग्छ तिनै जीतविर लामा आजभोली एकल नश्लिय उग्रवादको चर्को वकालत गर्ने ठेक्का पाएको दावी गर्ने पार्टीमा आवद्ध छन । त्यस उचाई बनाईसकेका व्यक्तित्व आफैं नदि तर्न लागेको डुङ्गा प्वाल पार्छन भने समाजको चेतनास्तर विकास भएन भनेर गुनासो गर्नुको अर्थ छ र ?
उदाहरणहरु प्रशस्तै छन खोजेर हेर्ने जाँगर गरे । कोईरालाको आदर्शमा विश्वास गर्ने पार्टीले मृत्यु नहोउञ्जेल तामाङलाई नै उम्मेदवार वनाइराख्यो एक निर्वाचन क्षेत्रमा । कहिले जिते कहिले हारे त्यो जनताको निर्णय थियो । उनले पोखरेललाई पछारेकै हुन झण्डै ७ सय मतअन्तरले । इतिहास यसै भन्छ । तैपनि निदाएको वहाना गर्नेहरु उफ्रँदा छन, नाक, छाला, भाषा जस्ता विभिन्न पक्षका रङ्ग, आकार जस्ता कुराले नियतबश पछाडी पारिएको दाविसहित ।
जम्मा जनसंख्याको ४.६० प्रतिशत जनसंख्या भएको शेर्पालाई २०५१ सालको संसदिय चुनावमा सर्वसम्मत उम्मेदवार वनाएको थियो जनैवादी आरोप लगाइएको राजनैतिक दलले । चुनावमा टिकट दिईंदा उनको योग्यता हेरिएको थियो न की उनको जातको जनसंख्या । अर्को कुरा पनि यहाँ सम्झनु आवाश्यक छ, त्यसरी पार्टीले टिकट दिँदा त्यतिबेला जिल्ला हाक्नेहरु सबै चुच्चा नाक हुनेहरु थिए । 
हुन त आफू अनुकुल नभए मिथ्याङ्क भनेर उम्कने चलन हिजैदेखिको हो हाम्रो समाजमा । अनि विना आधार अर्कालाई आरोपित गर्ने चलन पनि । वास्तविक रुपमा भन्नुपर्दा यी र जिल्लाका अन्य थुप्रै ठाँउमा अग्राधिकारको अभ्यास भईरहेको छ । यसलाई सबैले स्वीकारेका छन । तर एकल नश्लीयताको उग्र वकालत गर्नेहरुले के बुझ्नु जरुरी छ भने एक्लै दौडेर प्रतियोगिता जितिन्न । हिजो विगतका दिनमा भएका घटनाहरुको समिक्षा गर्नुपर्छ भन्दैमा त्यसैलाई सम्झिएर रोएर विताउनका लागि समय अब कसैसँग बाँकी छैन । छिमेकीहरु धेरै अगाडी पुगिसक्दा पनि हामी अझै सुन्दा रमाईलो लाग्ने तर व्यवहारमा उतार्न नसकिने खालका मुद्दामा बहस गरिरहेका छौं । यसलाई सबैले आत्मसात गर्नु पर्ने नै छ एकदिन । अहिल्यै गरे अबको समय सिर्जनशिल काममा खर्च हुने थियो । भन्न खोजेको मुख्य कुरा यत्ति नै हो ।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना