• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

अग्रज, होहल्ला र यथार्थ

उनलाई म आदर गर्छु । उनि गाँउका अग्रज हुन । मेरो भन्दा धेरै अगाडी फलामे ढोका मानिएको एस एल सि पास गरेका । मैले भन्दा धेरै ठाँउ भ्रमण गरेका । दूख सुखको अनुभव बटुलेका । केही दिनदेखि उनको फेसबुकका भित्तामा गजव गजबका कुराहरु पोष्ट हुन थालेका छन । भन्न त कसलाई भनेका हुन तर कत्ति कुरा मेरै लागि भनिएका हुन जस्तो लाग्छ । त्यसैकारण होला कत्ति कुराहरु पढ्दा खल्लो लाग्छ । 
यो लेख तिनै मेरा आदर गर्ने दाजु र आफ्नो वौद्धिकताको गलत प्रयोग गर्नेहरुसंग सम्बन्धित छ । उनले भर्खरै लेखे खस आर्यहरु शासक हुन । यिनीहरुले मंगोल मुलवासीलाई शासन गरे । तिनका इतिहास जलाए । उनको फेसबुकको स्टाटस पढ्दै गर्दा लाग्थ्यो आजसम्म यो देशमा जो जो पछि परे तिनका लागि त खस आर्यनहरु नै जिम्मेवार छन । यदि त्यो समुदाय नभएको भए यो देश स्वर्ग समान वन्थ्यो । 
खुलेर कुरा गरौं । म तिनले लक्षित गरेको समाजको सबैभन्दा शासक वर्ग वाहुनको छोरा । उनि शासित भनिएका तामाङ्ग समुदायका व्यक्ति । तामाङ समुदायमा पनि सचेत वर्ग मानिने लामा हुन । फेसबुकका भित्तामा उनले हिजो शोषणको हिसाब किताब शोषक समुदायले बुझाउनु पर्छ भनेर लेख्न भ्याए । पढेपछि सोचें हो त हिसाव त कुन दिन गर्नु नै पर्छ । आजै, अहिले नै किन नगर्ने ? 
एकदिन भेटेर सोधौं की जस्तो लाको छ । दाई म तपाईले भन्ने गरेको शोषक सम्प्रदायमा जन्मिए । तपाँई भन्दै हिड्नुहुन्छ शोषकले हिसाब बुझाउनुपर्छ । मैले के हिसाब बुझाउनुपर्ने हो ? अनि कसैगरि मैले हिसाब बुझाईहाल्न सकिन भनें त्यसमा कस्तो कारवाही हुन्छ ? 
मलाई थाहा छैन । मेरा पुर्खाले उनलाई शोषण गरे की गरेनन् ? मलाई खोज्न जाँगर छैन । तर समयले त्यो दिन ल्याउला जस्तो लाको छ । जुन दिन म मेरो जन्मथलो खोज्दै संसार घुमुँ । पछिल्ला दिनमा यस्ता कुरामा नचाहँदा नचाहँदै मन जान लागेको छ ? 
मलाई भन्न मन लागेको छ । दाई तपाँईले भनेको कुरा समाजका धेरैले पत्यार मान्छन । समुदायको एउटा नेता तपाँई नै हो । तपाँईको काम समाजमा रहेका भ्रमहरु चिर्नु हो की ? भ्रमका पछि लागेका मानिसहरुका पछि लागेर त्यसलाई उत्तेजित वनाउनु हो ? शिक्षाले समाजमा रहेका कुसंस्कार तथा कुरीती हटाउन सहयोग गर्छ अरे । तपाँईको जीवनमा के के गरेको छ ? मैले बुझेको छैन ।
दाई र म जन्मिएको गाविस एउटै हो । म जन्मिएको गाँउमा तामाङहरु शासक छन । शासक यस अर्थमा त्यहाँ हुने गरेका परिवर्तन पछिको स्थानिय निकाय तामाङहरुले सञ्चालन गरेका छन । पञ्चायतमा तामाङ थिए प्रधानपञ्च । बहुदल आयो अर्का तामाङलाई अध्यक्ष वनाए सबैले आफ्नो मत दिएर । अव गणतन्त्र आयो अव पनि त्यस गाँउ हाक्ने ठाँउमा तामाङपुत्रहरु नै आँउछन । भलै त्यसमा उनिहरुले प्रतिनिधित्व गर्ने पार्टीहरु फेरीएका हुन सक्छन ।
गाविसमा भएका ९ वटा वडामा २ वटामा तामाङ वस्ति ५ वटा वडामा तामाङ वाहेकका जातजातीको बसोबास छ । वाँकी २ वटामा तामाङ र अरुहरुको मिश्रीत बसोवास छ । यहि ठाँउमा केहि दिनअगाडी तामाङ अभियन्ता भाषा सर्वेक्षणका लागि गएका थिए । उनले फर्किएपछि स्थानिय पत्रिकामा लेखे त्यस गाँउका स्थानियले हामी स्थानिय सरकार मातृभाषामा चलाउँछौ भने । 
लेख सुरुदेखि अन्तसम्म पढें । लाग्यो पछिल्लो समय समाज भड्कन यस्ता लेख जीम्मेवार त छैनन । गाँउमा जाँदा देख्छु थोरै भएपनि आफ्नै तामाङ भाषामा पढ्न पाईने छेउको विद्यालयमा पढ्न जानेहरुभन्दा नेपाली पनि वोल्न नपाईने निजी विद्यालयमा जाने नानीहरुको संख्या वर्षेनी वढ्दो छ । भर्खरै तामाङ समुदायविचको विद्यालय जहाँ आफ्नै भाषामा वोल्ने शिक्षकहरु थिए, विद्यार्थी नपाएर वन्द भयो । गाँउमा नै पुगेर गरिएको भाषाबारेको सर्वेक्षण यत्ति कुरा त कसैले पक्कै सुनाउनुपर्ने । फर्केर उनि लेख्दैछन स्थानिय सरकार मातृभाषामा चलाउन सकिन्छ त्यहाँ ।
अग्राधिकारको कुरा व्यापक चलेको छ त्यहाँ पनि । जहाँ चुनावमा हिंसा भयो भने जुन पक्षले पनि क्षेत्रि ब्राह्मणका घरमा ढुंगा वर्साउँछन । एमालेका नाममा होस वा कांग्रेसका नाममा । भलै माओवादीसंग डराएर हो की संविधानसभाको निर्वाचनमा घरका छाना सग्लै रहे । 
नजिकैको नाम्दु गाविसमा राणाशासन जानेवित्तिकै विद्यालय स्थापना गरिएको थियो । जुन तामाङहरुको वस्तिका भित्र छ । पिठो वोकेर पढ्नेहरु तामाङकै घरमा बास वसेर पढे । अझै पनि तामाङहरुको शिक्षाको स्तर कमजोर छ त्यहाँ । 
दोलखाको जिरीमा स्थापना गरिएको अहिलेको जिरी उमावि जिल्लाका पुरानो विद्यालयमध्येको एक हो । अहिले राज्य तथा राजनीतिका माथिल्ला ओहोदामा त्यहीँ पढेका विद्यार्थीहरु छन । जसको घर त्यहाँ थिएन । त्यहाँका स्थानिय घरमा उनिहरु बास बसेका थिए । पढ्न आएका विद्यार्थीलाई वास दिने स्थानिय जिरेल तथा शेर्पा समुदायका एकाध परिवारबाहेकको अहिले पनि आर्थिक स्थिती कमजोर छ । आर्थिक स्थिती कमजोर भएपछि अन्य पक्षहरु पनि कमजोर नै हुन्छन । अवको हाम्रो प्राथमिकतामा भने जिरीमा स्वायत्त राज्य हो की ? स्थानिय समुदायको अवस्था सुधार ? गाँउमा भएको विद्यालयमा पनि किन स्थानिय समुदायको पहुँच पुगेन भनेर कारणको खोजी गर्ने हो की ? कुनै एक समूदायलाई भएभरको दोष खन्याएर आफू उम्कने हो ? अहिले पनि अव कसले के गरिदिनु प¥यो त ?
दाईजस्तै मेरा एक मित्र फेसबुकमा निकै सक्रिय छन । उनि सक्रिय हुनु ज्यादै राम्रो कुरा हो । उनले समाजका विभिन्न विषयहरुबारे आफ्नो विचार पोखिरहेका हुन्छन । ती विचारहरु प्राय आदिवासी जनजाती संग सम्बन्धीत हुने गर्छन । भलै यो उनको नितान्त व्यक्तिगत मामला मान्न सकिन्छ । तर त्यसो गर्दा हाम्रो सामाजिक दायित्व हुने की नहुने भन्ने कुरा भने प्रमूख विषय हो ।
साथी पत्रकारिता गर्छन । बेलाबेलामा समाजलाई योगदान गरें भनेर भन्छन । समाजलाई सुसुचित गर्ने भन्ने व्यक्ति । किन किन उनले विभिन्न तुच्छ शब्दको प्रयोग गरेर आलोचना गरेको नमिलेको जस्तै लाग्छ । त्यसमाथि पत्रकारले त झन गर्नै नहुनुपर्ने हो । अझै भन्ने हो भने त पत्रकारसंग आफ्नो व्यक्तिगत धारणा नै हुनु नहुने हो । उसले समाजमा देखेका कुराहरुलाई समाज हितका लागि मात्र प्रकाशनमा ल्याउने गर्छ । सत्य नै भए पनि समाजमा त्यसले प्रतिकुल प्रभाव पार्छ भने त्यस्तो सामाग्री प्रकाशन प्रसारण गरिन्न । यस्ता कुराहरुमा समाजका शिक्षित सभ्य भनिएका वर्गको ध्यान किन पुग्दैन? 
नेपालमा जनजाति आदिवासीलाई व्यापक रुपमा पेलियो भन्ने एकजना अभियन्ता हुन कृष्ण भट्टचन । धेरैलाई थाहा छ कि छैन, उनि त्यस्तो पिताका छोरा हुन जसलाई राज्यले थोरै मानिसहरुबाट छानेर अंग्रजी पढाउनकै लागि विदेश पठाएको थियो । एउटा पत्रिकामा अन्तवार्ता दिंदै उनले सगर्व भनेका छन बुबाले बेलामा अंग्रेजी पढ्न पाएका कारण मैले अंग्रजी पढ्न पाँए । उनि नै आज भन्दैछन राज्य कसैको पेवा भयो । समाजका सचेत वर्ग आँखा चिम्लेर पछाडी लागेको छ उनका कुरामा । के भन्नु र ?
नेपालमा सबै समुदायको समान विकास नभएको कुरा साँचो हो । यसका लागि सबै पक्षले सहकार्य गर्नु जरुरी छ । एकले अर्काको मुखमा हिलो छ्यापेर माथि त पुग्न सकिएला तर त्यो कत्तिको सर्वस्विकार्य र दीर्घकालिन हुन्छ भन्ने कुरा प्रमुख हो । लेखको अन्तमा काठमाण्डौबाट धादिङबेसीं सम्मको बसको यात्रामा चालक सिटनेर लेखिएको कुरा सान्दर्भिक लागेकोले यहाँ उल्लेख गरेको छु । “बुझेका व्यक्तिले बुझेर पनि बुझ पचाएर कुरा गर्नाले समाज पछाडी परेको हो ।”

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना