• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

हार्नेहरुका विपक्षमा

लगनविनाको पोतेको महत्व हुन्न भन्छन गाँउघरमा । एक लुङ पोते नै किन नहोस अरुबेला लगाएको झुत्तै पोते भन्दा धेरै महत्व राख्छ लगनका बेला। अगाडी नै आएको थियो यो विषय तर लेख्ने मन लागेन कुसमयमा पर्ला कि भन्ने डरले ।
कमरेडहरुसँग धेरै संगत हुन्छ । यर्थाथभन्दा बढि नै भावनाका कुरा सुन्नु पर्छ कम्युनिष्टहरुका । भोली आफैंलाई पोलेर आफनै खरानी भएको हेरेर धुरुधुरु रुनुपरे परोस आज आगो बालीहालौं भन्ने त कमरेडहरुको आधारभुत सिद्धान्तभित्र नै पर्छ क्यारे । कपाल कालो भएबापत आफनै पितापुर्खाको नाम सम्झनु नपर्ने खैरा कपालहुनेहरुलाई दिनरात सलाम गर्नुपर्ने त नियमै हो भन्छन जान्नेबुझनेहरु ।
नेपालीको ठुलो चाड दशैं आईनै सकेको छ । यसै सन्दर्भमा कुरा हुँदै गर्दा गएको वर्ष एक कमरेडले भने हामी त दशैं मान्दैनौं । किनकि यो जित्नेहरुको चाड हो । कम्युनिष्ट पार्टी भनेको हार्नेहरुको पार्टी हो नी ।
सुन्दा अत्यन्तै रामो लाग्यो चित्त बुझेन । प्रतिवाद गरे हैन हो सबैले जित्न सक्दैनन । तिनीहरुलाई जित्नेले संगै लिएर जानुपर्छ । यसो भन्दै गर्दा जित्नेहरु हार्नेका नाममा रोएर बस्न सक्दैनन ।
कमरेडले हार्न मानेनन । भने यो त सामन्ती सोच भयो । अल्पसंख्यकले बहुसंख्यकलाई हिजैदेखी विभिन्न नाममा शासन गरिरहेको छ । अझ हामीले पनि हार्नेहरुका लागि कुरा नगर्ने हो भने कसले गर्छ त सर्वहाराको कुरा ?
कमरेडको तर्कसँग सहमत हुन नसकेपछि पुन थपियो । हेर्नुस मलाई धेरै राजनैतिक कुरा त आउन्न तर अहिले नेपालको राजनितिमा केन्द भागमा पुष्पकमल दाहाल  प्रचण्ड छन । एउटा लक्ष्य प्राप्तीका लागि उनले धेरै संघर्ष गरे । जसले संघर्ष गरेपनि राज्यले त्यसलाई दवाउन आफुले गर्न सक्ने सबै हत्कण्डा अपनाउँछ । प्रचण्ड अपवाद हुने कुरा नै भएनन । उनले नेतृत्व गरेको विद्रोह दवाउन राज्यले सबै आफना सबै सुरक्षा अंग परिचालन ग¥यो । टाउकाको मोल तोक्यो राज्यले जित्न सकेन, प्रचण्डले जिते र अहिले सर्वमान्य नेता छन ।
त्यसैगरि श्रीलंकामा प्रभाकरण नाम गरेका नेता थिए । उनले पनि विद्रोह गरेका थिए । राज्यमा उनको कुरा पत्याउने पनि धेरै नै थिए । राज्यले उनको विद्रोह दवाउन सबै उपायहरु अपनायो अन्तमा उनको हत्या नै भयो । सरकारले विद्रोह सकिएको घोषणा ग¥यो ।
कमरेडले कुरा सुन्ने धैर्यता देखाए, कुरा सकेपछि मैले सोधें "प्रचण्डका कार्यकर्ता यो देशमा छात्ती फुलाएर हिँडछन । प्रभाकरणका के गर्दा हुन ?"
उनि बोलेनन मैले थपें । मान्छे जन्मँदा नै जित्को यात्रा सुरु हुन्छ । हजारौ शुक्रकिटहरुमध्ये एकले मात्र अण्डसँग निशेचन हुन पाँउछ । अरुहरु त्यत्तिकै मर्छन । जन्मेपछि पनि विभिन्न रोगहरुसँग जित्दै अगाडी जानैपर्छ । समाज पनि जित्न नै चाहन्छ । मानिस हार्न चाहन्न साथै हार्नेका नाममा रोएर समय विताउन पनि ।
यो लेख लेख्दै गर्दा लेखक के कुरामा सचेत छ भने समाजमा पछि पारिएकाहरुलाई तिमीहरुको कर्म नै यस्तै हो भनेर हतोत्साही बनाउनु हुन्न । तर अगाडी गएकाहरुलाई घृणा गर्न र सराप्न सिकाएर समाज अगाडी जानै सक्दैन । समाजमा ९० प्रतिशत सम्पत्ति १० प्रतिशत मानिसका हातमा रहेको कुरा सत्य हो । नेपालमा पनि भएका उद्योगधन्दाहरुमा २ तिहाईभन्दा वढि उद्योगमा एक व्यापारिक समुदायको मात्रै लगानी भएको कुरा केहीदिन अगाडी पत्रिकामा छापिएको थियो । तिनिहरुलाई बाँकी सबैले घृणा गर्न लागियो भने काम गरिरहेकाहरुले काम गर्न सक्दैनन । त्यसले समाज अगाडी जाने हैन झनै पछाडी हट्छ ।
दशैं मान्नु नमान्नु व्यक्तिको स्वतन्त्रता हो । कसैलाई कसैले करकाप गर्न मिल्दैन । दशैं मान्ने कुरामा देखिएका वेथिती हटाउन हामी लाग्नै पर्छ । तर वाहियात तर्क गरेर समाजमा भ्रम नछरौं । भोली तिनीहरुलाई हटाउन धेरै समय तथा सम्पत्ति नै खर्च गर्नुपर्छ । बेलैमा विचार गर्दा रामो हुन्छ नि कमरेड ।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना