• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कम्प्युटरको कक्षा, किताब र कल्पना

उषा खड्का दोलखाको सुरी गाविसमा रहेको नवज्योती प्रस्तावित निम्न माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययन गर्दैछिन । उनको कक्षामा कम्प्युटर विषयको पढाई आधा सकिइसक्यो । किताबमा पढेका सबै कुरा कण्ठस्थ छन । “कम्प्युटरमा सिपियु, मोनिटर, किर्बोडजस्ता अंग हुन्छन । सिपियु भनेको सेन्ट्रल प्रोसेसिङ्ग युनिट हो,” उनले कम्प्युटरका बारेमा सोधेका प्रश्नको फटाफट उत्तर दिईन ।
मौखिक मात्रै हैन भर्खरै सकिएको पहिलो त्रैमासिक परिक्षामा उनले यो विषयमा राम्रै अंक हासिल गरेकि छिन । कम्प्युटरका कुन अंगले कस्तो काम गर्छन भन्ने पनि थाहा छ तर अझैसम्म उनले कम्प्युटर छुनु त परै जाओस देखेकी पनि छैनन् ।
यस शैक्षिक सत्रबाट उनको कक्षामा कम्प्युटर शिक्षा विषयको पढाई सुरु भएको हो । सरकारले अनिवार्य विषयका रुपमा कम्प्युटर शिक्षा समावेश गरेपछि उनको विद्यालयमा पनि यो विषय पठनपाठन थालिएको हो । दैनिक २ घण्टा टाढाबाट विद्यालय आउने खड्कालाई आधाभन्दा धेरै नै पाठ सकिइसक्दा पनि किताबमा भएको कम्प्युटरको चित्र हेरेरै चित्त बुझाउनु परिरहेको छ ।
उनको कक्षामा २० जना अध्ययन गर्छन । हप्तामा २ पिरियड कम्प्युटर शिक्षा विषयको पढाई हुन्छ । सन्तोषी खड्का कक्षामा तेश्रो विद्यार्थी हुन । “खै अहिलेसम्म देखेको छैन । किताबमा मात्रै हो”, उनले भनिन । “विद्यालयमा कम्प्युटर भईदिए त पढाएको पनि सप्पै बुझिने थियो । किताबको भरमा मात्रै कसरी बुझ्नु ?”
बद्रि न्यौपाने यस विद्यालयमा कम्प्युटर शिक्षा पढाउछन । उनका अनुसार सैद्धान्तिक पढाई मात्रै गर्दा विद्यार्थीहरुमा झनै अन्यौल थपिएको छ । “कम्प्युटर यस्तो हुन्छ भनेर देखाउन पाको छैन सिद्धान्तका कुरा गर्नुभन्दा बाहेक अर्को विकल्प नै छैन”, उनले भने ।
विद्यालयमा प्रयाप्त श्रोत नभएका कारण विद्यालयमा कम्प्युटरको व्यवस्था गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिको भनाई छ । कम्प्युटर हुने हो भने यहाँ चलाउनका लागि विद्युत लगायत अन्य कुराको समस्या नै छैन, समितिका अध्यक्ष अर्जुन ओलीले भने । उनका अनुसार यस क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाहरुमा विद्यालयमा कम्प्युटर व्यवस्था गर्नका लागि अनुरोध गरिएको छ  तर कसैले चासो दिएका छैनन् ।
विद्यालयमा कम्प्युटर हुने हो भने आफ्नो पढाई अझै राम्रो हुने कुरामा विद्यार्थीहरु विश्वस्त छन । विद्यालयमा पुग्ने विभिन्न संघसंस्था तथा अन्य निकायका प्रतिनिधीहरुसंग उनिहरुले गर्ने माग केही समययता एउटै हुने गरेको छ, “सर, तपाँईले हाम्रो विद्यालयमा कम्प्युटर ल्याईदिनुहोस न ।”

रेडियो शैलुङ्ग दोलखाबाट प्रसारण भएको रिपोर्ट 



डाउनलोड गर्नुहोस 
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना