• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

मत लेनदेनका मुद्धाहरु

एमाले क्षेत्र नं २ का उम्मेदवार
आनन्द पोखरेल 
दोलखाको घ्याङसुकाठोकर गाविस २ लोसेकी उर्मिला दहाल भण्डारी अबको संविधानसभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछिन । यसअघि २०६४ सालमा नै मत दिनका लागि उनको उमेर पुगिसकेको थियो । मतदाता नामावलीमा नाम पनि समावेश थियो । विवाह भएर अर्को गाँउमा गएपछि उनले मतदानको गर्ने अवसर गुमाउनुप¥यो । “अवको मतदानको अवसर जसरी पनि उपयोग गर्ने सुरमा छु”, भण्डारीले भनिन ।

अब हुन लागेको संविधानसभाका लागि राजनैतिक दलहरुले मत माग्दै मतदाताका घरदैला चहार्न थालीसकेका छन । सञ्चारमाध्यमहरुमा पनि चुनावी कुरा बाक्लै सुनिन लागेका छन । भण्डारीसँग अहिलेसम्म त कोही पनि मत माग्न आएका छैनन तर उनले रेडियो सुनेर नै महत कसलाई दिने भन्ने निर्णय गर्ने बताइन । “गाँउमा कसले विकास गर्छ उसैलाई भोट दिने कुरा विचारमा छु”, उनले भनिन ।

अहिलेको निर्वाचनमा छानिएका प्रतिनिधीहरुले देशको नयाँ संविधान बनाउने काम गर्ने कुरा उनले सुनेकी छिन । “संविधानका कुरा भन्दा पनि गाँउको विकास नै ठुलो जस्तो लाग्छ । त्यसैले यसपटकको भोट विकास गर्ने उम्मेदवारलाई दिने हो”, उनले भनिन । गाँउमा रहेका खानेपानी, सडक, सिञ्चाईजस्ता विकास गर्न सहयोग उम्मेदवारलाई मत दिने उनले बताईन ।

संविधानसभा सदस्य निर्वाचनको मिति आउन एक महिनामात्रै समय बाँकी हुँदा दोलखाका राजनैतिक दलहरु आ–आफ्नो चुनावी घोषणासहित गाँउ पसिसकेका छन । उम्मेदवारहरु गाँउमा पसिसक्दा मतदाताहरुमा कसलाई के आधारमा मत दिने भन्ने चियागफ सुरु भईसकेको छ । चुनावको प्रचारप्रसारका क्रममा नेपालीको ठुलो चाड दशैँलाई पनि नेताहरुले राम्रै उपयोग गरे । चुनावी शुभकामना कार्यक्रममा मात्रै हैन एस एम एस मा पनि शुभेच्छाका साथमा मतदानकै कुरा गरिएको थियो ।

नेपाली कांग्रेसका उम्मेद्वारहरु: क्षेत्र नं १ जिपछिरिंग लामा
 (खादा र चस्मा) क्षेत्र नं २ तारा बहादुर कोइराला (खादा / टोपी)
दोलखा सदरमुकाम चरिकोट नजिकै रहेको जिलुको दलित वस्तिमा पनि चुनाबको सरगर्मी बढेको छ । दलित वस्तिमा पनि विभिन्न एजेण्डाहरु लिएर नेताहरु पुगिसकेका छन । मतदाताहरु भने विगतको काम हेरेर मत दिने बताँउछन । स्थानिय गोरखबहादुर मुङ्ग्राती भन्छन “यसअघि गरेको काम हेरेर भोट दिने नेता छान्ने हो ।”

जनतामा चुनावको उत्साह मात्रै हैन निरासा पनि छाएको छ । यसअघिको संविधान निर्माणका लागि दिएको मत खेर गएपछि सुन्द्रावती १ का उत्तम शिवाकोटी यस निर्वाचनमा भाग मतदान नगर्ने सुरमा छन । “यसअघि पनि संविधान वन्ला देशमा अमनचैन कायम होला भन्ने लागेको थियो गरेनन । फेरी पनि कसैले काम गर्लान जस्तो लागेको छैन”, उनले भने ।

मतदाता जस्तै उम्मेदवारहरुले पनि मत माग्न विभिन्न एजेण्डा बनाएका छन । नेकपा एमालेले उम्मेदवारहरुसँग मत माग्नका लागि जिल्लामा राष्ट्रिय रुपमा तयार पारिएको चुनावी घोषणाका साथै जिल्लामा मतदाताहरुका लागि छुट्टै प्रतिवद्धता तयार पारेको छ । जिल्लामा रहेका विभिन्न मुद्धाहरु समावेश गरिएको प्रवितवद्धतापत्रमा शान्ति र संविधानका साथै जिल्लाको विकास गर्ने विभिन्न मुद्धाहरु समावेश गरिएको छ । घोषणापत्रमा दोलखा जिल्लामा भएका सम्भावनाहरु केलाईएको छ । “जिल्लाको आर्थीक स्तर उकास्नका लागि कृषि, पर्यटन, विद्युत, पुर्वाधार विकास क्षेत्र र सामाजिक तथा अन्य क्षेत्रमा गर्न सकिने कामहरु उल्लेख गरेका छौं”, प्रतिवद्धतापत्र निर्माणमा सहभागी प्रेमप्रसाद अधिकारीले भने ।

एमाले जस्तै एमाओवादी पार्टी पनि गाँउगाँउमा नयाँ संविधानको लागि मत माग्न अभियानमा व्यस्त छ । स्थानिय मतदातासंग नयाँ नेपाल निर्माणको एजेण्डासहित चुनावमा मत मागिएको दोलखा क्षेत्र नं. १ का ए माओवादी उम्मेदवार विशाल खड्काले वताए । उनले भने “चुनावी सभामा २ तिहाईभन्दा वढिसमय नयाँ संविधानका मुद्धा र बाँकी समय मात्रै स्थानिय मुद्धामा खर्च हुन्छ”, उनले वताए ।
एमाओवादी क्षेत्र नं १ का उम्मेदवार बिशाल खड्का 

“एमाओवादी र एमाले जस्तै कांग्रेस पनि चुनावी अभियानमा होमिएको छ । मूख्य एजेण्डा त शान्ती र सविधान नै हो”, नेपाली कांग्रेस क्षेत्र नं. २ का का नेता तारा ब कोईरालाले भने । उनका अनुसार मतदातकोमा पुग्दा शान्ती सुरक्षा न्याय तथा जलश्रोत जस्ता मुद्धाहरु पनि दोलखा कांग्रेसले उठाउने छ ।

कांग्रेस उम्मेदवार तारा कोईरालाले संकेत गरेजस्तै दोलखामा अवको चुनावी एजेण्डा जलश्रोत बन्ने देखिन्छ । दोलखा जिल्लामा बन्दै गरेको माथिल्लो तामाकोशी तथा जिल्लामा जलश्रोतको सम्भावना धेरै रहेका कारण उम्मेदवारहरुले यसलाई चुनावी एजेण्डा बनाएका हुन । स्थानिय रुपमा मात्रै हैन पार्टीहरुले पनि तामाकोशी आयोजनालाई आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन । एकिकृत नेकपा माओवादीले आफ्नो चुनावी घोषणापत्रमा ३ वर्षभित्र सम्पन्न हुने आयोजनामा माथिल्लो तामाकोसीलाई उल्लेख गरेर त्यसको शेयर शहिद तथा वेपत्ता परिवारलाई प्रति परिवार ५ लाख नगद र तामाकोशीको शेयर गरि जम्मा १० लाख दिने निर्णय तत्काल कार्यान्वयन गर्ने उल्लेख गरेको छ । साथै माओवादीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत उत्पादनको योजनामा दोलखा जिल्लामा निर्माण हुने माथिल्लो तामाकोसी जलविद्युत आयोजना ए लाई पनि समावेश गरेको छ ।

जिल्लामा निर्माण हुने आयोजनाका साथै तिनको शेयरका कारण दोलखामा जलविद्युतको विषयले मतदातामा प्रत्यक्ष प्रभाव पार्दछ । त्यसका कारण पनि आयोजनाको बारेमा जस लिन पनि उम्मेदवारहरु मात्रै हैन पार्टीहरुविचमा हानाथाप छ । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा माथिल्लो तामाकोसी आफु सरकारमा भएका बेलामा सुरु भएको उल्लेख गरेको छ । साथै एमालेले आगामी १० वर्षभित्र दोलखामा सम्भाव्यता अध्ययन भएको जलाशययुक्त तामाकोसी तेश्रो जलविद्युत आयोजना निर्माण गर्ने उल्लेख गरेको छ ।

क्षेत्र नं २ का एमाले उम्मेदवार आनन्द पोखरेल २०५६ सालमा संसद चुनिएपछि संसदमा तामाकोसी स्वदेशी लगानीमा नै बन्नुपर्छ भनेर आवाज उठाएपछि मात्रै तामाकोसी स्वदेशी लगानीमा बनेको दावी गर्छन । “यो आयोजना जसरी पनि स्वदेशी लगानीमा नै बन्नुपर्छ भनेर सदनमा आवाज उठाएपछि नै यो आयोजना सम्भव भएको हो”, उनले भने ।

३ ठुला दलहरु जस्तै दोलखामा अन्य दलहरु पनि चुनावी अभियानमा छन । जिल्लामा पहिलोपटक नाम सुनिएको संघिय गणतान्त्रिक समाजवादी पार्टी पनि चुनावी अभियानमा छ । “पहिचान सहितको संघियता नै हाम्रो पार्टीको एजेण्डा हो । जिल्लामा पनि हाम्रो एजेण्डा त्यहि हो”, क्षेत्र नं. १ का उम्मेदवार भक्त बहादुर थोकरले भने ।

दोलखाका २ निर्वाचन क्षेत्रमा ४६ जना चुनावी मैदानमा छन । प्रमुख तिन दलसहित अन्य ८ ओटा पार्टीले जिल्लाको दुवै निर्वाचन क्षेत्रमा पाटीृको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन । एकजना स्वतन्त्र उम्मेदवार रेशमराजस्वराज रिमालले पनि जिल्लाको दुवै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन । व्यक्तिगत रुपमै पनि घोषणापत्रसहित  मत माग्न जाने उनले वताए । जिल्लाका विकासका एजेण्डा घोषणापत्रमा उल्लेख गरेको छु । उनले भने ।

दलहरुले जिल्लामा विभिन्न आश्वासन बाँडिरहँदा मतदाताहरु भने कसलाई मत हाल्ने भन्नेमा टुङ्गोमा पुगिनसकेको वताँउछन । मतदाताहरु राजनैतिक दलका बारेमा कुरा गर्न पनि त्यत्ति रुचाउन्नन् । दोलखा मिर्गेकी ६२ वर्षिया कृष्णमाया दाहाल भन्छिन खै म त यस्ता कुरा केहि जान्दिन । उनले यसअघिका प्रायजसो चुनावहरुमा मतदान गरिसकेकी छिन । पहिला देखि नै योजना बनाएर बसिन्न त्यत्तिखेर जुन पार्टीलाई मन लाग्छ त्यसैलाई दिने उनको भनाई थियो । यसपटकको चुनावमा पनि उनि घरदैलामा मत माग्न आउने पार्टीका कुरा सुनेर भोट होल्न विचारमा छिन । “अहिलेसम्म यसैलाई हाल्छु भन्ने छैन । भोट हाल्नेदिन सम्म क कसले के भन्दा रा’न । त्यसपछि मात्रै पार्टी छान्छु”, उनले भनिन ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना