विहिवार जुँगुमा हुने कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका कांग्रेस उम्मेदवार जिपछिरिङ लामा लगायतको टोलीलाई एकिकृत नेकपा माओवादीका कार्यकताले अवरोध गरेका छन ।
बुधबार झ्याकु गाविसमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर विहिबार जुँगुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । झ्याकु गाविसबाट जुँगु गाविसमा आउदै गरेका उम्मेदवार लामासहितका नेताको टोलीलाई एकिकृत माओवादी कार्यकर्ताले जुँगु ८ नं. वडा राजपुमा रुख ढालेर बाटो अवरुद्ध गरेको टोलीमा संलग्न शैलेन्द्र खड्काले जानकारी दिए । बाटोमा ५ ओटा रुख ढालेर बाटो अवरुद्ध गरेपछि कांग्रेसको सभामा आएका स्थानिय नेता तथा कायकर्ता विचैमा रोकिएको र उम्मेदवार जिपछिरिङ लामा वैकल्पिक बाटो प्रयोग गरि सभालाई सम्बोधन गर्न जाँदै गरेको उम्मेदवार लामाले जानकारी दिए ।
यता एकिकृत नेकपा माओवादी दोलखाका नेता हेम बहादुर श्रेष्ठले पार्टीले त्यस्तो काम गरेको जानकारीमा नआएको वताए । उनले भने त्यस्तो गर्ने पाटीको कुनै नीति छैन । जुँगु गाविस एकिकृत दोलखा माओवादी क्षेत्र नं. १ का उम्मेदवार विशाल खड्का तथा पुर्व सभासद एवं भौतिक योजना तथा निर्माण राज्य मन्त्रि देवी खड्को जन्मथलो हो ।
No comments:
Post a Comment