• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

‘भीषण दिनहरु’का सम्बन्धमा

लेखक इमान्दार नहुँदा पाठक त भ्रममा पर्छन नै इतिहासमा पनि त्यसले गलत सन्देश दिन्छ। नविन जिरेलको ‘भीषण दिनहरु’ पढ्दा लागको विचार एक वाक्यमा भन्ने हो भने यत्ति नै हो। किताबमा लेखक इमान्दार नभएको कुरा केही समालोचकले तथ्यगत रुपमा औंल्याइसकेका छन। आफ्नो जोश, जाँगर क्रान्तीका लागि खर्च गरेका महानुभावले  समर्थनमा लेख्नु त नौलो हैन। एउटा पाठकको नाताले तथ्यहरुलाई वङ्गयाउन नखोजेको हुन्थ्यो भन्ने मात्रै आग्रह हो। 

१३ वर्षको अल्लारे उमेरमै क्रान्तिमा होमिएका किशोरको कथा हो ‘भीषण दिनहरु।’ दोलखाको जिरीमा जन्मिएका उनले सानैमा आमा गुमाएपछि दुखका दिनहरु सुरु भएको उल्लेख गरेका छन। माओवादी युद्धका वारेमा माओवादी कार्यकर्ता ‘बलिदान’बाट “क्रान्तिको प्रवचन” सुनेपछि त्यसै दिनमा उनी युद्धतर्फ आकर्षित भए। २०५८ साल साउन १८ गते उनि जनयुद्धमा सामेल भएदेखि २०६७ माघ १३ गते चितवनको शक्तिखोरवाट विदाई हुँदासम्मको कालखण्डका विभिन्न संस्मरण पुस्तकमा समेटिएका छन।

पुस्तकभित्र धेरै प्रसङ्गहरु आँखा रसाउने छन भने कति प्रसङ्गमा खित्का छुट्छ। उहि उमेरका दौंतरीहरु हाँसखेलमा रमाईरहँदा जिरेल विभिन्न युद्ध मोर्चाहरुमा विभिन्न भूमिका निर्वाह गरिरहेका थिए। उनको आत्मवृतान्तले जनायुद्धमा संलग्न भएकाहरु आफ्नो लक्ष्यमा कति प्रतिवद्ध थिए भन्ने कुरा प्रष्ट पार्छ। त्यो जनयुद्धले उनले कल्पना गरेको समाज वन्यो कि वनेन? यो मुख्य कुरा थियो र यसैलाई आधार मानेर हाम्रा नेताहरुलाई उत्तरदायी वनाईनै पथ्र्यो। त्यो काम अझै सुरु भएको छैन।

पुस्तक पढ्दा लाग्छ, द्धन्द्धले समाजमा कतै पिडा दिएको थिएन। सबैले मन खोलेर सहयोग गरेका थिए। जनयुद्धबाट अलि टाढा नै रहेकाहरुका लागि त यो पुस्तक पढ्दा सबै यथार्थ नै लाग्छ। घरआँगनमै द्धन्द्ध भोगेकाहरुलाई भने पुस्तक अपत्यारिलो लाग्छ। यसमा लेखकले आवाश्यक इमान्दारी प्रस्तुत गर्न चुकेका छन। 

उनले पुस्तकमा उल्लेख गरेको 'धन सर'को प्रसङ्ग अझै समाजमा विभिन्न रुपमा ज्युँदै छन। यस्ता प्रवृत्तिहरुलाई अन्त्य गर्नका लागि सञ्चालन भएको भनिएको जनयुद्धको आडमा नेपाली राजनीतिमा छिरेको माओवादीले यस्ता प्रवृतिहरुलाई फेरी काँध थापीरहेको छ। यसले जिरेलजस्ता लडाकुहरुकै अपमान गरेको छ।

यो जिरेलको आत्मकथाका साथै शसस्त्र द्धन्द्धका क्रममा नेपालले व्यहोरोको सामाजिक अवस्थाको दस्तावेज पनि हो। फेरी पनि इतिहास पढ्दै गर्दा भावी पुस्ताले नेपालको जनयुद्धलाई सम्मान गरेर टाउको झुकाउला वा धारे हातले सराप्ला त्यो भविश्यकै कुरा हो। किताब पढिसकेपछि एउटा मात्रै मनमा प्रश्न खट्किरहेको छ। उनिजस्ता हजारौंले ज्यानको वाजी लगाएर लडेको तथा बलिदान गरेको यो युद्धबाट उनले सुरुमा सुनेको यो अपेक्षा पुरा भयो त? “...५ प्रतिशत हुने वर्गले ९५ प्रतिशत नहुने गरीब जनतामाथि शोषण दमन गरिरहेको छ। धनीहरु झनझन धनी हुँदै छन गरीब झनझन गरीब बन्दैछन। यो व्यवस्था लडाउनका लागि....आफैं बुझेर लाग्नुपर्छ।”

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना