• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गजल ..खानलाई अन्न

खानलाई अन्न छैन, शौचालय बना भन्छ सरकार
विकास गर्छु भनिकन, डाँडामा इनार खन्छ सरकार ।

काखी च्याप्दै अपराधी, सुरक्षाको रटान लगाईन्छ यता
होचा मुखाँ घोचो हुन्छ, अग्लाकै टाउका गन्छ सरकार ।

राज्य मेरो पनि त हो, भन्नु नि ठूलै गल्ति हुन थाल्यो
समयको माग भन्दै, उग्र नश्लवादी बन्छ सरकार ।

केही पनि छैन अरे, अझै नि देशको नागरिक बन्न
एउटै प्रश्न सोध्नु भन्थे, कुन ठाँउमा रहन्छ सरकार ?

आफैं समस्यामा छ उ, कसरी रक्षा गर्छ होला मेरो
बालुवाको घर जस्तै, हाच्छ्यु गरे भत्कन्छ सरकार ।


२०७० माघ २५
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना