• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

८ स्वास्थ्य चौकीमा शौचालय छैन ।

दोलखामा रहेका स्वास्थ्य संस्थाहरुमध्ये अझै ८ ओटा स्वास्थ्य संस्थाहरुमा शौचालय नभएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला सरसफाई सम्मेलनका क्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।

शनिवार र आईतबार सञ्चालन भएको सरसफाई सम्मेलनका क्रममा जिल्लामा रहेका १ सय ५० भन्दा बढि विद्यालयमा शौचालय नभएको जानकारी दिइयो । आगामी चैत्र २४ गते दोलखा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियानलाई थप प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि सम्मेलन आयोजना गरिएको हो ।

जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितको आयोजनामा भएको सम्मेलनमा जिल्लाका सबै विभिन्न क्षेत्रका २ सय ५० बढिको प्रतिनीधित्व रहेको थियो । जिल्लामा कार्यरत खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा सम्मेलन आयोजना गरिएको स्थानिय विकासु अधिकारी विजयराज सुवेदीले जानकारी दिए । सम्मेलनमा खुल्ला दिशामुक्त अभियानलाई सफल बनाउनका लागि विभिन्न क्षेत्रबाट प्रतिवद्धताहरु संकलन गरिएको थियो ।

एक घर एक शौचालय हाम्रो अभियान स्वच्छ सभ्य र समृद्ध दोलखा हाम्रो पहिचान भन्ने नाराका साथ सम्पन्न भएको सम्मेलनले १२ बुँदे दोलखा घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा शौचालय भएका घरलाई परिचय पत्र वितरण गर्ने तथा नभएका घरहरुलाई आगामी माघ महिनादेखी सरकारी सेवा नदिईने लगायतका प्रावधानहरु उल्लेख गरिएको छ ।

दोलखामा १० गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेका छन । अब १ नगरपालिका र ४० गाविस खुल्लादिशामुक्त घोषणा गर्न बाँकी छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना