जिल्लालाई आगामी चैत्र महिनामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीका साथ काम भईरहेको बेला सदरमुकाम आसपासका शिक्षकहरुको घरमा नै शौचालय नभएको पाइएको छ । नगरपालिकाको नजिकै रहेको भीमेश्वर नगरपालिकाको वडा नं. ७ मा भएको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।
नगरपालिकालाई आउने मंसिर महिनाभीत्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि नगरपालिकाको कार्यालयको अगुवाईमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा शिक्षण पेशामा रहेका डम्बर चौंलागाँई र कविन्द्र श्रेष्ठको घरमा पक्कि शौचालय नभेटिएको अनुगमनमा संलग्न नगरपालिकाको कार्यालयका ज्ञानु खड्काले जानकारी दिए । “शिक्षकहरुकै घरमा मापदण्ड अनुसारको चर्पी भेटिएन । बनाउनका लागि सुझाब दिएर आएका छौं”, उनले भने ।
वडामा जम्मा २ सय ७७ घरधुरी रहेकोमा ७७ घरधुरीमा मापदण्ड अनुसारको शौचालय नभएकोमा अधिकांश घरमा शौचालय निर्माण भईसकेको छ । अनुगमनका क्रममा मापदण्ड अनुसार नबनाईएका शौचालयहरुलाई मापदण्ड अनुसारको बनाउनका लागि सुझाव दिईएको छ । टोलीमा नगरपालिकाको कार्यालय, जिल्ला विकास समितिको कार्यालय, पत्रकार महासंघ, सेवक नेपाल लगायतका संस्थाहरुका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment