आधा दशक पुग्न लाग्यो
। देशमा पृथ्वीनारायण शाहका बारे बोल्दा प्रतिगमनकारी हुन लागेको । आज
उनको जन्मजयन्ती । मैले उच्च शिक्षा लिएको विद्यालयले यस दिन आफ्नो
जन्मजयन्ती मनाउँछ । पहिला पहिला दिईने सार्वजनिक विदाका उपयोग गर्न यो
दिवस मनाउन सुरु गरेको विद्यालयले अहिले अरु विदा काटेर जन्मजयन्ती
मनाईरहेको छ ।
पृथ्वीनारायण शाहका बारे नेपालमा दोहोरी चल्दो छ । नायक वा खलानायक भन्ने बारे । यो दिवसका आसपास दोहोरी पढ्न सुन्न अलि धेरै पाईन्छ । केही दिन अघि एक पत्रिकामा एक जना वौद्धिक महानुभावको लामो विचार छापियो के नेपाल ठूलो छ ? शिर्षकमा । लेखमा भनिएको थियो नेपालमा शासकहरुको अझ त्यसमा पनि पृथ्वीनारायणलाई नायक बनाएको ईतिहास घोकाईयो । आफ्ना नभएका वुद्धबारे गौरव गर्न लगाइयो । भुगोलबाटै आफैं सिर्जना भएको सगरमाथा आफ्नै हो भन्न सिकाईयो । यिनै सिकाईका कारण नेपाल पछाडी पर्याो । यदी नेपाललाई अगाडी लैजाने हो भने सिकिंदै आइएका विचारहरुलाई मिल्काउनुपर्छ । पाठ्यपुस्तकमा जयन्त रानाका कथाहरु समावेश गर्नुपर्छ । नाक काटिएका किर्तिपुर वासीका कथा लेख्नुपर्छ ।
विचार पढ्दै गर्दा लाग्थ्यो । यो नेपाल भन्ने केही पनि होईन । नेपाल एकिकरणका कुरा गर्ने, गौरव गर्ने काम समय सकिएको औषधी जस्तै हो । जसले फाईदाभन्दा धेरै वेफाईदा गर्छ ।
उनको अर्को चिन्ता थियो । सवैले शासकको गुणगान मात्रै गरे प्रश्न गर्न कसैले आँट गरेन । प्रश्न गर्ने समाजको विकास नै भएन, देश पछि पर्नुको अर्को पाटो यो हो । त्यसैले यहाँ केही प्रश्नहरु उठाउने जमर्को गरिएको हो ।
२ शताव्दीबाट हैन । २ दशकबाट कुरा सुरु गरौं । नेपाल विकासका लागि ४० सुत्रिय माग लिएर गएको नेकपा माओवादीले नेपालमा शसस्त्र द्धन्दको सुरुवात गर्यो । मूख्यतया गरिब परिवारका युवाहरुलाई सबै कुरामा समानता हुन्छ भन्दै संघर्षमा होमाईयो । सुनौलो भविष्यको सपना साँच्नेहरुले साथ दिए । आफ्नो पढाई अधुरो छोडेर क्रान्ती अँगाले । अलि अलि हात पारेका शैक्षिक प्रमाणपत्रहरु आगोमा हाले । असहमती राख्नेहरुलाई दिनुसम्मको भौतिक तथा मानसिक यातना दिइयो । सक्नेसम्म यातना दिएपछि जिउँदै खाल्डामा पुरियो । तिनीहरुका बारेमा विद्धान महोदयहरुले किन कुनै शव्द उच्चारण गर्दैनन् ? वुझिनसक्नु छ । ४० बुँदेका मस्यौदाकार बाबुराम भट्टराई देशको कार्यकारी प्रमूखको पदमा आसिन रहेका बखत त्यही ४० बुँदेको औचित्यता प्रष्ट पार्न सकेनन् । तिनका बारेमा खै खबरदारी ? भक्ति थापा, बलभद्रले गरेको युद्धमा मानिसहरुलाई अत्याचार गरियो, माओवादीले सञ्चालन गरेको जनयुद्ध, मधेस आन्दोलन, अन्य विविध खाले आन्दोलनहरुमा चाँही गरिएन ? त्यस युद्धमा कसैले गाँउ छोडेन ? कोही बलात्कार भएन ? कसैले यातना खप्नु परेन ? युद्धको एउटा पक्षले मात्रै ज्यादती गर्यो ? अर्काले गरेन ?
भैरवनाथ गणका बारेमा लेख्न सक्नेले माडी घटना तथा रोल्पाका नारायण सुवेदीका बारेमा पनि वोल्नुपर्ने हो । वौद्धिकहरु मौन छन । आफ्नो मान्छे भए दुधले नुहाएको हुने र अर्काको मान्छे रक्सिले नुहाएको हुन्छ ?
यही २० वर्षे अवधीमा आफैंले बाँडेका सपना गलत थिए । नेपाल कसैका वाउको विर्ता होईन पहिचानका आधारमा भाग लगाउन । जनयुद्धमा कैयौं वर्ष विताएको एउटा तन्नेरीले केही समय अगाडी लेखेको आलेख हो यो । यस्ता हजारौं युवा जीविकाको खोजीमा खाडीमा रगत पसिना बगाउँदा छन् । इतिहास सराप्दैमा यो काम बन्द हुन्छ र ? अलि अलि कुरा विक्ने वौद्धिकहरु नेपालमा पहिचान सहितको संघियताका बारे लामा लामा आलेख लेख्छन ।
४५ जिल्लामा गरिएको तन्नेरी चासोको एउटा सर्वेक्षणले भन्छ ८० प्रतिशत जनसंख्याले राजनीतिज्ञका प्रतिवद्धतामा विश्वास गर्दैन । देशमा सवैभन्दा छिटो परिवर्तन गर्न सक्ने शक्तिका बारे जनताहरुमा अविश्वास वढ्दै जानुले देश कता जाला ? हामीले अहिले सोच्नुपर्ने विषय यो हैन ?
जिउँदै आँखामा तेजाव खन्याइएका व्यक्ति ज्युँदै छन । फरक विचार राख्नेमाथिको त्यो ज्यादतीका बारेमा कसैले चुँईक्क बोल्दैन । नेपालबाट सकिईसकेको राजतन्त्रका जूँगा उखेलेर वहादुरी प्रदर्शनी गर्दैमा हामीले खोजेको परिवर्तन हुन्छ ?
इतिहास जित्नेकै लेखिने हो । विभिन्न क्षेत्रमा हजारौलाई जितेर आएकै कारण उनिहरुका बोली विकेका हुन । श्रीलंकामा प्रभाकरणले जितेका भए उनका बारेमा पनि सबैले वोल्थे । हिटलरले जितेका भए उनका पनि गुणगान नै हुन्थ्यो । सद्धाम हुसेन, कर्णेल गद्धाफीको अवस्था पनि त्यही हो ।
हाम्रा अघिल्ला शासकहरु सबै भ्रष्ट थिए त ? सिमाविदहरुका अनुसार अहिले पनि भारतले धेरै ठाँउमा नेपालको सिमा मिचिरहेकै छ । इतिहास भन्छ जंगवहादुरले हालका केही जिल्ला तत्कालिन इष्ट इण्डिया कम्पनीबाट लिएका हुन् ।
कोदोसमेत आयात गर्नुपर्ने स्थितीमा पुग्यो मुलुक । कृषि काममा युवा आर्कषण गर्ने आलेख लेख्न कसैको जाँगर चल्दैन । सबै क्षेत्रमा विदेशीहरुको रामराज्य छ । १९९० को महाभुकम्पका बेला नेपालमा विदेशी सहयोग अस्विकार गर्ने आँट शासकहरुले गरेका थिए ।
शताब्दीऔं अगाडीका कुरा उधिन्न पर्दैन । शताब्दी नपुग्दै भएका कुराहरु भोग्ने मान्छे अझै बाँचेकै छन । सानोतिनो जीवीका गर्न जग्गा जमिन पाईने आशमा हजारौं सुकुम्बासी जनता जनयुद्धमा प्रयोग गरिए । राजा महेन्द्रले भूमिसुधार गरेर जग्गा खोस्नेहरु ज्युँदै छन । जग्गा पाएका पनि । थापाथलीको सुकुम्बासी बस्तिमा डोजर चल्दा भएको सुकुम्बासीको विजोग कति छिट्टै विर्सन्छन हाम्रा वौद्धिक वर्गहरु ।
तराईमा पूर्व पश्चिम राजमार्ग वन्यो । काठमाण्डौमा ट्रलिबस सेवा चल्यो । आजभन्दा ४ दशकअघि मुलुकमा निशुल्क शिक्षाको सुरुवात भयो । के विगत साँच्चीकै अन्धकार थियो र ?
जनताले गाँउ गाँउमा आफ्नो शासक छान्न नपाएको २ दशक पुरा हुन लाग्यो । गाँउमा जाने विकास विगतमा पञ्चहरु मिलेर खाएझैं अहिले गाँउमा भागवण्डा हुन्छ । के हामीलाई चाहिएको विकास यस्तै हो ?
१२ बुँदे सम्झौताको जगमा
नेपालमा राजतन्त्र अन्त्य भयो २०६२/६३ को जनआन्दोलनपछि । नेपालीलाई
वुझाइएको यही हो । त्यस सम्झौताका एक जानकार नारायणमान विजुक्छेले त्यसको ७
वर्षपछि एक टेलीभिजन अन्तर्वातामा भने नढाँटी भन्ने हो भने गणतन्त्र,
संघियता र धर्मनिरपेक्षता त्यस सम्झौताको मर्मबाट आएको हैन । टेलिभिजन
अन्तर्वाताको १ महिनापछि एक पत्रिकालाई अन्तवार्ता दिँदै उनले भने नेपालमा
परिवर्तनको असली अगुवा भन्ने नै कसैबाट निर्देशित छ ।
नारायणमान विजुक्छे सहि नै होलान, नत्र मुलुकको प्रमूख मुद्धा संघियताका बारेमा भएका छलफलमा आधाभन्दा धेरै सभासद मौन रहनु नपर्ने । भर्खरै संघियताबारे सभासदहरुले संविधानसभामा राखेको विचारका बारे प्रकाशित अध्ययन भन्छ संघियतालाई पेवा ठान्ने एकिकृत नेकपा माओवादीका सभासदले संघिय संरचनाअन्तर्गत प्रदेश संख्याका बारे कुनै विकल्प नै दिन सकेनन् । एकिकृत नेकपा माओवादी पार्टीको प्रतिनीधित्व गर्दै संविधानसभा छिरेका आधा सभासदले छलफलमा भागै लिएनन् ।
इतिहास सच्चिन । इतिहासबाट सिक्ने नै हो । इतिहासका बारेमा छलफल चलाउनै पर्छ । आग्रह पुर्वाग्रह नराखीकन छलफल चलाऔं । नत्र आवेगमा आएर पृथ्वीनारायणका शालिक फुटाउने र केही वर्षपछि यो त गलत भएछ भन्दै पुन ठड्याउने जस्तै केटाकेटी खेल दोहोरीइरहनेछ ।
apawad@hotmail.com
No comments:
Post a Comment