स्वदेशी लगानीमा बन्दै गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ७१ प्रतिशत काम पुरा भएको छ । आयोजनाका प्रवत्ता गणेश न्यौपानेले अवको २ वर्षभित्र पूर्ण क्षमताका साथ विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भईंरहेको वताए । उनका अनुसार मंसिर मसान्तसम्म आयोजनामा २० अर्व ६० करोड रुपैंया खर्च भएको छ । आयोजनाको कुल लागत ३५ अर्व २९ करोड रुपैंया हो ।
अहिले आयोजनाको सबै कामहरु अन्तिम अवस्थामा पुगिसकेको उनले जानकारी दिए । उनका अनुसार आयोजनाका लागि निर्माण गर्नुपर्ने १६ किलोमिटर सुरुङ्गमध्ये अव २ कि मि सुरुङ्ग खन्न बाँकी रहेको र उक्त काम आगामी १ वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ ।
आयोजनाको ड्यामसाईडको काम अन्तिम हुन लागेको न्यौपानेले जानकारी दिए । “ड्यामसाईडको काम ८५ प्रतिशत पुरा भईसकेको छ । अहिले नदिलाई देब्रेतिर फर्काएर काम भइरहेको छ”, न्यौपानेले भने ।
यसैगरी आयोजनाले भूमिगत विद्युत गृहको काम समेत सम्पन्न हुन लागेको जानकारी दिएको छ । प्रवक्ता न्यौपानेका अनुसार ६ वटा टर्वाइन जडान गर्नुपर्नेमा मंसिर मसान्तसम्म ४ वटा जडान भईसकेको र २ ओटामा काम भईरहेको छ ।
आयोजनाको चौथो लट अन्तर्गत गर्नुपर्ने ट्रान्समिसन लाईन निर्माणको काम समेत सुरु भईसकेको उनले जानकारी दिए । आयोजनाको विद्युत खिम्ती जलविद्युत आयोजनको ग्रिड लाईनमा लगेर जोड्नका लागि १ सय २७ ओटा टावर निर्माण गर्नुपर्नेमा अहिले २५ ओटामा काम भईरहेको छ ।
- तथ्याङ्क संकलनका लागि १५ दिनु पुन थप
No comments:
Post a Comment