सिंगटी नगएको नि धेरै भएछ । एउटा संस्थाले सञ्चालन गर्न लागेको तालिममा प्रशिक्षण दिन जानुपर्ने भयो । आयोजकले नै विहान ७ बजे बसमा टिकटको व्यवस्था गरिदिन्छौं भनेका थिए । साँढे ६ मा बजार निस्कँदा बजारका केही पसलहरु मात्रै खुल्न लागेका थिए । सातदोबाटो ट्राफिक बिट वरपर केही प्रहरीहरु उभिएका थिए । थापा असई शालिकनेर उभिएका थिए ।
‘सर गुड मर्नीङ । आजभोली चोकमा देखिनुहुन्न त ।’
‘मैले नि तपाँईलाई देखेको छैन । म यतै छु ।’
‘मेरो त ड्युटी नै यहीं । तपाँई चोकतिर आए न देखिन्छ ।’
‘तपाँईले भनेजत्ति त हैन । पछिल्लो समयमा अल्लि अरु काममै व्यस्त छु ।त्यही भ’र हो ।’
‘के छ अचेलको अभियान ?’
‘त्यस्तो छैन सर भए मेल गरिहाल्थ्यौं नी । जाडो बढेर होला मापसेका केही केस देखिन लागेका छन ।’
बाईक बत्तिएर आयो । हामी उभिए नजिकैबाट सिङ्गटीतिर लाग्यो । दोलखा भीमसेनको दर्शन गर्न हतारिएको होला ।

‘हावाभन्दा छिटो दौडिएर कहाँ पुग्ने होला । बाईकेहरुसँ नि नसकिने भो । सर चिया मगाँउ है । भुसुक्कै विर्सिएछु ।’
‘नखाँउ होला । कोठामा नै चिया खा’र निस्केको ।’
‘एक, दुई कप खाँदा के हुन्छ र जाँड जस्तै लाग्ने हैन पो ।’
‘चिया धेरै खानु पनि स्वास्थ्यका लागि राम्रो हैन नी ।’
‘विहे गरेको १ वर्ष नै भा छैन क्यारे । चिया नै खान छोड्नुभएछ । ल ल बधाई छ ।’
‘त्यत्ती धेरै चाँही नभनेकै भए हुन्थ्यो । ल है सर मेरो गाडी आईसकेछ । म लागें ।’
‘सिंगटी गएपछि माछा खान विर्सनुहोला नि । एक सिल बोकेर ल्याउनुहोला है ।’
चोकमा आईपुगेको गाडी विस्तारै अगाडी सर्यो । म गाडीतिर लम्किएँ । आयोजक संस्थाका विष्णु दाई बसमै रहेछन । मलाई भनेर टिकट काटेकै सिटमा ।
‘फोन गर्न ला’थें । आईपुगी हाल्नुभछ ।’
‘अल्लि अगाडी नै निस्क्या थें । त्यहीँ चोकमा कुरा गरेर बसिराथें ।’
‘ल सर तपाँईको सिट यहाँ हो । बस्नु न ।’
‘तपाँई पनि जाने हैन र ?’
‘म अरु काम नि मिलाउनु छ । काठमाण्डौबाट आएको बसमा आँउछु ।’
छेउमा एउटा केटो आएर बस्यो । मैलो मैलो ज्याकेट, सर्ट र जिन्स पाईन्ट । पैसावालाहरुले काटेर बनाउने जस्तै भएका थिए उसका लुगाहरु । कपाल मिलाइएको थिएन । सासमा चुरोटको गन्ध थियो । सायद चुरोटको अम्मली थियो ऊ । खुट्टामा चप्पल लगाएको थियो । उसका खुट्टा हेरेपछि मेरा जुत्ताभित्र रहेका खुट्टा सिरिङ्ग भए ।
‘दाई काँसम्म हो ।’ उसको प्रश्नले म झसङ्ग भएँ । बस दोलखा बजार पुगिसकेको रहेछ । ओर्लने थिएनन् । उक्लनेहरु तँछाड मछाड गर्दै थिए ।
‘सिंगटी ।’ मैले छोटो उत्तरमा कुरा सक्न खोजेँ ।
‘ए ए । दाईको घरै त्यतै हो ?’
मलाई झनक्क रिस उठ्यो । अनावश्यक कुरामा चासो राखेकोमा ।
‘हैन । अरु नै कामका लागि जान ला’को ।’
‘तपाँईलाई कतै भेटे जस्तो लाग्यो ।’
‘भेटियो होला कतै ।’
‘अँऽऽऽ मैले सम्झें । तपाँई ६५ सालतिर अयोग्य लडाकुहरु भेट्न लापिलाङ्ग आउनुभाको थ्यो है ।’
‘हो हो । म २ दिन लापिलाङ्ग नै बसेको थिएँ ।’
‘त्यत्तिखेर तपाँईले मसँग पनि भेट्नुभएको थियो ।’
‘ए हो र । तिम्रो नाम के रे ?’
मलाई त्यस दिनको घटना आँखा अगाडी नाँच्यो । यो त्यहि केटो थियो । जसले त्यत्तिखेर मसँग कुनै कुरा गर्नै मानेको थिएन । एकजना स्थानीय शिक्षकको सहयोगमा थोरै कुरा गरेको थियो । कुराकानीका क्रममा पटक पटक भनेको थ्यो । ‘जनवादी राज्यसत्ता स्थापना नगरी हाम्रो यात्रा रोकिँदैन ।’

‘दाईको घर काँ रे ?’ म झसङ्ग भएँ ।
‘मिर्गे ।’
बसले कुथलीखोला तर्नै लागेको थियो । के के सोचीएछ । बस हिँडेको पत्तै पाईएन । बसमा पशुपती शर्माको ढाड दुखेर मार्यो......... बजिरहेको थियो ।
‘क्या सहि गित ?’
अगाडीको सिटबाट लोग्नेमान्छेको आवाज सुनियो । स्वर अलि धोद्रो थियो । अनुमान गरें । गधापच्चिसी उमेरको हुनुपर्छ ।
म मौन थिएँ । उप्रति गरेको भर्खरैको व्यवहारले आफैंलाई नमज्जा लागिरहेको थियो ।
विर्सने बानीले मलाई डुबाउने भो ।’ मैले मनमनै भनें ।
‘बसमा गित फेरीयो । .....चोर विरालो पल्क्यो । तल्लोपट्टि सिटमा रहेका जोडी मज्जाले हाँसे ।
‘कस्तो खालको गित हो यो ?’ केटीले भनी ।
‘लोकगित क्या सानु ।’ केटाले लेग्रो पसारेर भन्यो ।
विचमा उभिएकी केटी छेउतिर हेरेर लजाई । सायद जोडीको वार्तालाप सुनेर होला ।
सुनखानीको कालीनाग मन्दिरमा अल्लि धेरै मान्छे ओर्लिए । बसभित्र अलिक खुकुलो भो ।
‘अनि दाई के गर्दैहुनुहुन्छ आजकाल ?‘
‘एन जि ओ मा काम गर्छु ।’
‘पत्रकारीता छोड्नुभयो ?’
‘त्यो नि गरिराछु ।’
मैले उसको अनुहार नियाँले । म प्रतिको भाव थाहा पाउन । उसको अनुहारमा कुनै नकरात्मक भाव फेला पार्न सकिन । आँत्तीएको मन ढुक्क भयो ।
‘अनि तिमी के गर्छौ ?’
‘म त गाडीलाईनमा काम गर्छु दाई ।’
‘ए कुन रुट हो ।’
‘पुरानो बसपार्क सल्लाघारी ।’
‘कति समय भो नि ?’
‘४ वर्ष पुग्न लाग्यो दाई । बेलैमा त्यता लाग्नुपर्ने रैछ । बुद्धि विग्रेर ।’
‘ठीकै छ नी । के विग्र्या छ र ।’
‘विग्रेछ नी दाई । देश र जनताका लागि भनेर लागियो । भरे चिल्लाराम । ज्यान हत्केलामा राखेर लडाँई गर्ने हामी । यत्ता न उत्ता भयौं ।’
‘ल त्यसो भनेर के हुन्थ्यो ? तिमीहरुले आन्दोलन गरेकै कारण त देशमा गणतन्त्र आयो । धर्मनिरपेक्षता भयो । संघियता हुने कुरा छ ।’
‘छोड्दीनु यस्ता कुरा । दाई आफैं जान्नुहुन्छ के सिकाउनु । परिवर्तनले आम मानिसको जीवनमा के फरक आयो र । गाँउमा सामन्तहरु हिजोभन्दा बलिया भा’ छन । खुलेका उद्योगधन्दा धमाधम बन्द भैरा’छन । गाँउका केटा सबै विदेश । देशको मुहार फेर्ने कुरा त गफै न रान । धन्न बाँचियो । मरेको भए सित्तै हुने रैछ ।’
‘हरेश खाएर के हुन्थ्यो भाई । विस्तारै हुन्छ नि परिवर्तन भन्ने कुरा ।’
‘नापियोऽऽऽ । कुनै दिन मैले पनि यस्तै कुरा गरेथें । अझ नेताका कुरा सुनेपछि लाग्थ्यो । सवै गरिबका चयनका दिन आए । यो ४ वर्षमा मैले बुझें दाई, गरिबी त नेताको भात खाने श्रोत रहेछ । मैले बन्दुक समातेर जंगल पस्दा शहर छिरेको साथीले काठमाण्डौमा घर बनाईसकेछ । उसलाई कामदार बनाउन हिँडेको म । अहिले उसैको कामदार भएँ ।’
उ निराश थियो । उत्साह भन्ने कतै थिएन । मैले सम्झाएँ । ‘भाई युद्धका कारण कत्तिको सर्वस्व गुमेको छ । किन पिर गर्छौ । तिम्रो त परिवार त होला नि ?’
‘परिवार मात्रै जोगिएको भए धेरै हुन्थ्यो । लापीलाङ्गमा भेट भा’ बेला तपाँईले सोध्दा भन्न मानिन । तपाँई हिँडेपछि लाग्यो । आफ्नो कुरा नभनेर मैले गल्ति गरें ।’
गरिब परिवारमा जन्मिएँ । सिंगटीका व्यापारीका लागि दोलखाबाट सामान ओसार्नुहुन्थ्यो बा । परिवारमा हामी ४ जना थियौं दिदी, म र बाआमा । परिबारको आम्दानीको श्रोत भनेको त्यही बाले कमाएको पैसा मात्र थियो । कहिलेकाँही हामी तामाकोशीमा माछा पनि माथ्र्यौ । दूःखजिलो गरेर परिवार चलेकै थियो । दिदी र म सिंगटीकै स्कुलमा पढ्थ्यौं । दिदी आठ कक्षामा पढ्दै थिई । माओवादीहरुले दिदीलाई कलाकार बनाउने भनेर फकाएर लगे । मलाई पनि जाऔं भन्थे । गईन । बाले सधैं भन्नुहून्थ्यो, धेरै पढेर ठूलो मान्छे हुनुपर्छ है । एसएलसीमा राम्रो अंक आएपछि पढ्नका लागि चरिकोट आएँ । क्याम्पसले शुल्कमा मिनाहा गरिदिने भयो । पढाई शुल्क कम भएपनि खान बस्न पैसाले धौ धौ थियो । बेलाबेलामा प्रहरीले तिमीहरुको ठाँउमा माओवादी आईरहन्छन रे । को को हुन चिनाईदिन जानुपर्छ भन्थे । मैले मानिन ।
एकदिन गाँउमा गएँ । बा बिरामी हुनुहुन्थ्यो । सेनाले गएर माओवादीका लागि बन्दोवस्तीका सामान ओसार्ने भन्दै कुटपिट गरेछन । नौला मान्छे देख्नेवित्तिकै तर्सिन लाग्नुभएको थियो । केही महिनापछि बुबाको मृत्यु भयो । बुबाको मृत्युपछि आमा विरामी पर्नुभयो । मलाई जरो आयो भन्नुहून्थ्यो । त्यहींको स्वास्थ्य संस्थामा लैजाँदा उनिहरु केही भएको छैन भन्थे । आमालाई रोगले च्याप्दै लग्यो । चरिकोट ल्याउन गोजीमा पैसा थिएन । त्यहीँ स्कुलमा पढाउने मास्टरकोमा पैसा लिन गएँ । १ हजार रुपैंया दियो । सानो कागजको चिर्कटोमा सहि गराएर ।
केही गाँउलेहरुसहित हामी आमालाई डोकोमा बोकेर चरिकोटतर्फ लाग्यौं । ‘म चरिकोट पुग्दिन बाबु । घरमै मर्न मन थ्यो दिएनौ ।’ पिखुतीमा आईपुग्दा आमाले भन्नुभएको थियो । हामी गाँउबाट ४ जना आएका थियौं । चारै जनाले पालैपालो बोक्दै चरिकोटतर्फ आयौं । नागदहमा हामीले डोको विसायौं । मसिनो दबेको स्वरमा आमाको आवाज सुनियो । ‘मलाई उकालो नचढाओ । किस्ने तैंले दुःख पाउने भईस । के गर्नु यस्तै लेखेको रैछ । बाबु हो यसलाई गरिखान सहयोग गर है । दिदीको पत्तो छैन । कसरी गरिखालास ।’ आमाले सबैका मुखमा हेर्नुभयो । मलाई अलि घुरेर हेरेको जस्तो लाग्यो । आँखामा आँशु छचल्किएका थिए । मैले आमाका आँखामा आँखा जुधाउन सकिन ।
‘कस्तो मुख सुक्यो पानी ल्याओ न ।’ म पानी लिन दगुरें । फर्कदा आमालाई अरुहरुले डोकाबाट निकालेर बाटोमा लमतन्न पारेर सुताएका रहेछन । ‘लु तेरै काखमा सास जान लेखेजस्तो छ । काखमा राखेर पानी ख्वा किस्ने ।’ पल्लापटीका काकाले भने । मैले उनले भनेजसै गरेर आमाका मुखमा पानी हालिदिएँ । आमाले आधा पानी निल्नुभयो । आधा बाँकी राखेर मेरो मुखमा हेनुभयो । होसमा आँउदा चिता जलिसक्न अलिकती मात्रै बाँकी थियो ।
‘म कमजोर भनेको दाई त लाष्टै कमजोर हुनुहँदो रैछ’, उसको कुराले म झसंग भए ।
‘भोग्ने मान्छे म त रो’को छैन दाई किन रुनुभा ?’ ला आँशु झरीसकेछ ! यताउता हेरें । नजिकैको सिटका यात्रुहरु मलाई नै क्वारक्वार हेरीरहेका थिए । गोजी छामें रुमाल रैनछ । झनक्क रिस उठ्यो । रीतालाई सम्झेर । आफैंप्रति दया जागेर आयो । हिंड्ने बेलामा रुमाल त हेर्नुपर्छ नि क्या हुस्सु म !
‘अँ, भन न, त्यसपछि के भयो ।’
‘आमा वितेपछि मलाई घर फर्कन मन लागेन ।’
‘म घर जान्न तपाँईहरु फर्कनुस ।’
‘के भन्छ यो केटो घर नगर हुन्छ । अव आमाको काजक्रिया गर्नुपर्छ ।’
‘म जान्न, मलाई कर नगर्नुस । म हिँडेकै ठाँउमा काजक्रिया गरौंला । तपाँईहरुको यो गुण पछि केही गरेर तिरौंला ।’
‘के को गुण तिर्ने कुरा गरेको । छिमेकीको कर्तव्य हो नि । तेरो बाउ गाँउमा कोही विरामी पर्दा ज्यान दिन्थ्यो । आमा उस्तै फरासिली थि । के गर्नु दैव लागेपछि क्यै लाग्दो र छ र !’ पल्लापट्टी काकाले लामो सुस्केरा हाले ।
‘ल रात पर्न लाग्यो । कुनै सामान नि लिएको छैन । कपाल काट्नुपर्ने । कोरा बस्नुपर्ने । जाऔं जाऔं । घाम डुब्न एक जुवा मात्रै बाँकी छ’, माथ्लाघरे बडाउले भने ।
‘म जान्न होऽऽऽ । मलाई कर नगर्नु न । म एतै उँधो लाग्छु’, म रुन लागें ।
‘अहिलेको समय यस्तै हो कान्छा । केटाहरुले हामीले भनेको के मान्थे । हाम्रा पालामा बाउआमाको क्रिया गर्न विदेशबाट आँउथे । अहिलेका घरैमा भएका नि बाहिर जान्छु भन्छन । अहिलेका नयाँ मान्छेको लाईनमा हिड्न लागेजस्तो छ केटाले । अस्ति पल्ला गाँउमा पनि काजक्रिया गर्न हुँदैन भनेर रोक्दै थे रे । उनिहरु त मानेनछन्’, काकाको आवाज सुनियो ।
‘ल ल तपाँईहरु अवेर नगर्नु । काकाको त भैसी पनि एकहाते छ क्यारे ।’
‘लु तँ अव नजाने भईस हामी हिँड्यौ ।’
तामाकोसी नदि देखियो । बस स्याउली बजार आईसकेको रहेछ ।
‘लु तँ अव नजाने भईस हामी हिँड्यौ ।’
तामाकोसी नदि देखियो । बस स्याउली बजार आईसकेको रहेछ ।
‘दाई तपाँईको टिकट दिनु त ।’ मैले मेरो टिकट देखाँए । उसले टिकट काटेको रैनछ । भाईको पैसा पनि म तिर्छु है । ‘हुँदैन दाई । म मेरो भाडा आफैं तिरीहाल्छु नी !’ उसले गोजीबाट निकालेर ५ सयको नोट कन्डक्टरलाई दियो । ‘अहिले मसँग खुजुरा पुगेन पछि दिन्छु है फिर्ता ।’
‘त्यस दिन म फुपुकोमा जाँदै थिएँ गैरीमुदी । नाम्दुको डाँडामा पुगेपछि माओवादीहरुसँग भेट भयो । उनिहरुपनि गैरीमुदी तर्फ जाँदै थिए । बाटामा उनिहरुले गरिब मुक्तिका अनेकन कुरा गरे । रुस, चिन र क्युवामा भएको क्रान्तिका कुरा गरें । फुपुको घर नपुग्दै मैले निधो गरें । म माओवादी बन्छु ।’
गुमुखोला नजिकै बस बेस्कन ढल्कीयो । बसभित्र भएका सबैजना चनाखो भए । छतमा चढेका १ २ जनाले हाम फाल्न नि भ्याएछन । खेतमा ल्याएको पानी सडकमा लागेर बस भासिएको रहेछ । बसमा रहेका धेरैजना बाहिर निस्किए । उसँगै म पनि निस्किएँ । भित्री गोजीबाट निकालेर उसले चुरोट सल्कायो ।
‘दाई नि लिनुहुन्छ कि ?’
‘यो सेवा हालसम्म सुचारु गरिएको छैन धन्यवाद ।’
हामी २ खित्का छोडेर हास्यौ । छेउकाहरुले मुस्कुराएर साथ दिए ।
‘कति समय लाग्छ दाई बस बन्न ?’ छेउमा उभिएको यात्रुले खलाँसीलाई सोध्यो
‘के भन्न सकिन्छ र आधा एक घण्टामा बन्छ होला ।’ खलाँसीले जवाफ फर्कायो ।
‘म हिँडेरै जान्छु । १५ मिनेटमा त पुगिहालिन्छ’, उसले चुरोट भुँईमा फालेर खुट्टाले किच्यो ।
‘तिम्रो घर सिंगटी हैन र ?’
‘त्यहाँको जग्गा बेचेर यहाँ नजिक घर बनाएको छु । जाँउ मेरो घर ।’
‘म अहिले जान्न । पछि आँउला नी ।’
‘ल म दिउँसो सिंगटी आँउछु । बेलुका मेरोमा बसेर भोली विहान चरिकोट फर्कनुपर्छ है ।’
‘हेरौं के हुन्छ । मिल्यो भने बसौंला नि ।’
‘म त लागें ।’
बस हिँडेपछी छेउको सिटमा बस्नेले भन्यो । ‘कृष्ण र तपाँई नाता नाता हो ?’
‘हैन’, मैले छोटो उत्तर फर्काएँ ।
‘माओवादीमा लागेर केहीले त ज्यान बनाए । उसले सर्वस्व गुमायो’, उसको स्वरमा दिग्दारी थियो । ‘कर्मै खोटो र’छ केटाको’, उसले थप्यो ।
मैले नजिकै बगिरहेको तामाकोसी हेरीरहें । गाडी सिंगटीतर्फ बढिरह्यो । एक्कासी ब्रेक लाग्यो । गाडीमा गीत फेरीइसकेछ ।
रिवन छोटो छ, रै’छु अभागी कर्मै खोटो छ ............।
apawad@hotmail.com
No comments:
Post a Comment