प्रमूख,बिबिसि नेपाली सेवा
पत्रकारिताको बारेमा मैले जे जति अध्ययन गरें र जे जति तालिमहरु लिएँ, त्यसलाई हेर्दाखेरी मलाई बढ्दो रुपमा के महसुस भैराखेको छ भने पत्रकारिताको मुल धर्म भनेको तपाईँले प्राज्ञलाई सोध्नोस अथवा पत्रकारिता अभ्यास गरिरहेको व्यक्तिलाई सोध्नोस उसले के भन्छन भने मुल धर्म भनेको पव्लिक सर्भिस (जनहित) हो । त्यसै गरि राजनीतिको पनि मुल धर्म जनहित नै हो ।
यहाँ राजनीतिलाई प्रतिनीधित्व गर्ने तीन जना भुतपुर्व प्रधानमन्त्री (शेरबहादुर देउवा, झलनाथ खनाल र पुष्पकमल दाहाल) हुनुहुन्छ र देशमा पत्रकारितालाई प्रतिनीधित्व गर्ने दुई सय पचास भन्दा बढि प्रतिनीधिहरु उपस्थित हुनुहुन्छ । यो बेलामा पत्रकारिताको हकमा भन्नुपर्ने कुरा के हो भने पत्रकारिताको मुल धर्म जनहितको धर्मचाँही नेपालमा मात्र हैन संसारभरी नै जुन किसिमबाट परम्परागत रुपमा हामीले पत्रकारिता गर्दै आएका छौ त्यसबाट पूर्ण नभएको देखिन्छ अर्थात पत्रकारिताको जुन शक्ति छ त्यो पूर्ण रुपमा प्रयोग नभएको देखिन्छ । त्यो भनेको के हो भने हामीले उहाँ (राजनीतिक नेता)हरुले बोलेको भाषण आज दोलखा आएर बोल्नु भो, भोलि स्याङ्जा गएर बोल्नुहोला, पर्सी नेपालगंज गएर बोल्नुहोला । हरेक दिन त्यही कुरा बोल्नु हुन्छ । त्यही कुरा हामी रिसाइकल गरेर फ्रन्ट पेजमा छापिराख्छौँ र प्रमुख समाचार बनाइरहन्छौ । अनि देशमा विपद आयो, मृत्यु भयो, हत्या भयो, हिंसा भयो भने बिबिसी होस, सीएनएन होस, अल्जरजिरा होस, नेपालका प्रमुख समाचार संस्थाहरु होस या सामुदायिक रेडियो होस हामी सबैले त्यसलाई प्रसार गर्छौँ । त्यति प्रसार गर्दागर्दै समाजको तल्लो तहमा अरु धेरै राम्रा कामहरु भैराखेका छन भन्ने कुरा हामी विर्सन्छौ ।
समाजको सकारात्मक रुपान्तरणको लागि सामुदायिक रेडियोहरुले खास गरी ति अलिकति तल्लो तहमा फसेको र हत्पति मानिसहरुको आँखामा नपर्ने, राजनीतिको मुलधारमा नपर्ने विषयहरुलाई प्रमुखताका साथ उठाउन नितान्त जरुरी छ जस्तो मलाई लाग्छ । किनभने पत्रकारीताबाट जुन हामीले जनहितको परिकल्पना गरेका छौ । त्यसमा बास्तबमा भन्ने हो भने राजनीतिज्ञहरुसँग भएको भन्दा बढि शक्ति हुन्छ । सीआइएन रेडियोबाट हरेक दिन जति लाख स्रोताकहाँ तपाईँहरु पुग्नुहुन्छ, त्यति क्षमता हाम्रा भुतपूर्व प्रधानमन्त्रीहरुको पनि छैन । उहाँहरुले केही हजारलाई सम्बोधन गर्नुहोला त्यो पनि हामीले समाचार नदियो भने पुग्नुहुन्न । त्यसो हुनाले त्यो शक्तिलाई हामीले अलिकति सामाजिक रुपान्तरणको लागि प्रयोग गर्न असाध्यै जरुरी छ । त्यो नगरेर हामी कैयौँ पत्रकार राजनीतिका झोला बोक्छौँ ।
हो आस्थाहरु हुन्छन तर समाचार कक्षमा पस्नु अगाडि त्यो राजनीतिक आस्थाको झोलालाई ढोकाबाहिर राखेर भित्र पसेर सक्दो विवेकले भ्याएसम्म वस्तुनिष्ठ ढङ्गबाट समाचार सम्प्रेषण गरेर घर फर्कने बेलामा फेरि राजनीतिको आस्थाको झोला बोकेर फर्कौँ केही पनि फरक पर्दैन । त्यो राजनीतिको आस्थाको झोला हामीले समाचार शाखा भित्रै लग्यौँ भने देखि चाहीँ हामीले यो देश विगारे भनेर राजनीतिज्ञहरुलाई गाली गर्नु बेकार हुन्छ । किनभने हामी हाम्रो काम नै इमानदारीपुर्वक गरिराखेका हुँदैनौ ।

त्यसो हुनाले हाम्रो इमानदारी पहिला बहन गरौ अनि उहाँहरु पट्टि फर्केर हामी भन्न सक्छौ । के भन्न सक्छौ भने; कर्णाली अंचलमा एक जना आमाले आफ्नो सानो दुई वर्षको बच्चालाई तीन चार दिन सम्म केहीपनि खुवाउन नसकेपछि दुध पनि नआएपछि त्यो आमा छट्पटिएर बच्चालाई अंगालोमा बाँधेर कर्णालीमा गएर हाम्फालेर मर्दा या काठमाण्डौंको टिचिङ हस्पिटलको घटना; एकजना आमाले दुईजना छोरीको उपचार गर्न ल्याईन् र लेरआएको पैसा पनि सबै सकियो । खाने पैसा पनि सकियो । बस्ने पैसा पनि सकियो । उपचार भएन । त्यसपछि उनले मागेर एउटा पसलमा गएर विष किनिन् । ती दुईजना बच्चालाई पनि खुवाइन अनि आफूले पनि त्यही विष खाएर मरिन । र त्यसरी विष खाएर एक जना आमा मर्दै गर्दा हाम्रा नेताहरु उपचार गर्न सिंगापुर, ईटली, जापान र बेलायत जान्छन भने प्रश्न उठाउने अधिकार हामीलाई छ ।
नेताज्यू तपाईँहरुले राती सुत्ने बेलामा एकचोटी आफूलाई सोध्नोस् मैले कति इमानदारीपुर्वक काम गरें ? मैले आफ्नो इमानदारी बहन गरें की गरिन भनेर तपाईँहरुले आफ्नो आत्मालोचना र आत्मासमिक्षा गर्न जरुरी छ ।
नेताज्यू तपाईँहरुले राती सुत्ने बेलामा एकचोटी आफूलाई सोध्नोस् मैले कति इमानदारीपुर्वक काम गरें ? मैले आफ्नो इमानदारी बहन गरें की गरिन भनेर तपाईँहरुले आफ्नो आत्मालोचना र आत्मासमिक्षा गर्न जरुरी छ ।
दश वर्षमा सामुदायिक रेडियोले यति प्रगति गर्न सक्छ । एकजना उत्तम संजेलले दश वर्षमा ३५ हजार विद्यार्थिलाई रु १०० मा पढाउन सक्छन् । एसएलसीमा ५०० भन्दा बढि विद्यार्थीले परिक्षा दिँदा डिस्टिन्सन र फस्ट डिभिजनमा सबैलाई पास गराउन सक्छन् । तपाईँहरुले ५० वर्ष राजनीति गर्दा पनि यो देशलाई साच्चिकै रुपान्तरण गर्न सक्नुभएन र यति स्रोत र साधन सम्पन्न देशलाई तपाईँहरुले रुपान्तरणको दिशामा अगाडि बढाउन सक्नुभएन भने एकले अर्कालाई गालि गर्नु बेकारको कुरा हो । समस्टिगत रुपमा यसलाई राजनीतिक नेतृत्व विफल भएको मानिन्छ ।
जो सफल नेतृत्व छ । जो सफल नेता छ । त्यो सामाजिक नेता हुन सक्छ । त्यो राजनीतिक नेता हुन सक्छ । ती नेताहरुले जहिले पनि आफ्नै जीवनकालमा परिवर्तन गर्छन् र त्यो परिवर्तन हेरेर सन्तुष्टिका साथ मर्छन् । जसले मैले त गर्नै खोजेको हुँ यो कारणले गर्न सकिन ऊ कारणले गर्न सकिन भन्छन । अरुलाई दोष दिन्छन् । ती विफल हुन । ती राजनीतिक रुपमा पनि । सामाजिक रुपमा पनि । आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने व्यक्तिहरु विफल हुन । विफलताको भारी पछि आउने पुस्तालाई जो बोकाउन चाहन्छन् । ती झनै विफल हुन । जसले आगामी पुस्ताले, छोरा छोरीले परिवर्तन गर्छन भन्छन । तिनीहरुलाई पाप लाग्छ । किन भन्देखिन आफैले बोक्न नसकेको गह्रौ भारी आफू भन्दा पछिको पुस्तालाई बोकाउनु भनेको पाप हो । त्यसै भएर अब तपाईँ नेताहरुलाई धेरै वर्ष छैन । आठ दश वर्ष हो । यो आठ दश वर्षमा तपाईँहरुले यो देशलाई संविधान दिन सक्नुभएन र प्रगतिको दिशामा हिडाँउन सक्नुभएन भने साच्चिकै पाप लाग्छ । नेताहरुलाई त्यो सम्झिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
हामी सबैलाई सदबुद्धि मिलोस । राजनीतिक नेतृत्वलाई पनि । हामी पत्रकारहरुलाई पनि । यो देश साँच्चिकै हाम्रै जीवनकालमा रुपान्तरण भएको हेर्न पाइयोस् ।

पत्रकार मिश्रले दोलखा सदरमुकाम चरिकोटमा २०७१ भदौ १८ गते सामुदायिक रेडियो प्रशारक संघ (एकोर्याब)को १० ओँ वार्षिक साधारण सभा एवं राष्ट्रिय सम्मेलनमा व्यक्त्त गर्नुभएको विचारको सम्पादित अंश ।
No comments:
Post a Comment