अपडेट: चालक प्रहरी नियन्त्रणमा
बसका चालक ईन्द्र बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखा भीमेश्वर नगरपालिका ७ का खड्काबारे अनुसन्धानपछि मात्र बस दुर्घटनाको कारण खुल्ने प्रहरीले जानकारी दिएको छ ।
दोलखाको मिर्गे गाविसमा जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाईते भएका छन ।

रामेछापको बेताली गाविस ५ का कृष्ण बहादुर योगीको जन्ती लिएर मिर्गे गाविसको जैनालु आएको बस विवाह सकेपछि फर्कने क्रममा सोही स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १७ जना घाईते भएको र १ को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
हिजो साँझ मिर्गे जन्ती लिएर आएको बस विवाह सकेर फर्कने क्रममा आज विहान ११ वजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा दैलेख जिल्ला घर भई दोलखाको मेलुङ्गस्थित मामाघरमा बस्दै आएकी ४ वर्षिय वालिका कृति खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमूख अजय केसीले जानकारी दिए ।
बा २ ख ६५७९ नं. को बस सडकवाट पल्टिएर दुर्घटनामा परेको हो । घटनाको पूर्ण विवरण आईनसकेको केसीले जानकारी दिए । घटनामा बेहुला कृष्ण बहादुर योगी तथा बेहुली देवी योगीको अवस्था सामान्य रहेको छ ।
No comments:
Post a Comment