२०४९ सालमा भएको स्थानिय निकाय निर्वाचनमा गाविस अध्यक्ष चुनिएका उनको
परिवारमा अहिले उनी र श्रीमती मात्रै छन्। छोरीहरु विवाह गरेर गए। एउटा
छोरो कामको खोजीमा भारत पसेको थियो। उतै घरजम गरेर बस्यो। ‘नातीहरु यहाँ
आउँदिन भन्छन्। भएको सम्पत्ती नै कसले स्याहार्ला भन्ने पिर भो।'
ठकुरीजस्तै पशुपति नेपालीले पनि यहि अभियानका क्रममा शौचालय निर्माण
गरिन्। शौचालय निर्माणका लागि गौरिशंकर संंरक्षण क्षेत्रले प्यान पाईप र
सिमेन्ट सहयोग गरेको थियो। सहयोग पाएर पनि शौचालय निर्माण गर्न १६ हजार
रुपैंया खर्च भएको उनले जानकारी दिईन्।
यहि चैत्र २४ गते दोलखा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र गाविस घोषणा
गर्नका लागि जिल्लास्तरिय खानेपानी तथा सरसफाई समन्वय समिति दोलखाले अभियान
सञ्चालन गरेपछि गाँउ गाँउमा अभियान सञ्चालन भईरहेको छ। ओराङ गाविसमा पनि
अभियान सञ्चालन भैसकेपछि ३ सय ८० घरमा शौचालय पूर्ननिमार्ण वा निर्माण
गरिएको गाविसका सामाजिक परिचालक उमेश शिवाकोटीले जानकारी दिए। गाविसमा
रहेको तथ्याङ्कका अनुसार गाविसमा जम्माा ४ सय ८८ परिवारको बसोबास छ।
गाविसका सबै घरमा शौचालय निर्माण गर्नका लागि गाँउका सामाजिक अगुवा,
शिक्षक, विद्यार्थी, राजनैतिक दल सबैले अभियानमा साथ दिएका छन्। स्थानिय
अगुवा लाल बहादुर खत्रीका अनुसार गाँउमा पहिला पनि ईको हिमाल नामक संस्थाले
धेरै घरमा शौचालय निर्माण गरिदिएको थियो। ‘त्यसबेला कमैले मात्र शौचालय
उपयोगमा ल्याए। धेरैले सामान राख्नका लागि पनि प्रयोग गरेका थिए', उनले
भने। ‘अहिले सञ्चालन गरेको अभियानले भने शौचालय प्रयोग गर्नुपर्ने कुरा पनि
सिकाएको छ।'
गाँउमा शौचालय निर्माण अभियानका क्रममा अभियन्ताहरुले धेरै सकस व्यहोरेका
छन्। ‘गाँउमा रहेको सामुदायिक वनको सदस्यता खारेज गरिदिने, वृद्धभत्ता
रोक्ने लगायतका दवाव पनि दिईयो', गाविस कार्यालयका प्राविधिक सहायक दिपक
ठकुरीले भने।
गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि गएको मंसिर महिनाबाट
अभियान सञ्चालन गरिएको थियो। अभियानका क्रममा डिभिजन खानेपानी तथा सरसफाई
कार्यालय, गौरिशंकर संरक्षण क्षेत्र लगायतले विपन्न वर्गका लागि निर्माण
सामाग्री उपलब्ध गराएर सहयोग गरेका गाविस सचिव रेखा कार्कीले जानकारी दिईन।
उनका अनुसार अभियानका क्रममा धेरै घरमा सौचालय निर्माण भएपनि सौचालयका
लागि पानीको व्यवस्थापन गर्न समस्या रहेको छ।
No comments:
Post a Comment