माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा भएको मजदुर हड्ताल १३ दिनपछि फिर्ता
भएको छ। आन्दोलनरत श्रमिकहरुका मागका बारेमा उच्चस्तरीय कार्यदल बनाउने
सहमतिपछि मजदुरहरु हड्ताल फिर्ता लिएर काममा फर्केका छन्।
आयोजनाको ठेकेदार चिनियाँ कम्पनी सिनो हाईड्रो अन्तर्गतको नेपाल बिजुली
पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक)ले प्रति मजदुर ५ सय
कित्ता बराबरको शेयर खरिद सुनिश्चितताको माग गर्दै आन्दोलन गरिरहेको थियो।
![]() |
सम्झौता पत्र |
सहमतिपश्चात मजदुरहरु काममा फर्केको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले
बताए। उनका अनुसार गोगरमा कार्यरत २ सय ५० मजदुरमध्ये अधिकांश काममा
फर्किएका छन् । लामाबगरमा कार्यरत सम्पूर्ण चिनियाँ कामदार पनि काममा
फर्किसकेका छन् । नेपाली कामदारहरु भने काममा फर्किरहेको उनले बताए।
‘मजदुरहरु काममा फर्किरहेका छन्। केही दिनमा नै सबै मजदुरहरु काममा
फर्कीसक्छन’, न्यौपानेले भने।
No comments:
Post a Comment