• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

काठका टुक्रा र सिरिञ्ज नलिले बन्यो डोजर !

शुशाङ्क कार्की भर्खर १३ वर्षका भए। २०५९ साल असार महिनामा जन्मिएका उनी चरिकोटको एक विद्यालयमा ८ कक्षामा पढ्दैछन्। उनको यो उमेर खेलौनासँगै वित्ने उमेर हो। खेलौनासँगै वित्ने उमेरमा उनले डोजरको निर्माण गरिसकेका छन्। प्रयोग भईसकेका सिरिञ्ज, टिनका पाता, काठ र सलाईनको पाईपको प्रयोग गरेर बनाएको उनको डोजरले माटो खन्ने लगायतका निर्माणसम्बन्धी काम गर्छ।

चरिकोटमा आफूले बनाएको डोजर प्रस्तुत गर्दै उनले भने, “यसमा ६ ओटा सिरिञ्जका बोत्तल, ३ टुक्रा स्लाईनको पाईप अनि केहि काठ र टुक्रा प्रयोग गरिएको छ”, डोजरसँगै उनले ड्रिल मेसिन समेत प्रस्तुत गरे। यसमा सियो, मोटर र काठको टुक्रा प्रयोग गरिएको छ।


ईन्टरनेटमा हाईड्रोलिक प्रविधिबारे कुनै भिडियो हेरेपछि उनलाई डोजर बनाउने योजना फुरेको थियो। २ दिन सामान जुटाउन र २ हप्ता निर्माणका लागि लागेको उनले बताए। “यो डोजर निर्माण सम्बन्धी  काममा प्रयोग गर्न सकिन्छ”, उनले भने।

विज्ञानमा अत्यन्तै रुचि राख्ने कार्कीले यसअघि पानीजहाज र हेलिकोप्टर निर्माण गरिसकेको बताए। विज्ञान प्रविधिमा छोराको अत्यन्तै रुचि रहेको कार्कीका बाबु श्रीबाबु कार्कीले बताए। “नयाँ नयाँ कुराहरु सोचिरहन्छ। त्यसकै बारेमा धेरै समय घोत्लिएर बस्छ। पढाईमा हानी गर्ला भनेर धेरैपटक त सामाग्रीहरु नै लुकाईदिएको पनि छु”, कार्की भन्छन्।

विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्ने धोको कार्कीको छ। “कार निर्माण गर्ने लक्ष्य छ”, कार्कीले भने।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना