जिल्लाको शैलुङ्गेश्वर गाविस वडा नं १ कि प्रजिना बुढाथोकीलाई हिरासतमा
राखेकोमा नेकपा एमाले दोलखाले पत्रकार सम्मेलन गरि गम्भीर ध्यानाकर्षण भएको
भन्दै प्रेस विज्ञप्ति जारी गरेपछि उक्त तथ्य खुलासा भएको हो।
२०६० सालमा कक्षा ८ मा पढ्दापढ्दै प्रजिना माओवादी युद्वमा सामेल भएकि
थिईन। द्वन्द्वकै समयमा उनको तत्कालिन नेकपा माओवादी दोलखाका अध्यक्ष
रेशमराज स्वराज रिमालसँग विवाह गरेको बुढाथोकीका बाबु भरबहादुर बुढाथोकीले
जानकारी दिए। रिमाल हाल नेकपा मालेका पोलिटव्युरो सदस्य हुन्।
सम्मेलनमा दिइएको जानकारीअनुसार बुढाथोकीकी १ छोरीसमेत रहेकी छिन्। उनी
स्थानीय १ विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दैछिन्। हालसम्म विवाह दर्ता
नभएका कारण उनले आफ्नो विवाह दर्ता र छोरीको जन्मदर्ताका लागि २०७२ चैतको
पहिलो हप्ता जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिईन्। उक्त
निवेदनउपर कारबाही गर्न बुढाथोकी र प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीबीच
फोनमा विवाद भएको र उक्त विषयलाई लिएर बुढाथोकीलाई हिरासतमा राखिने कार्य
गैरन्यायिक भएको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको
छ।
नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले प्रजिअ शाहीको कदमले राणाकालिन शैलीको झझल्को मिलेको बताए।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बुढाथोकीलाई सार्वजनिक मुद्दा चलाई
हिरासतमा राखिएको स्वीकार गरे। ‘विना कुनै प्रमाण नागरिकता बनाउन खोजेका
कारण उनीविरुद्ध कारवाही अगाडि बढाईएको हो,’ शाहीले भने। शाहीका अनुसार
उनलाई हिरासतमुक्त गर्ने पहल भईरहेको छ।
अधिकारकर्मीहरुले यस कार्यको विरोध गरेका छन्। अधिकारकर्मी सिर्जना
कार्कीले प्रजिअको कदमले पीडितलाई थप पीडा पुगेको बताईन्। ‘कार्यालयमा लामो
समय काम नहुँदा सेवाग्राहीले आवेशमा बोलेको विषयलाई लिएर मुद्दा नै दर्ता
गर्नु हुने थिएन’, उनले भनिन्।
No comments:
Post a Comment