रवि लामिछानेलाई मुद्धा चलाउनु अघिल्लो दिनको कुरा हो २०७६ भाद्र ७ गते वेलुका ५ वजेतिरको । रवि लामिछाने हिरासतमा छन् । हिरासतमा रहेका रवि लामिछानेको बचाउमा भएको प्रदर्शन युट्युबबाट लाईभ छ । २ हजार ७ सय बढि मानिसहरु प्रत्यक्ष हेरिरहेका छन् । यहि समयमा अलजजिरा टिभिको प्रत्यक्ष प्रसारण हेर्नेको संख्या भने २ हजार ५ सय मात्रै छ ।
रविलाई भेटेर पत्रकार टेकनारायण भट्टराइले कुराकानी भएको अडियो समावेश युट्युब सुन्दै थिएँ । अडियो समावेश भिडियोमा रविले प्रहरीलाई विश्वास गर्दैनन् । आफूलाई प्रहरीले दुख दिएको र सिध्याउन खोजेको आरोप छ रविको । रवि मात्रै हैन समग्र जनताले पनि प्रहरीलाई विश्वास गर्दैनन् । समस्या यहि हो । यसैका बारेमा म आफ्नो भोगाइ राख्न गइरहेको छु । प्रहरीले सामान्यजनलाई कस्तो व्यवहार गर्ला भन्ने लाग्छ । अलिकति कुरा गर्न सक्नेलाई त प्रहरी ढाँट्छ । अरुलाई सुन्छ ?
आफ्नो परिचय खुलाएर लेख्दा सजिलै विषय बुझाउन सकिएला । पत्रकारितामा १० वर्ष वढि विताएको । नेपाली भाषा राम्रोसँग बोल्न लेख्न सक्ने । जातिय संरचनामा सबैभन्दा माथिल्लो तहको पहाडे ब्राह्मण ।
यत्ति परिचय भएपछि धेरैलाई लाग्छ यो मान्छेलाई राज्यले गन्छ । यो लाग्नुमा केहि सत्यता होला नै । राज्य चलाउनेहरु यहि वर्गका छन् । यहि भाषा बोल्छन । त्यसमा पनि पत्रकार भएपछि त !
वास्तविकतामा भने आकाश जमिनको अन्तर छ । एउटा ठगिको घटना भएपछि म जिल्ला प्रशासन कार्यालयमा निवेदन वोकेर गएँ । प्रशासनले प्रहरी कार्यालयमा पठाइदियो । प्रहरी कार्यालयले त्यसलाई दर्ता गर्यो । यसरी दर्ता गरेपछि मलाई लाग्यो । प्रहरीले कारवाही प्रकृया अगाडि बढाउँछ । दिन वित्यो । हप्ता वित्यो । प्रहरी कार्यालयबाट कुनै सुचना आएन ।
प्रहरी कार्यालयले दर्ता गरेको नम्बर देखिने गरेर निवेदनको तस्विर खिचेको थिएँ । प्रहरीमा गएर सोधखोज गर्दा कुन निवेदन हो भनेर भन्यो । मैले प्रिन्ट गरेर लगेको कागज देखाएँ । त्यसपछि प्रहरी मैमाथि खनियो र सोध्न लाग्यो यो कागज तपाँइलाई कस्ले दियो ? अनुसन्धान शाखामा काम गर्ने प्रहरी सहायक निरिक्षकले मसँग यस्तरी व्यवहार गरे कि म एकदमै कुख्यात अपराधी हुँ । मैले भने यो दर्ता नम्बर खुलेको कागज मसँग हुनु अपराध हो भने मलाई कारबाही गरे भैगो नि । म प्रहरी निरिक्षकको कोठामा थिएँ । उनिसँग पहिलेकै चिनजान नभएको भए मैमाथि पो कारबाही हुन्थ्यो कि !
त्यसपछि म प्रहरी कार्यालय गइँन । प्रहरीले काम गर्छ भन्ने नै लाग्न छोड्यो । घटना एउटा इन्ष्टिच्युट हस्तान्तरणका बारेमा थियो । यो मुद्धा अदालतले टुङ्गो लगाइसकेको छ । अदालतका बारेमा अर्कै खण्डमा लेखम्ला ।
पछि यहि मुद्धा नगरपालिकाको कार्यालयमा पुग्यो । इन्ष्टिच्युटमा रहेका सामाग्री कस्ले लैजाने भन्नेमा घरधनीले निवेदन दिएका रहेछन् । मैले नगरपालिकाको कार्यालयलाई प्रहरीमा निवेदन रहेको कुरा बताइसकेको हुनाले नगरपालिकाले प्रहरीमा पत्राचार गर्यो । प्रहरीले त्यस्तो कुनै पनि निवेदन नपरेको जानकारी दियो । भीमेश्वर नगरपालिकामा त्यस्तो पत्र परेको थाहा पाएपछि मैले आफुसँग दर्ता नम्बर भएको निवेदनको फोटोकपी कार्यालयमा दिएँ । नगरपालिकाले उक्त पत्रसमेत समावेश गरेर पुन प्रहरीलाई पत्राचार गर्यो । प्रहरी कार्यालयले पुन चिठी लेख्यो । निवेदनसम्म दर्ता भएको हो । यसमा कुनै कारवाही अगाडी बढेको छैन ।
चिठी हेरेपछि मलाइ लाग्यो कुनै पनि नागरिक ठगिएँ भनेर प्रहरीमा जाँदा प्रहरीले गर्ने व्यवहार यस्तै हो त ? यसले प्रहरीले अगाडि सारेको प्रहरी मेरो साथी, समुदायमा प्रहरी लगायतका नारामा आम मानिसले विश्वास मान्न सक्छन् त ? यो प्रहरी नेतृत्वले गम्भिर भएर मनन गर्नैपर्ने विषय हो ।
अन्तमा, भुकम्पको राहत वितरणमा दोलखा आएका एकजनाले प्रश्न गरे यहाँ प्रहरीले जनताको काम गर्छ । मैले उनलाई आफ्नै भोगाइमा आधारित जवाफ दिएँ प्रहरीले आम मान्छेको हैन कि केहि कुलिनवर्गको काम गर्छ । पछि थाहा भो उनि प्रहरी उच्च अधिकृतका आफन्त रहेछन् । उनले ति अधिकृतलाई मेरो जवाफ सुनाए होलान ?
सुनेकै भए ति प्रहरीले के सोचे होलान् ?
No comments:
Post a Comment