• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

१९१० को ऐनः विवाहबारेका प्रावधान

एलएलबि तेश्रो वर्षको Internship का लागि मैले विवाहका कानुनी प्रावधानका बारेमा विषय छनौट गरेका थिएँ । यसै क्रममा पहिलो ऐनले विवाहका बारेमा के के व्यवस्था गरेको छ भनेर यहाँ प्रावधानहरु राखेको छु। केहि केहि प्रावधान आजकाल हामीलाई अचम्म लाग्ने छन् । तर एउटा समयमा त्यो कानुन थियो । 

मुलुकी ऐन १९१० बिहावारीको महल 

१. आफ्ना हाड नातामा करणि गर्‍याका कुराके पुस्ता गंनुपर्दा एकापट्टिबाट ऐनले षत बात लाग्न्या पुस्ता नाघ्यो एकापट्टिबाट नाघेनभन्या कम् भयापट्टिका पुस्ताको हिसाव नगर्नु नाघ्यापट्टिका पुस्ताको हिसाब् गरि कुरो छिंनु षत लाग्दैन.

२. मूल पुस्तादेषि ७ पुस्तासम्म सापिंड्या रहंछ ७ पुस्तादेखि उँभो सापिड्यानिवृत्ति हुंछ पुस्ता गंनु पर्दा जाहादेषि पुस्ता काटि आयाको छ आफ्ना जियदेषि मुल पुरुषसम्म गनि पुस्ता मिलाउनु.

३. १२ माथिका मामा कि छोरि दाल भात मिल्दामा कन्या मनोमानसंग ल्यायो भन्या दिक्षा मन्त्र दि तिन्को भात खान हुंछ विहाइता वमोजिम अंस लाग्छ


४. मामा कि छोरि जात मिल्दा कि विधवा ल्यायो भन्या षत वात लाग्दैन. सधवा भए साधुको षुसि.

५. शास्त्रमा लेष्याको हुनाले चार वर्ण छत्तिस जातले साली र जेठि सासु विहा गर्न हुंछ पातक लाग्दैन. राजाको षत वात लाग्दैन.

६. तागाधारी गैह्र जातका छोरी विहा गर्दा ५ वर्ष मनिका कन्या कसैले विहा गर्न हुँदैन तिन्मा पनि ३० मैन्हा नपुग्याका कन्या विहा गरि दिन्याको अइन बमोजिम्को अंस सर्वस्व गरि दसौदलि उपर तेसै कन्यालाइ दाइजो दि छाडि दिनु । जानी जानी ३० मैन्हा मनिका कन्या मागि विहा गर्न्यामा दुलहापट्टिको मुष्य अषत्यार रहेछ भन्या र उस्को आफै जानका र दुलहि रहेछ र आफै अषत्यार भै विहा गर्‍याको रहेछ भन्या उसै दुलहाको अंस सर्वस्व गरि लि छाडि दिनु दुलहि विहा गर्न्या कि हुंछे ३० मैन्हा नपुग्याका कन्यालाइ ३० मैन्हा नाघ्याकि हो भनि झुक्याइ विहा गरि दियाको रहेछ भन्या विहा गर्न्या दुलहा पट्टिका मूख्य अषत्यार भै विहा गराउन्याको र मूष्य अष्त्यार भै विहा गर्न्या दुलहाको सर्वस्व नगर्नु २० रुपैया दंड गर्नु ३० महिन्या नपुग्याका कंन्या विहा गराउन्या पुरोहितलाइ १० रुपैया दंड गर्नु.रुपैंया नतिर्‍या अइनबमोजिम कैद गर्नु. 

७. तागाधारी जातका ३० मैन्हा नाघ्याका ५ वर्ष मनिका कन्या विहा गरि दिन्यालाइ २० रुपैंया दंड गर्नु ५ वर्ष नाघ्याकी हो भनि ढाँटि दियाको रहेछ भन्या दुलहा पट्टिकोलाइ दंड पर्दैन ५ वर्ष मनिका कन्या जानिजानि विहा गर्‍याको रहेछ भन्या दुलहा पट्टिका मोष्य अषत्यारको र आफु अषत्यार भै विहा गर्‍या दुलहालाई २० रुपैंया दंड गर्नु ५ वर्ष नाघ्याका कन्या विहा गरि दिन्या र विहा गर्न्या दुवैलाइ षतवात लाग्दैन.

८. तागाधारि जात र नमासिन्या मतुवाली जातका विधवा दिदि वैन्हि छोरि वुहारि नातिनि भांजि गैह्रलाइ विधवाका राजिषुसिसित माइति नातादारले आफु भंदा ठुला जात र आफु मिल्दा जात्का कैलाई दिया भन्या म फलानासित जांछु भन्या ११ वर्ष नाघ्याका विधवा अर्कालाइ सौपन्यालाइ षत वात लाग्दैन. विधवाले म आफ्ना षसम्का सत्यामा बस्छु अर्कासित जांन भंदा भंदै कर लगाइ अर्कालाइ सौम्प्या छन् लोग्न्याले लैजान नपाउदै विधवा कराउन आइ भन्या. दिन्या तागाधारि जात भया १०० रुपैया नमासिन्या मतवालि जात भया ५० रुपैया दंड गर्नु मासिन्या मतुवालिलाई १५ पानि नचलन्या छोइ छिटो हालनु नपर्न्या जातकालाइ १० छोइ छिटो हाल्नु पर्न्या जातलाइ ८ रुपैया दण्ड गर्नु. माइति नातादारले दि लै जान्याबाट षतवात लाग्दैन. त्यो स्वास्नी तेस्‌सित वस्या पनि नवस्या पनि स्वास्नीको षुस एस्ता स्वास्नि अर्कासित जांन भंन्या विधवालाइ अर्कालाइ सौपी करणि चुकाइ दियेछ भन्या तेस्को अइन वमेजिम्को अंस सर्वस्व गरि तेसै स्वास्नीलाइ दिलाइ भरायाका धनको दसौद लि विधवा सौपन्यालाइ १ वर्ष कैद गर्नु. म्यादको डवल् दिया लि छाडि दिनु.

९. उपाध्या व्राम्हणले भात मिल्दा छोरि दिदा भात मिल्दा कुटुँवलाइ दि विहा गर्नु आफु भंदा कमि भात नमिल्‌न्या जातकालाइ षुसि राजिले छोरि दिन्याको अइन वमोजिमको अंस सर्वस्व गरि अधि तेसै छोरिलाइ दिलाइ आधि इटाचपलि पुर्‍याइ दिनु आफु भात नचल्न्या कम जात भै उपाध्याका छोरि विहा गर्न्यालाइ अपाध्याका कंन्याको करणि गर्न्याका अइन बमोजिम् सजाय गरि लोग्न्या स्वास्नि छुट्याइ दिनु जार हांन पाउदैन. हान्या सर्वस्व गरि दामल गर्नु स्वास्नी जौना जातकाले विहा गर्‍याको हो उसै जातकि हुंछे.

१०. चार वर्ण छतिसै जात कसैले केटि मागी विहा समेत् भै सकिया पछि केटो नपुँसक लिंग हिन भयाको कोही रहेछ र स्वास्नि हाडनाता बाहेक जात मिलदामा भातमा नपारि अर्कासित पोइल गै भन्या.  ब्राह्मण जातका व्राह्मणसित गया षत लाग्दैन. जार काटन्या जातका जार काटन पाउँदैनन्. जार नकाटन्या जातका लाइ दंड जरिवाना पनि हुदैन. मासिन्षा जात मासन पनि हुदैन. कसैले जार काट्यो भन्या ब्राम्हणले भया अइन बमोजिम् अंस सर्वस्व गरि दामल गर्नु अरु जातको ज्यानको वदला ज्यान काटि मारि दिनु.

११. चार वर्ण छतिसै जातका १४ वर्षदेषि माथितिरका छोरि भतिजी बैन्हि नातिनि भांजी पाल्याका कन्यालाइ कुटुँवले मागी कन्याले नमानि जनै सुपारी दि सक्यापछि र मतुवाली र मासिन्या जातका छांग्रारीत षुवाया पछि त्यो कन्याले तेस दुलहासंग मलाइ विहा गरि नदेउ म जांन भनि भन्या जनै सुपारी भयाको छ छांग्रारीत षुवायाको छ भनि कर लाग्दैन. कन्याको षुसि जात मिल्दा कुटुँवमा कन्याले ठहरायाका ठाउ विहा गरि दिनु । 

१२. चार वर्ण छतिसै जात्का कन्याका बाबु आमा दाज्यू भाइ कसैले नदिकन यो कन्या मलाइ दियाको छ भनि कसैले अदालत ठाना अमाल्‌मा फरेव गरि कराउन आयो बुझ्दा बाबु आमा दाज्यू भाइ कसैले रीत पुर्‍याइकन भयो मुषले मात्र भनि भयो केटि दियाको ठहरेन एस्ता नदियाका कुरामा फरेव गर्न आयाको झुट्टो ठहर्‍यो भन्या तेस्ता फरेवि तागाधारि जातको भया १०० रुपैया नमासिन्या जार हान्या मतुवाली जातको भया ५० रुपैया नमासिन्या जार नहान्या मतुवाली जातको भया १० रुपैया मासिन्या जार हान्या जातको भया १० मासिन्या जार नहान्या जातको भया ५ रुपैया पानी नचलन्या छिटो हाल्नु नपर्न्या जात भया २॥ छिटो हाल्नु पर्न्या जात भया १॥ रुपैया दंड गर्नु. रुपैया नतिर्‍या अइन बमोजिम् कैद गर्नु. 

१३. चार वर्ण छतिसै जात्का विहा गर्न भनि केटि माग्दा मुषले मात्र दिञा भन्याको रहेछ जनै सुपारि साहिपाटा छांग्रा आफ्ना जातको रीत दस्तुर भै सकियाको रहेनछ फलानाले दिया कि केटि आज दिंन भंछ भनि कोहि कराउन आयो भन्या रीत नपुर्‍याइ मुषले मात्र दियाको हो भंन आउन्याको कुरो अदालत ठाना अमालबाट नसुँनु रीत नपुर्‍याइ मुषले मात्र दिउला भन्याका कुराले केटाको कर लाग्दैन बाबु आमाले केटि अन्यत्र दिया पनि षत वात लाग्दैन. अदालत अमालबाट रीत नपुग्याकी के केटि त पाउदैनस भनि जवाफ दिया पछि दंगा गर्‍यो र फिराद पर्‍यो भन्या दंगा गर्न्या तागाधारि जात र नमासिन्या मतुवाली जातलाइ २० रुपैया मासिन्या जात पानि नचलन्या जात छिटो हालनु पर्न्या जातलाइ १० रुपैया दंड गर्नु. रुपैया नतिर्‍या अइन बमोजिम् कैद गर्नु. 

१४. जनै सुपारि गर्‍या कि केटिले विहा गरेन भन्या ५० रुपैया दंड गर्नु. त्यो केटि बाबु आमाले जात मिल्दामा फेरि विहा गरि दिनु. महारोग भया कि आषा फुट्याकि फुक्रौनि निस्क्याकि लाटी छार्‍या रोग भया कि हिजडा रहिछ हात षुट्टा भांचियाकि रहिछ भिरंगि भयाकि रहिछ र पछि केटाले थाहा पाइ विहा गर्दिन भन्या विहा गर्नाकन केटालाइ कर लाग्दैन. आफ्नु पर्‍याको दस्तु छांग्या चार दाम फिर्ता गरि कन्या छाडन पाउछ. केटालाइ कर लाग्दैन. षत पनि लाग्दैन.

१५. कसैले विहा गर्न भनि कसैका छोरि मागि जनैसुपारि आफ्ना जातको रीत दस्तुर गरि सक्या पछि केटा तर्फ हवस वा. कन्या तर्फ हवस् वा केहि अटकाउ भै विहा हुन नपाइ रहन गयो वा. केटालाइ राजकाजमा टाढा जानु पर्दा रहयाको बाहेक कन्या विहा गर्न आउ भनि माइतिले भंदा वर्ष दिन भित्रमा आइ विहा गर्न आयेन भन्या र आफ्ना काजले देस पर्देस टाढा गै वर्ष दिन भित्रमा आइ विहा गर्न आएन भन्या. आफ्ना काजले देस पर्देस टाढा गै वर्ष दिन भित्रमा आई विहा गरेन भन्या त्यो केटि बाबु आमा माइतिहरुले जसलाइ दिन मन पर्छ दिनु. वर्ष दिन नाघ्यापछि त्यो केटि मलाइ दियाको हो भनि झगरा गर्न आउन्यालाइ १० रुपैंया दंड गर्नु. एस्तामा जार काट्या ज्यानको बदला ज्यान जांछ.

१६. आफ्ना विवाहिता स्वास्नि अर्कालाइ दि अर्काका विवाहित स्वास्नि साटासाट गर्न्याले आफु मिल्दा जात रहेछ भन्या र. अरुलाइ भात्मा बोर्‍याको रहेनछ भन्या षत लाग्दैन. जार काट्न पाउदैन जार काट्या ज्यानको बदला ज्यान जांछ. एस्ता नामर्दका हातको भात चल्दैन. भताहाले भात नषानु. तगाधारि जात लगायेत् पानि चलन्यासम्मका जातले आफु भंदा घटि बढि जात्मा स्वास्नि साटासाट गर्‍को भया दुवैको अइन बमोजिम्को अंस सर्वस्व गरि भात वाहेक गरि छाडि दिनु.

१७. उपाध्या व्राह्मण जैसि बाहुन् रजपुत तगाधारि क्षत्रि जात नमासिन्या मतुवाली जात मासिन्या मतुवाली जात पानी नचल्न्या जात छोया छिटो हाल्नु पर्न्या जात गैह्र चार वर्ण छतिसै जातले आफ्नि आमाका एका बाबुबाट जन्म्याका मामा सानि ठुली आमाका छोरि विहा गर्न्यालाइ षतवात लाग्दैन. विहा गर्न्याका हातको भात षान्नौ भन्या जात मिल्दा भताहालाइ अडा अदालत अमालबाट १० रुपैंया दंड गरि तेसेका हातको भात षुवाइ छाडि दिनु. जात मिल्दो नभया विहा गर्न हुंछ भात षानाको कर लाग्दैन.

१८. अघि पिता पुर्षादेषि फुपुका छोरि विहा गर्न्या रीत चलि आयाका जातले आफ्ना एका वाज्याबाट जन्म्याका फुपुका छोरि विहा गर्न हुंछ षत लाग्दैन। परापूर्व देषि नचल्याका जातले विहा गर्‍या अइनवमोजिम सजाय गर्नु.

१९. केटाको जात सानु छ जात ढाटि ठुला जातका केटि मागि जनै सुपारी भयाको भया पनि केटिका बाबुले तेरो जात सानु रहेछ. केटि दिंन भन्या. षत वात लाग्दैन. केटाले जवरजस्ति गरि विहा गर्न षोजन्यालाइ २० रुपैया दंड गर्नु. कन्या बाबु आमाले षुस् पर्‍याका ठाउ विहा गरि दिनु.

२०. तगाधारि जातका कसैले जानि जानि आफु भंदा घटि पानी चलन्या जातका छोरि विहा गरि केटिका हातको आफुले भात षाइ भताहालाइ समेत भातमा वोरेछ भन्या १०० रुपैया दंड गरि तेसै कोटिका माइतिका जातमा मिलाइ दिनु. आफुले भन्या षायेछ अरुलाइ वोर्‍याको रहेनछ भन्या दंड हुदैन. उसै जात्मा मात्रै मिलाइ दिनु रुपैया नतिर्‍या अइनवमोजिम कैद गर्नु प्रायश्चित माग्या जानि जानि षान्याले भातको पतिया पाउदैन.

२१. नमासिन्या मतुवालि जातले आफु भंदा घटि भात नचलन्या जातका छोरी विहा गरि केटिका हातको भात षाइ भताहालाइ समेत वोर्‍यो भन्या. ४० रुपैया दंड गरि तेसै कैटिका माइतिका जात्मा मिलाइदिनु. आफुले भन्या षायेछ. अरुलाइ वोर्‍याको रहेनछ भन्या दंड हुदैन. उसै जातमा मिल्छ. रुपैया नतिर्‍या अइनबमोजिम कैद गर्नु.

२२. मासिन्या जातले आफु भंदा घटि भात नचलन्या जातका छोरि विहा गरि केटिका हातको भात षाइ भताहालाइ समेत वोर्‍यो भन्या १० रुपैया दंड गरि तै केटिका माइतिका जातमा मिलाइ दिनु. आफुले भात षाइ अरुलाइ वोर्याको रहेनछ भन्या दंड हुदैन उसै जातमा मात्रै मिल्छ.

२३. पानि नचलन्या र छोइ छीटो हालनु पर्न्या जातले आफु भैदा घटि भात नचलन्या जातका छोरि विहा गरि केटिका हातको भात षाइ भताहालाइ समेत वोरेछ भन्या ५ रुपैया दण्ड गरि तेसै केटिका माइतिका जातमा मिलाइ दिनु. भात षाइ अरुलाइ वोर्‍याको नभया दंड हुदैन. उसै जातमा मात्रै मिल्छ.

२४. कन्याको जात सानु छ झुकिकन जात बरोबरैको भनि ठानि निजले नै सुपारि गरि सक्या पछि सानु जात रहेछ भनि थाहा पायो र. केटि विहा गर्दिन भन्यो भन्या र झुक्कि जनै सुपारि भयाको रहेछ भन्या पनि केटालाइ विहा गर्नाको कर लाग्दैन. छोरि बाबु आमाले जात मिल्दा अर्कैलाइ दि विहा गरि दिन हुंछ. विहा गरि सक्याको भया स्वास्नि छाडन पाउदैन. भात षानाको कर लाग्दैन. विहा भै भात पनि षायेछ पछि थाहा पायो र भोरमा पर्‍या अव तेस्‌का हातको भात षांन भनि पतिया माग्यो भन्या प्रायश्चित दिनु.

२५. कसैले आफुलाइ विहा गर्न भनि. कसैका छोरि माग्यो छोरीका बाबु आमाले हवस् दाज्यू भाइ ज्येठा कांछा बाबुले हवस्. छोरि दियेछन् केटाले रुपैया समेत राषि पिछा पर्‍याको रहेछ भन्या. त्यो कन्या विहा गर्न पाउछ

२६. आफुले जन्मायाका छोराका साछ्यात ज्येठि सासु र सालि ल्याउन्या विहा गर्न्यालाई षत लाग्दैन.

२७. उपाध्या लगायेत रजपुत जैसि तागाधारि क्षतृ नमासिन्या मासिन्या मतुवालि जात पानि नचलन्या जात र छिटो हालनु पर्न्या जात गैह्रका लोगन्या मानिस् हवस् वा. स्वास्नि मानिस् हवस्. कसैले भात नमिलन्या कम जातका कन्या विधवा स्वास्निलाइ तिम्रा जात मिल्दो हो भनि ढाटि उपाध्या ब्राह्मणलाइ विहा गरि गराइ दि हवस् वा अरु विहोराले जात ढाटि दि दिलाइ तेसै स्वास्निवाट उपाध्याका भातमा वोरेछ भन्या रजपुत जैसिका छोरि दि भात्मा वोराउन्यालाइ २०० तागाधारि क्षतृजातका छोरि दि भात्मा वोराउन्यालाइ २१० नमासिन्या मतुवालि जातका छोरि दि भात्मा वोराउन्यालाइ २२० मासिन्या मतुवालि जातका छोरि दि भातमा वोराउन्यालाइ २३० रुपैया दंड गर्नु रुपैया नतिर्‍या अइनवमोजिम कैद गर्नु.  विहा गरि गराइ मात्र दियेछ. भात्मा वोरायाको रहेनछ भन्या जात ढाटि विहा गरिया वापत जौना जातका छोरि दि दिलाइ ढाटि विहा गरायाको छ. एसै अइनको आधि आधिका दर्ले दंड गर्नु. भात नमिल्दा कमि जातका छोरि दि दिलाइ भातमा वोराया पछि कन्याका हात्को र कन्याका हात्को षान्याकाहात्को जानि जानि भात षाइ पतिया गर्नु पर्न्या जातले पतिया नगरि आफ्ना हातबाट अरु भताहालाइ वोरेछ भन्या लोग्न्या मानिस भया अइनबमोजिम सर्वस्व गरि स्वास्नि मानिस भया सर्वस्व नगरि उसै जात्मा मिलाइ छाडि दिनु. आफुले भात षायेछ भताहालाइ वोर्‍याको रहेनछ भन्या सर्वस्व नगरि एसै अइनवमोजिम दंड गरि उसै जात्मा मिलाइ छाडि दिनु. भोरमा परि भात षान्या दुलहा र भताहा समेत्‌लाइ भोरको पतिया गराइ दिनु. विहाको विधि पुगि सक्याको हुनाले स्वास्नि छाडछु भनि छाडन पाउदैन. भात नषाइ राषनु.

२८. उपाध्या लगायेत रजपुत जैसि तागाधारि क्षतृ नमासिन्या. मासिन्या मतुवालि जात पानि चलन्या जात र छिटो हालनु पर्न्या जात गैह्रका लोग्न्या स्वास्नी मानिस कसैले भात नमिल्न्या कम जातका कन्या विधवा स्वास्निलाइ तिम्रा जात भात मिल्दो हो भनि रजपुत जैसि जातलाइ विहा गरि गराइ दि हवस वा. हरु विहोराले जात ढाटि दि दिलाइ तेसै स्वास्निवाट भात्मा वोरायाको रहेछ भन्या रजपुतका छोरि जैसिलाइ जैसिका छोरि रजपुतलाइ दि भात्मा वोराउन्यालाइ ६०।६० रुपैया. तागाधारि क्षतृ जातका छोरि दि रजपुत जैसिका भात्मा वोराउन्यालाइ २१० मासिन्या मतुवाली जातका छोरि दि भात्मा वोराउन्यालाइ २२० रुपैया दंड गर्नु. रुपैया नतिर्‍या अइनवमोजिम कैद गर्नु. विहा गरि गराइमात्र दियेछ भात्मा वोरायाको रहेनछ भन्या जात ढाटि विहा गराया वावत जौना जातका छोरि दि दिलाइ ढाटि विहा गरायाको छ एसै अइनको आधि आधिका दर्ले दंड गर्नु. भातमा नमिल्न्या कमि जातका छोरि दि दिलाइ भात्मा वोराया पछि कन्याका हातको र कन्याका हात्को षान्याका हात्को जानि जानि भात षाइ पतिया गर्नु पर्न्या जातले पतिया नगरि आफ्ना हातबाट भताहालाइ वोरेछ भन्या लोग्न्या मानिस भया अइनवमोजिम सर्वस्व गरि. स्वास्नि मानिस भया सर्वस्व नगरि उसै जात्मा मिलाइ छाडि दिनु. आफुले मात्र षायेछ अरु भताहालाइ वोर्‍याको रहेनछ भन्या सर्वस्व नगरि एसै अइनबमोजिम दंड गरि उसै जात्मा मिलाइ छाडि दिनु. भोरमा परि विहा गर्न्या र. भात्मा पर्न्यालाइ भोरको पतिया गराइ दिनु. विहाको विधि पुगी सक्याकी हुनाले स्वास्नि छाड्छु भनि छाड्न पाउदैन. भात नषाइ राषनु.

२९. उपाध्या लगायेत रजपुत जैसि तागाधारि क्षतृ नमासिन्या मासिन्या मतुवालि जात पानि चलन्या जात र छिटो हालनु. पर्न्या जात गैह्रका लोग्न्या स्वास्नी मानिस कसैले भात नमिल्न्या कम जातका कन्या विधवा स्वास्निलाइ तिम्रा जात भात मिल्दो हो भनि तागाधारि क्षतृजातलाइ विहा गरि गराइ वा. अरु विहोराले जात ढाटि दि दिलाइ तेसै स्वास्निवाट तागाधारि क्षतृ जातका भातमा वोरायेछ भन्या नमासिन्या मतुवाली जातका छोरि दि भात्मा वोराउन्यालाइ २१० रुपैया मासिन्या मतुवाली जातका छोरि दि भात्मा वोराउन्यालाइ २१० रुपैया दंड गर्नु. रुपैया नतिर्‍या अइनवमोजिम कैद गर्नु. विहा गरि गराइमात्र दियेछ भात्मा वोरायाको रहेनछ भन्या जात ढाटि विहा गराया वावत्. जौना जातका छोरि दि दिलाइ विहा गरायाको छ एसै अइनको आधि आधिका दर्ले दंड गर्नु. भातमा नमिल्न्या कमि जातका छोरि दि दिलाइ भात्मा वोराया पछि कन्याका हात्को र कन्याका हात्को षान्याका हात्को जानि जानि भात षाइ पतिया गर्नु पर्न्या जातले पतिया नगरि आफ्ना हातबाट भताहालाइ वोरेछ भन्या. लोग्न्या मानिस भया अइन बमोजिम्. सर्वस्व गरि स्वास्नि मानिस भया सर्वस्व नगरि उसै जात्मा मिलाइ छाडि दिनु. आफुले मात्र षायेछ भताहालाइ वोर्‍याको रहेनछ भन्या सर्वस्व नगरि एसै अइनबमोजिम दंड गरि उसै जात्मा मिलाइ छाडि दिनु. भोरमा परि विहा गर्न्या र भात्मा पर्न्याहरुलाइ भोरको पतिया गराइ दिनु. विहाको विधि पुगी सक्याकी हुनाले स्वास्नि छाड्छु भनि छाड्न पाउदैन. भात नषाइ राषनु.

३०. उपाध्या लगायेत रजपुत जैसि तागाधारि क्षतृ नमासिन्या मासिन्या मतुवालि जात पानि चलन्या जात र छिटो हालनु पर्न्या जात गैह्रका लोग्न्या स्वास्नी मानिस कसैले भात नमिल्न्या कम जातका कन्या विधवा स्वास्निलाइ तिम्रा जात भात मिल्दो हो भनि नमासिन्या मतुवालि जातलाइ विहा गरि गराइ दि हवस् वा. अरु विहोराले जात ढाटि दि दिलाइ. तेसै स्वास्निवाट भातमा वोरायेछ भन्या मासिन्या मतुवाली जातका छोरि दि दिलाइ भात्मा वोराउन्यालाइ २०० रुपैया दंड गर्नु. रुपैया नतिर्‍या अइनवमोजिम कैद गर्नु. विहा गरि गराइमात्र दियेछ भात्मा वोरायाको रहेनछ भन्या. जात ढाटि विहा गराया वावत् एसै आधिका दर्ले दंड गर्नु. भातमा नमिल्न्या कमि जातका छोरि दि दिलाइ भात्मा वोराया पछि कन्याका हात्को र कन्याका हात्को षान्याका हात्को जानि जानि भात षाइ पतिया गर्नु पर्न्या जातले पतिया नगरि आफ्ना हातबाट भताहालाइ वोरेछ भन्या. लोग्न्या मानिस भया अइन बमोजिम् सर्वस्व गरि स्वास्नि मानिस भया सर्वस्व नगरि उसै जात्मा मिलाइ छाडि दिनु. आफुले मात्र षायेछ भताहालाइ वोर्‍याको रहेनछ भन्या. सर्वस्व नगरि एसै अइनबमोजिम दंड गरि उसै जात्मा मिलाइ छाडि दिनु. भोरमा परि विहा गर्न्या र. भात्मा पर्न्याहरुलाइ भोरको पतिया गराइ दिनु. विहाको विधि पुगी सक्याकी हुनाले स्वास्नि छाड्छु भनि छाड्न पाउदैन. भात नषाइ राषनु.

३१. तागाधारि जात र नमासिन्या मासिन्या मतुवालि जात पानि नचलन्या जात र छिटो हालनु पर्न्या जात गैह्रका लोग्न्या स्वास्नी मानिस कसैले भात नमिल्न्या आफु आफुमा घटि बढि जातका कन्या विधवा भात मिल्दो हो जात ढाटि विहा गरि गराइ वा. अरु विहोराले दि दिलाइ भातमा वोराइ दियो भनि कोहि कराउन आयो भन्या श्री प्राइम मिनिष्टर र अदालतका हाकिमले तजवीज गरि दंड सजाय गर्नु.

३२. तागाधारि लगायेत चार वर्ण छतिसै जातका लोग्न्या स्वास्नि मानिस कसैले उपाध्या व्राम्हणका भात मिल्दा कंन्या विधवा भात नमिल्न्या कम जातका लोग्न्या मानिस्‌लाइ विहा गरि गराइ जात ढाटि दियेछ भन्या कन्याको जात जान्या हुनाले कन्याका माइति र उन्का भताहालाइ भातमा स्मेत वोरायेछ भन्या जैसि रजपुत तागाधारि क्षतृ जात दिन्यालाइ ६ वर्ष नमासिन्या मतुवालि जातलाइ दिन्यालाइ १२ वर्ष कैद गर्नु। विहा गरि गराइ वा अरु विहोराले दि दिलाइ भातमा वोरायाको रहेनछ भन्या एसै अइनको आधि आधिका दरले कैद गर्नु. म्यादको डबल् दिया लि छाड्नु. अर्काले जात मिल्दो हो भनि ढाटि दिदा थाहा नपाइ विहा गर्न्या केटालाइ वात लाग्दैन. केटि विहा गर्न्या कि हुन्छे.

३३. तागाधारि लगायेत चारवर्ण छतिसै जातका लोग्न्या स्वास्नि मानिस कसैले रजपुत जैसिका भात मिल्दा कंन्या विधवा भात नमिल्न्या कम जातका लोग्न्या मानिस्‌लाइ विहा गरि गराइ जात ढाटि दियेछ भन्या कन्याको जात जान्या हुनाले कन्याका माइति र उन्का भताहालाइ भातमा स्मेत वोरायेछ भन्या रजपुत जातका छोरि जैसिलाइ जैसि जातका छोरि रजपुतलाइ दिन्यालाइ १॥. १॥ वर्ष तगाधारि क्षतृ जातलाइ दिन्यालाइ ६ वर्ष नमासिन्या मतुवालि जातलाइ दिन्यालाइ ९ वर्ष मासिन्या मतुवालि जातलाइ दिन्यालाइ १२ वर्ष कैद गर्नु विहा गरि गराइ वा अरु विहोराले दि दिलाइ भातमा वोरायाको रहेनछ भन्या एसै अइनको आधि आधिका दरले कैद गर्नु. म्यादको डबल् दिया लिनु. अर्काले जात मिल्दो हो भनि ढाटि दिदा थाहा नपाइ विहा गर्न्या केटालाइ वात लाग्दैन. केटि विहा गर्न्या कि हुंछे.

३४. तागाधारि लगायेत चारवर्ण छतिसै जातका लोग्न्या स्वास्नि मानिस कसैले तागाधारि क्षतृ जातकाका भात मिल्न्या कंन्या विधवा भात नमिल्न्या कम जातका लोग्न्या मानिस्‌लाइ विहा गरि गराइ जात ढाटि दियेछ भन्या कन्याको जात जान्या हुनाले कन्याका माइति र उन्का भताहालाइ भातमा समेत वोरायेछ भन्या. नमासिन्या मतुवाली जातलाइ दिन्यालाइ ९ वर्ष मासिन्या मतुवालि जातलाइ दिन्यालाइ १२ वर्ष कैद गर्नु. विहा गरि गराइ वा. अरु विहोराले दि दिलाइ भातमा वोरायाको रहेनछ भन्या एसै अइनको आधि आधिका दरले कैद गर्नु. म्यादको डबल् दिया लिनु. अर्काले जात मिल्दो हो भनि ढाटि दिदा थाहा नपाइ विहा गर्न्या केटालाइ वात लाग्दैन. केटि विहा गर्न्या कि हुंछे.

३५. तागाधारि लगायेत चारवर्ण छतिसै जातका लोग्न्या स्वास्नि मानिस कसैले नमासिन्या मतुवाली जातकाका भात मिल्दा कंन्या विधवा भात नमिल्न्या कम जातका लोग्न्या मानिस्‌लाइ विहा गरि गराइ जात ढाटि दियेछ भन्या. कन्याको जात जान्या हुनाले कन्याका माइति र उन्का भताहालाइ भातमा समेत वोरायेछ भन्या. मासिन्या मतुवाली जातलाइ दिन्यालाइ ३ वर्ष कैद गर्नु. विहा गरि गराइ वा. अरु विहोराले दि दिलाइ भातमा वोरायाको रहेनछ भन्या. एसै अइनको आधि आधिका दरले कैद गर्नु. म्यादको डबल् दिया लिनु. अर्काले जात मिल्दो हो भनि ढाटि दिदा थाहा नपाइ विहा गर्न्या केटालाइ वात लाग्दैन. केटि विहा गर्न्या कि हुंछे.

३६. तागाधारि जातका छोरि नमासिन्या मतुवाली जात नेवार जात मासिन्या मतुवालि जातले जात ढाटि कन्या विहा गरेछ भन्या. तेस्को अइनबमोजिमको अंस सर्वस्व गरि दामल गर्नु जात ढाटि आउन्यालाइ थाहा नपाइ छोरि दियाकामा षत लाग्दैन तागाधारि जातले जनै नलाउन्या मतुवालि जातलाइ घटि जात हो भनि जानि जानि बाबु आमाले दियाछन् भन्या छोरि दिन्यालाइ ३ वर्ष कैद गर्नु. म्यादका रुपैया लि छाडिदिनु. बाबुले जानि जानि दियाको हवस् वा नजानि दियको हवस्. त्यो केटि तेशले राषन पाउदैन छुट्याइ दिनु.

३७. नमासिन्या मतुवाली जातका छोरि नेवार जातले जात ढाटि विहा गर्‍याको रहेछ भन्या नमासिन्या नेवारजातलाइ १॥ वर्ष कैद गर्नु. म्यादका रुपैया दिया लि छाडिदिनु. मासिन्या जातले रहेछ भन्या. लोग्न्यालाइ मासि दिनु. जात ढाटि आउन्यालाइ थाहा नपाइ छोरि दियाकामा षत लाग्दैन. बाबुआमाले जानिजानि छोरि दि विहा गर्‍याको रहेछ भन्या नमासिन्या जात रहेछ भन्या केटालाइ २० छोरि दिन्यालाइ ३० रुपैया दंड गर्नु. मासिन्या जात रहेछ भन्या केटालाइ ४० छोरि दिन्यालाइ ६० रुपैया दंड गर्नु. रुपैया नतिर्‍या अइनबमोजिम कैद गर्नु. जानि जानि दियाको हवस् वा नजानि दियको हवस्. त्यो केटि तेशले राषन पाउदैन छुट्याइ दिनु.

३८. गोर्षा राज भर मुलुकका भातमा सरोवर चल्याका गुरुँ नाम गैह्र जातका ११ वर्ष मनिका हउन् ११ वर्ष नाघ्याका हउन् कन्या विधवाका जवर जस्ति करणि गर्न्या नमासिन्या मतुवालि जातलाइ लेष्याका अइन बमोजिम दंड कैद गर्नु. जवान् भयाक कन्या विधवाको राजि षुसिले करणि गर्न्यालाइ भात्मा वोर्‍याको भया पनि नभया पनि गुरुँ नाम गैह्रकोजात एकै हुनाले र. भात्मा पनि आजसम्म सरोवर चलाइ आयको हुनाले करणि गर्न्या गराउन्या दुवैलाइ षतवात लाग्दैन. सधवा गुरुंस्यानिको जारि गरेछ भन्या अइनबमोजिम् साधुको षुसि गुरँ नाम गैह्रका छोरि गुरुँ नामले विहा गर्न भनि कन्याका दाइयादारसित मागी विहा गरेछ भन्या. दिन्या लिन्याको जात जाँदैन. आफ्नै जातमा रहन्छन्. फलानाकि छोरि विहा गर्दैन भन्यो वा. फलानालाइ छोरि दिंनौ भन्या छोरि दिदा लिदा. आफ्नु षुसि हुंछ. कर लाग्दैन. गुरुं गुरुं जातमा हाम्रो जात ठुलो हो त्यस्को जात सानु हो भन्या र भात काढन्यालाइ २०।२० रुपैया दंड गर्नु. जिताउन्यालाइ जिताउरि पर्दैन.

यसैगरि यस ऐनमा विवाहसँग सम्बन्धित कन्या चोरी विहागर्न्या महलमा ६ प्रावधान, कन्या दोहोरो दिन्या महलमा ९ प्रावधान, रोगिलाइ कन्या दिंन भंन्या महलमा ५ प्रावधान, माग्याकि कन्या विहा गर्दिन भंन्या महलमा ५ प्रावधान, जातको रीत भया पछि विहा नहुदै अघि विग्रन्या महलमा ६ प्रावधान, विहा नहुदै अघि विग्रन्या महलमा २० प्रावधानहरुको व्यवस्था गरि विवाहलाई कानुनी रुपमा व्यवस्थित गरिएको थियो । 
यो कानुन जातमा आधारित कानुन भएको हुनाले एकै किसिमको कसुरमा पनि जात अनुसार फरक फरक किसिमको सजाय गरिएको पाइन्छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना