• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

जुँगु हत्याकाण्डः दोलखा जिल्ला अदालतले के भन्यो?

दोलखाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित भएका सांसद पार्वत गुरुङ्गलाई ज्यान मार्ने अभियोगमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। विरध्वज खड्काले दिएको किटानी जाहेरीका आधारमा उनिविरुद्ध अदालतले पक्राउ गर्ने आदेश प्रहरीलाई दिएको थियो। यो आलेख तयार गर्दै गर्दा गुरुङ्ग काठमाण्डौ जिल्ला अदालतमा हाजिर भएको खबर आएका छन्। अदालतले गुरुङ्गलाइ साधारण तारेखमा रहेर मुद्धाको पुर्पक्ष गर्ने आदेश गरेको छ। गुरुङ्ग जोडिएको यो मुद्धामा २०७४ बैशाख २६ गते दोलखाको जुँगुमा भएको घटना जोडिन्छ। के थियो त त्यो घटना?

सांसद गुरुङ्गको यो घटना २०७४ बैशाख महिनामा दोलखामा स्थानीय निर्वाचनका बेलामा भएको कुलबहादुर हत्याकाण्डसँग प्रत्यक्ष रुपमा जोडिएको छ। २०७४।०१।२६ गते बेलुका अं. ८.३० बजेको समयमा निर्वाचन प्रचारप्रसारका क्रममा कुलबहादुर तामाङको हत्या भएको थियो।  २०७५ साल असार महिनाको २१ गते दोलखा जिल्ला अदालतबाट यस मुद्धाको फैसला भएको छ। 

मृतकको बुबा गोरे तामाङको जाहेरीमा तत्कालिन एमाओवादी नेता गंगा कार्की 'विश्व', देवी खड्का तथा विशाल खड्का लगायत ४० जनालाई विपक्षी बनाई दायर गरिएको मुद्धामा फैसला गर्दै अदालतले 'अनुमान र हचुवाको भरमा जाहेरीमा नाम लेखाएको र सोही जाहेरीको आधारमा अभियोग पत्र पेश भए पनि स्वतन्त्र, वस्तुगत र ठोस सवुद प्रमाणको आधारमा कसूर ठहर गरी सजाय गर्नु फौजदारी न्यायको आधारभूत सिद्धान्त विपरीत हुने हुँदा आरोपित कसूरमा कसूरदार ठहर गर्न मिल्दैन ।'भनी आरोपित सबैलाई सफाइ दिएको छ।

फैसलाको पूर्ण विवरणका लागि लिङ्क

http://www.supremecourt.gov.np/cp/assets/downloads/219957.pdf

मुद्धाको प्रकृयागत विवरणको लिङ्क
http://www.supremecourt.gov.np/weekly_dainik/pesi/case_process_detail/42

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना