• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

श्रीमती भन्छिन बोक्सी भनेर दिसा खुवाए...श्रीमान भन्छन हैन !

ठ्याकै ३ वर्षअघि मंसिरकै महिनामा तिर्थमाया विक चरिकोट आइन । देवरहरुले बोक्सी आरोप लगाएर दिसा खुवाएको र औंला भाँचिदिएको बताइन । पत्रिकाहरुले राम्रै कभरेज पनि गरे । तर घटना अदालतबाट प्रमाणित हुन सकेन । तीन वर्षपछि अहिले विगु गाउँपालिकाका दम्पतीहरु बोक्सीको आरोपमा लखेटिएको सन्दर्भमा त्यस घटनामा भएको फैसलाको बारेमा केहि कुरा ..

तत्कालिन हावा गाविस हाल तामाकोसी गाउँपालिका वडा नं. ७ कि तिर्थमाया विश्वकर्मा आफूलाई बोक्सी आरोपमा दिसा खुवाइएको भन्दै चरिकोट आएकी थिइन् । परिवारकै सदस्यले दिसा खुवाएको भन्दै प्रहरीमा जाहेरी दिएकी विश्वकर्माले प्रहरी जाहेरी र अदालतमा दिएको बयानमा आफुलाई बोक्सीको आरोपमा यातना दिइएको र दिसा खुवाएको उल्लेख गरेकी थिइन । 

२०७३ मंसिर १६ गते जिल्ला अदालत दोलखामा दर्ता भएको उनको मुद्धामा २०७३ फागुन १८ गते फैसला गर्दै अदालतले अभियोग माग दावी पुग्न नसक्ने फैसला गरेको थियो । अदालतले फैसला गर्दा पिडितका श्रीमान रणबहादुर विश्वकर्माले अदालतमा गरेको बयानलाई आधार बनाएको थियो । पिडितका श्रीमान् रणबहादुर विश्वकर्माले अदालतमा ‘मेरो श्रीमतीलाई यी प्रतिवादीहरुले मलमुत्र खुवाएका होइनन् । मलाई मेरो श्रीमतीले बेलुका घरमा यी प्रतिवादीहरुलाई मुद्धा नचलाउने हो भने म आत्माहत्या गरेर मर्छु भने पछि मैले बाध्य भएर श्रीमतीलाई मुद्धा देउ भनेको हो’ भनी बयान दिएका थिए । तर उनले प्रहरीमा कागज गर्दा भने ‘प्रतिवादीहरुले मेरो श्रीमती तिर्थमाया विकलाई तँ बोक्सी होस भनी गालीगलौज गरेको मैले सुनेको हुँ’ भनेका थिए ।

कानुनी प्रकृयामा गएर पिडकलाई कारवाही गर्दा आफुलाई असुरक्षा महसुस गरेर पिडितले बयान फेर्ने कानुन व्यवसायी प्रोणप्रताप केसी बताउँछन् । ‘सरकारवादी मुद्धामा मेलमिलाप नहुने भएका कारण यसरी बयान फेर्ने अवस्था हुन्छ’, केसीले भने । 

हेर्नुहोस अदालतको फैसला 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना