दोलखाका पूर्व जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई अख्तियारले ६ लाख ५० हजार विगो माग गरि मुद्दा दायर गरेको छ । अख्तियारले आज विज्ञप्ती जारी गरेर यो कुराको जानकारी दिएको हो ।
रिजालले मेलुङ गाउँपालिका ४ भेड्पुका ४० वर्षिय कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार मुद्धाका प्रतिवादी लामाकी श्रीमती रिनुलाई कार्यकक्षमा बोलाएर ‘ल तिम्रो श्रीमानलाई जेल जानबाट जोगाइदिएको छु, एक लाख रुपैंया बोकेर धरौटी जम्मा गर्न आउनू’ भनी एक लाख रुपैया लिएर दश हजार रुपैंयामात्रकाे रसिद दिएपछि घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि उनले प्रतिवादीलाई बाँकी ९० हजार समेत फिर्ता गरेका थिए ।
घटना सार्वजनिक भएपछि उनका विरुद्द अख्तियारले अनुसन्धान गरिरहेको थियो । उपसचिव रिजाल यसअघि अख्तियारमा सहायक प्रवक्ताका रुपमा कार्यरत थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दाका सेवाग्राहीसँग घुस/रिसवत लिएको, अनुगमनको भ्रमण भत्ता अनियमित तरिकाले लिएको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दा सम्बन्धी केश लाग्छ तथा कारागारको डरत्राससमेत देखाई गालीगलौज गरी मोलाहिजा/बार्गेनिङ गरी फरक-फरक सेवाग्राहीसँग पटक-पटक गरी रु. ५०,०००।–, रु. ९०,०००।-, रु. ३५,०००।–, रु.४,००,०००।– लिएको तथा भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी/खाता नै खडा नगरी कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने पदाधिकारीको दस्तखतसमेत नगरी तथा अनुगमन गएको भनी भ्रमण भत्तासमेत बुझेका दिनहरुमा अनुगमनमा नै नगई कार्यालयमै बसी आफैले सुरक्षा समितिको बैठक राखी उपस्थित भई हस्ताक्षरसमेत गरी अनियमित तरिकाले रु. ७७,६००।–लिएको रकमसमेत गरी निजउपर बिभिन्न ५ वटा आरोपपत्रमा जम्मा बिगो रु. ६,५२,६००।– कायम गरी आरोपपत्र दायर गरिएको छ । उक्त फरक फरक ५ वटा आरोपपत्रको प्रेस विज्ञप्ति देहाय बमोजिम रहेको छ ।
१. http://ciaa.gov.np/pressrelease/1552२. http://ciaa.gov.np/pressrelease/1553
३. http://ciaa.gov.np/pressrelease/1555
४. http://ciaa.gov.np/pressrelease/1551
५. http://ciaa.gov.np/pressrelease/1554
प्रवक्ता
प्रदीपकुमार कोइराला
प्रदीपकुमार कोइराला
No comments:
Post a Comment