• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

रामभोलेः मनकै कुरा पुर्‍याउने देवि !


रामभोले । नाम देवताको । मन्दिर देवीको । जिरी नगरपालिकाको वडा नं. ८ मा अवस्थित । 

केहि व्यक्तिगत सम्झना । तत्कालिन जिरी उच्च माध्यामिक विद्यालयको विद्यार्थी । विज्ञान संकायको । एकजना साथी थिए । रामेछाप गुम्देलका । उनले कुरा गर्न लागे रामभोलेको । मलाइ सकस भो । त्यति टाढाका मान्छे मन्दिर पुगेका । उनको भन्दा कैंयौं नजिकको म नै त्यहाँ पुगेको थिइन । लाग्यो पुग्नै पर्छ । केहि दिनमा म जिरीबाट मन्दिर पुगे । नयाँ बाटो सोध्दै सोध्दै । नयाँ मान्छे देखेरै होला । एउटा कुकुरले टोक्न पनि भ्यायो । पाइन्ट खुकुलो भएर घाउ भने ठूलो भएन । उत्तरतर्फको भिरालो जग्गामा छाना नभएको मन्दिर । ठूला ठूला सल्लाका रुख थिए छेउछेउमा । मूख्य शिलाको चारैपट्टी पर्खाल लगाइएको थियो । वि.सं. २०६२ तिरको कुरा हो यो ।


२०६६ चैत्र । प्रोणप्रताप केसी अध्यक्ष भएको फ्रेण्डसिप युनेस्को क्लबले प्रगतिका पाइला कार्यक्रम चलाउने भयो । मेरो भूमिका कार्यक्रम उत्पादक । पहिलो अंकका लागि छानियो कालिदेवी माध्यामिक विद्यालय । विद्यालय पथ्र्याे मन्दिरकै प्राङ्गणमा । सडकको ट्रयाक खुलीसकेको थियो । मन्दिर पुग्नका लागि ।

विद्यालयका प्रधानाध्यापक चक्र तामाङ, पुजारी र म मन्दिरमा छि¥यौं । मन्दिरको दर्शनपछि पुजारीले मन्दिर उत्पत्तिको प्रसङ्ग सुनाए ।

‘...यस ठाउँमा पहिला जंगल थियो । गोठालाहरु वस्तु चराउँथे । एउटाको लैनो गाईले दूध दिएन । गोठालोले चियो गर्दा यो मन्दिर भा ठाउँमा दूध झर्दो रैछ । त्यसपछि यहाँ देविको मन्दिर पत्ता लागेको..’

हरिबोधनी एकादशीपछिको पूर्णिमाको अघिल्लो रातदेखि पञ्चमीसम्म यस मन्दिरमा ठूलो मेला लाग्छ । मेला भर्न गाउँबाट पनि धेरै जान्थे अझै पनि जाँदैछन । पहिला पहिला मेला भरेर फर्कदा गीत भन्न जान्नेको गला बसेको हुन्थ्यो । धेरै पहिला त जुहारीबाट धेरैको घरजम पनि हुन्थ्यो । मेलामा दोलखा, रामेछाप, लगायत छिमेकी जिल्लाका हजारौं मानिस बाजागाजाका साथ डोली लिएर दर्शन गर्न आउँछन् । यहाँ भाकल गरेर पाठी, परेवा तथा कुखुरा पुजा गर्ने गरिन्छ । 

सडक पुग्नुअघि मन्दिरमा लाग्ने मेला भर्न एक रातमा २५ हजारदेखि ३० हजारसम्म मानिस आउथे । गाउँभरीका घरमा मानिसहरु बसेका हुन्थे । अहिले सडक पुगेपछि ५ हजार मानिस मन्दिरमा रात काट्छन । वडाध्यक्ष तेजबहादुर खड्का सम्झन्छन । मन्दिर कहिले स्थापना भयो एकिन विवरण कसैसँग छैन । मन्दिरमा १ सय ९० वर्ष पुरानो घण्ट अझै छ । १८८६ सालमा भक्तजनले चढाएको । 

लामोसाँघु जिरी सडकखण्डको खावाबाट अन्दाजी ५ किमिको दुरीमा पर्छ मन्दिर । खावा नेपालको राजधानी काठमाण्डौबाट दुईटा बाटो हुँदै पुग्न सकिन्छ । अरनिको राजमार्ग हुँदै आउँदा खाडिचौर भन्ने स्थानबाट जिरीतर्फ लाग्नुपर्छ । १ सय ७० किमि यात्रा गरेपछि खावा पुगिन्छ । यसैगरी विपी राजमार्ग हुँदै आउने हो भने खुर्कोटबाट रामेछाप सदरमुकाम मन्थली हुँदै खावा पुग्न सकिन्छ । यो बाटोबाट खावा आईपुग्न अरनिको राजमार्ग हुँदै आउँदा भन्दा करिब ३० किमि बढि यात्रा गर्नुपर्छ । झण्डै २ सय किलोमिटर । खावाबाट १३ किलोमिटरको यात्रामा नेपालको स्विजरल्याण्ड मानिने जिरी पुगिन्छ ।  

जिरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तेज बहादुर खड्का यो मन्दिरसँगै छहरा महादेवस्थान मन्दिर समेटेर यहि पर्यटन वर्षमा महोत्सवको तयारीमा छन् । महादेवस्थान मन्दिर यस मन्दिरबाट १ किमि दुरीमा छ । अहिले मन्दिर परिसरमा बस्ने खाने व्यवस्थाका लागि स्थायी किसिमका होटलहरु छैन । ‘त्यसका लागि पनि काम गरिराछु’ खड्काले भने । बाटो बाह्रै महिना चल्ने बनाउनका लागि यस वर्ष ठेक्का लागिसकेको छ । 

पखेरेमा रहेको छहरा महादेवस्थानमा प्राकृतिक रुपमा चट्टानमा कुँदिएका त्रिशुल, गाईका थुनहरु हेर्न पाईन्छ । मूख्य शिलाको छेउमै पोखरी पनि छ । यो पनि प्राकृतिक रुपमै निर्माण भएको हो । रामभोलेको मन्दिर पुगेपछि छुटाउनै नहुने स्थल छहरा महादेवस्थान हो । 
मन्दिरका पुजारी, व्यवस्थापन समिति मुख्य धामी सबै तामाङहरु छन् । तामाङ संस्कार, संस्कृति बुझ्न र मन्दिर दर्शनका लागि तपाँई पनि जाने हैन त !

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना