• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

हिरोसिमामा अणुबम आक्रमणः पाइलटको कुरा-२

हिरोसिमामा बम खसाल्ने जहाजका एक पाइलट पल टिबेट्सले २००२ मा द गार्जियनलाइ दिएको अन्तर्वातामा भनेका छन् । बम खसालेकोमा मलाइ कुनै ग्लानी छैन ।  द गार्जियनका स्टुडस टर्केल (Studs Terkel)ले अन्तर्वार्ता गरेका थिए । २००२ को अगष्ट ६ मा छापिएको अन्तर्वार्ताको पहिलो भाग अघिल्लो पोष्टमा राखेका थियौं । यसमा अर्को अंश राखेका छौं । 

स्टुडस: विस हजार टन । त्यती बमले कतिवटा हवाइजहाजहरु भरिन्छन होला?

पल: अँ, मलाइ लाग्छ ति २ बमहरु(हिरोसिमा र नागासाकीमा खसालिएका) युद्धका बेला हाम्रो हवाइ टोलीले पुरै युरोपभर खसालेका सबै बमहरूको जोडभन्दा शक्तिशाली थिए । 

स्टुडस: त्यसोभए रामसेले तपाँइलाई बमले पार्ने क्षतिको सम्भावना बताएका थिए ?

पल: उनले मलाइ जानकारी दिनेबेलासम्म त्यो सिद्दान्तमा मात्र सिमित थियो । म युद्दमा जान तयार भएको कुरा भन्न लागेको थिएँ । मलाइ ओपेनहाइमरसँग बम खसालेपछि कसरी भाग्ने भन्ने सोध्नु थियो । मैले उनलाई हामीले युरोप र

पल टिबेट्स Joe Skipper/Reuters
अफ्रिकामा बम खसाल्दा हामी बमकै दिशातिर सिधै अगाडि जाने गर्दथ्यौं, अव यहाँ के गर्ने भनेर सोधें । उनले भने तिमीले सिधै उड्न मिल्दैन किनभने तिमी सिधै यो विष्फोटको माथि हुन्छौ र कसैलाई तिमी त्यहाँ भएको थाहा हुँदैन । उनले भने 'मैले बढ्दो गतिमा दिशा परिवर्तन गर्नुपर्छ ।' मैले भनें 'मलाई अलिअलि त्रिकोणमिति र भौतिकशास्त्र थाहा छ । यसका लागि कुन रेखामा जानुपर्छ ?' उनले भने 'यसमा १५९ डिग्री कुनै दिशामा लिनुपर्छ ।' "जतिसक्दो चाँडो १५९ डिग्रीमा फर्केपछि तिमीले बम पड्केको ठाउँबाट धेरै ठूलो दुरी कायम गर्न सक्छौ ।"

स्टुडस: तपाँइले त्यसरी फर्कनका लागि कति समय लगाउनुभयो ? 

पल: मैले यसका लागि अभ्यासमा धेरै समय लगाएँ । बम १५ सय फिटमाथिबाट खसाल्नुपर्ने थियो । १५९ डिग्रीमा फर्कनका लागि मलाइ ४०-४२ सेकेण्ड लाग्यो । म वेन्डवोभर गएँ र जहाँज लिएँ । मैले २५०० फिटसम्मको उचाइमा अभ्यास गरें । अभ्यास गर्दा गर्दा यसरी फर्कन ४० सेकेण्ड लाग्ने भयो । पुच्छर गज्जबले हल्लियो र मलाइ भाँचियो कि भन्ने लाग्यो तर मैले छोडिन । यो मेरो लक्ष्य थियो । म यहि मात्र सोचेर अभ्यास गरिरहें । मैले ४० देखी ४२ सेकेण्डका विचमा यो काम गर्न सक्ने भएँ । त्यसपछि त्यो दिन आयो । 

स्टुडस: अगष्ट ५ मा तपाँइलाई ल काममा अघि बढ्नुस भनियो ?

पल: अँ । काममा अघि बढ्नुस भन्ने सन्देश पाउँदा म अमेरीकी टापु तिनियानमा थिएँ । तिनिहरुले यसलाई नर्वेजियन मौसम केन्द्रको गुआम पठाएका थिए । मसँग त्यो प्रतिवेदनको कपि पनि थियो । मौसमको भविष्यवाणीअनुसार अगष्टको छैठौ दिन होन्सु (हिसोसिमा भएको टापु)को मौसम राम्रो हुने थियो । त्यसै भएर हामीले त्यसका लागि सबै तयारी गर्‍यौं । जाने टोली तयार भयो, जहाजमा सामाग्रीहरु राखियो, टोलीलाई व्याख्या गरियो । सबै कुराहरुको जाँचपड्ताल गरियो । शत्रुको किल्लामा उड्नुअघि जाँचपड्ताल गर्नैपर्छ । 

जनरल ग्रुभसँग ब्रिगेडियर जनरल थिए उनिसँग विशेष टेलिटाइप थियो र उनको सम्पर्क वासिङ्गटन डिसिसँग थियो । उनी त्यहाँ बसेर सबैलाई सांकेतिक रुपमा निर्देशन दिए । हामी ६ तारेखको मध्यरातमा जानेगरि जहाजहरुको तयारी गरिरहेका थियौं । हामीले ५ तारेखको दिउँसो ४ बजे जाने तयारी गर्‍यौ । हामीलाई राष्ट्रपतिको आदेश आइसकेको थियो । यी बमहरु तिमीले चाहेअनुसार प्रयोग गर । तिनीहरुले तिमीलाई भनेको ठाउँमा बम खसाउनका लागि विहानको ९:१५ बजेको समय दिएका थिए । तर त्यो तिनियान समय थियो । जापानको भन्दा १ घण्टा ढिलो । मैले डचलाइ भनें तिमी समय निधो गर यो काम ९ वजे गर्नका लागि राती कतिबजेबाट काम सुरु गर्नुपर्छ । 

स्टुडस: त्यो आइतबार विहान भयो ?

पल: हो, हामी रनवेमा विहानको २:१५ बजे पुग्यौं र जहाज उडायौं । हामीले हामीसँग सम्बन्धीत मानिसहरु भेट्यौं । हामीले पहिले सल्लाह भए अनुसारनै भौगोलिक अवस्थामा जहाज उडायौं । यसमा कुनै गलत हुनु हुँदैनथ्यो । हामीले सबैभन्दा उत्कृष्ट काम गर्नुपर्ने थियो । त्यहाँ कुनै पनि गल्ति भएको थिएन । 

स्टुडस: त्यसो भए तपाँइसँग जहाजमा दिशा पहिल्याउने सहि मानिस थिए ?

पल: जहाजमा बम भएको क्षेत्र अटोपाइलटसँग जोडिएको थियो । बम वर्षा गर्नेहरु कहाँ बम खसाल्ने भनेर नक्सासहित बसेका थिए । त्यो जहाजसँग जोडिएको थियो । हामी असफल भयौं र बम खसाल्दा त्यो राखिएको ढोका नखुले के गर्ने भनेर चिन्तित थियौं । हामीले मानिसले काम गर्न मिल्ने तरिकाहरु सबै विमानमा राखेका थियौं । यसो गर्दा बम समयमै खस्ने थियो । जहाजमा भएकाहरु बम खसाल्न प्रयोग हुने सामानहरुका कसरी प्रयोग गर्ने भन्ने बारेमा हामीलाई पच्छ्याइरहेका थिए । हामीलाई रेडियो प्रयोग नगर्न भनिएको थियो तर मैले गरें । मैले तिनीहरुलाइ म एक मिनेटदेखि दश सेकेण्डसम्म दश दश सेकेण्डको अन्तरमा गन्ति गर्नेछु र त्यसपछि एक एक सेकेण्डको अन्तरमा गर्छु । यसले तिनिहरुलाई सामान खसाल्न समय दिनेछ । तिनीहरुले अव के हुँदैछ भन्ने थाहा पाए किनकि तिनीहरुलाई हामी कहाँ छौ भन्ने थाहा थियो । हामीले काम यसरी नै गर्नुपर्नेथियो र यसले गज्जबैले काम गर्‍यो । 

हामीले जहाज पाएपछि म सुरुङ्गमा घिस्रिएँ र उनिहरुलाई भनें तिमीलाई थाहा छ आज हामी के गर्दैछौं ? उनिहरुले भने अँ हामी आज बमबारी गर्न जाँदैछौं । मैले भने अँ हामी बमबारीका लागि जाँदैछौं तर यो अलि बिशेष छ । हाम्रो टुकडीको अन्तिममा बस्ने सैनिक बब क्यारोन सतर्क भयो । उसले भन्यो कर्णेल हामी आज परमाणुसँग खेल्नेछैनौं हैन त ? मैले भनें बब हामीले यसलाई भर्खरै पाएका छौं । अनि म अगाडिबाट पछाडि गएँ । त्यहाँ मैले जहाजमा दिशानिर्देश गर्नेहरु, बम खसाल्नेहरु र उडान इञ्जिनियरहरुसँग कुरा गरें । मैले भनें यो अणु बम हो र यसैलाई हामी खसाल्नेछौं । तिनिहरुले यसलाई चाख दिएर सुने तर मैले तिनीहरुका अनुहारमा कुनै परिवर्तन देखिन । यिनीहरु मूर्ख थिएनन् । त्यहाँ अचम्म भाव भएका अनुहार हामीले देख्यौं । 

हामी नजिकै आइपुगेका थियौं । हामी त्यो विन्दुमा पुग्न लागेका थियौं । मैले एक सेकेण्ड भन्ने बेला आएको थियो । त्यो मेरो मुखबाट निस्कँदा जहाज अडियो किनभने १००००lbs अगाडिबाट बाहिर आयो । म यो मोडमा थिएँ जहाँ मैले आफ्नो उचाइ जहाजको गति र मेरो वरपर भएका सबै कुरा नियन्त्रण गर्नुपर्ने थियो । यसबेला मेरो नाक उच्च भएको थियो । मैले पुरै आकाश हेरें सधैं देख्नेजस्तै यो लोभलाग्दो तरिकाले निलो र गुलावी रङ्गको थियो । यो ठूलो कुरा थियो । 

मैले उनिहरुलाई भने 'मैले परिक्षण गरें ।' 'गज्जब' तिनीहरुले भने 'के भन्न खोजेको ?' जव म बच्चा थिएँ । दाँतमा प्वाल पर्‍यो र दन्त चिकित्सककहाँ गएँ । कपासमा केहि राखेर दाँतमा केहि राखिदीए । मसँग एक चम्चा बरफ थियो र खाँदा त्यसले दाँतमा छोयो । त्यसले दिने झण्झनाहट ले त्यसको स्वादनै हराइदियो । मैले अहिले जाने त्यो कस्तो हुन्छ ।

हामी सबै जाँदैछौं । हामीलाई रेडियो बन्द गर्न भनिएको थियो । "कुनै छिचरा शब्द नबोल्ने । हामी के गर्दैछौं भने अव जतिसक्दो चाँडो यहाँबाट बाहिर निस्कनेछौ ।" हामीले त्यसो गरेपछि हामी घरबार विहिन हुनेछौं । त्यसपछि  टम फेरेबीले उसको बमवर्षा गर्ने रिपोर्ट भरे र जहाजको दिशा हेर्ने डचले आफ्नो लग भरे । टमले आफ्नो लग भर्दै बोले डच हाम्रो लक्ष्य कुन बेलामा पुरा गर्ने ? डचले उत्तर दिए ९:१५ प्लस १५ सेकेण्ड । फेरेबीले भने " कस्तो काम हत्तेरी १५ सेकेण्ड त गयो !"

क्रमशः

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना