• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

हिरोसिमामा अणु बम खसाउने पाइलट भन्छनः बम युरोपमा पनि खसाउने योजना थियो !

७५ वर्षअघि १९४५ अगष्ट ६ मा विश्वमा पहिलो पटक आणविक बम प्रहार गरिएको थियो । दोश्रो विश्वयुद्धको यहि बमबारीका कारण अन्त भएको विश्वास गरिन्छ । जापानको हिरोशिमा शहरमा भएको पहिलो आणविक बम प्रहारबाट झण्डै १ लाख ५० हजार मानिसहरुको मृत्यु भएको थियो । लिटिल ब्वाइ नाम दिइएको उक्त परमाणु बम प्रहारको तीन दिन पछि अगष्ट ९ मा अर्को शहर नागासाकिमा पनि फ्याट ब्वाइ नामक आणविक बमको आक्रमण गरिएको थियो । यसमा करिब ७५ हजार मानिसको ज्यान गएको थियो । 

हिरोसिमामा बम खसाल्ने जहाजका एक पाइलट पल टिबेट्स(Paul Tibbets)ले २००२ मा द गार्जियनलाइ दिएको अन्तर्वातामा भनेका छन् । बम खसालेकोमा मलाइ कुनै ग्लानी छैन ।  द गार्जियनका स्टुडस टर्केल (Studs Terkel)ले अन्तर्वार्ता गरेका थिए । २००२ को अगष्ट ६ मा छापिएको अन्तर्वार्ताको पहिलो भाग
स्टुडस: हामी अहिले मानिसहरु ओहोरदोहोर गर्ने रेष्टुरेन्टमा छौं । तर तिनीहरु कसैले पनि तपाँइ को हुनुहुन्छ भन्ने कुरा थाहा पाएका छैनन् । तपाँइले एक समयमा इनोला गे जहाज उडाउनुभएको थियो । सन् १९४५ को अगष्ट ६ आइतबारको विहान त्यसले पहिलो आणविक बम खसालेको थियो । त्यसले एउटा अवस्था नै बदलिदिएको थियो र तपाँइ त्यसको पाइलट हुनुहुन्थ्यो। 

पल: हो म त्यो पाइलट थिएँ.

स्टुडस: इनोला गे नामचाँहि.....
Joe Skipper/Reuters
पल: मेरी आमाको । मेरो बासँग विवाह गर्नुअघि उहाँको नाम इनोला गे हगर्ड थियो । मेरो बुबाले मलाइ उडान क्षेत्रमा कहिल्यै प्रोत्साहन गर्नुभएन । उहाँ हवाइजहाँज र मोटरसाइकल मन पराउनुहुन्नथ्यो । जव मैले कलेज छाडेर वायुसेनाको हवाइजहाज चलाउने कुरा सुनाएँ, बाले भन्नुभयो मैले तिमीलाई कलेज पठाएँ । गाडी किनिदिएँ । केटी घूमाउन पैसा पनि दिएँ । अव जे गर्छौ गर । मर्ने भए पनि मर । मलाइ मतलब छैन । त्यहिबेला आमाले भन्नुभयो पल तिमी जहाज उडाउन गइरहेका छौ भने राम्रै गरिरहेका छौ । त्यहि भएर । 

स्टुडस: त्यो कहाँ भएको थियो ?

पल: अँ मियामी फ्लोरिडामा । मेरो बुबा त्यहाँ धेरै वर्षदेखि घरजग्गा (रियल स्टेट)को व्यापार गर्नुहुन्थ्यो र त्यस समयमा अवकास पाउनुभएको थियो । म फ्लोरिडाकै गेइन्सभिलमा रहेको स्कुलमा पढ्थें । २ वर्षपछि म किन्सिन्टी गएँ किनभने फ्लोरिडामा मेडिकल स्कुल थिएन । 

स्टुडस: डाक्टर बन्ने सोच थियो ?

पल: मैले त्यस्तो सोचेको थिइन । त्यो मेरो बुबाको सोचाइ थियो । उहाँ भन्नुहुन्थ्यो तिमी डाक्टर बन्नुपर्छ । म टाउको हल्लाउँथे । एक वर्षपछाडि म हवाइ क्षेत्रमा लागें र जहाज उडाँए । मलाई यो चुनौती थियो । त्यसपछि मलाइ लाग्यो मैले जहाज उडाउनुपर्छ । 

स्टुडस: १९४४ मा तपाँइ B-29 बम खसाल्ने कार्यक्रमको लागि परिक्षणका रूपमा पाइलट हुनुभयो । तपाँइले सो कामको विशेष जिम्मेवारी कहिले पाउनुभयो ? 

पल:  १९४४ को सेप्टेम्बरको एक दिन म B-29 को परिक्षणमा थिएँ । मैले जहाज ल्याण्ड गरेपछि मलाइ एकजनाले भेट्नुभयो । उहाँले भन्नुभयो मलाइ भर्खरै कोलोराडो स्प्रिङ्सका जनरल उजल एन्ट (सेकेण्ड एयर फोर्सका कमाण्डर)ले फोन गर्नुभयो । उहाँ मलाइ भोलीपल्ट विहान ९ बजे उहाँकै कार्यालयमा भेट्न चाहनुहुन्थ्यो । उहाँले भन्नुभयो आफ्ना लुगाकपडा झोलामा लिएर आउनु किनभने तपाँइ अव यहाँ फर्कँनुहुन्न । यो किन भनिएको हो भन्नेमा मैले चासो दिइन । यो अर्को जिम्मेवारी पो रहेछ । 
म विहान भनेकै समयमा कोलोराडो स्प्रिङ्गस गएँ । ल्यान्सडेल नाम गरेको मानिसले मलाइ एन्टको कार्यालय पुर्‍याए । कार्यालयमा पसेपछि ढोका लगाए । उनिसँग निलो सुट लगाएको मसँगै हिरोसिमामा गएको US Navy captain विलियम पर्सन्स र कोलम्बिया विश्वविद्यालयको अणु भौतिकशास्त्रका प्रोफेसर डा नोरम्यान रामसे थिए । नोरम्यानले भने हामीले पाएको कामलाई म्यानहट्टन परियोजना भनेका छौं । यसमा हामी परमाणु बम बनाउनका लागि काम गरिरहेका छौ । हामीलाइ के लाग्यो भने विमान भएन भने हामी यो काममा धेरै अगाडि बढ्न सक्दैनौं । 
उनले मलाइ यस कामका बारेमा ४५-५० मिनेट व्याख्या गरे । त्यसपछि तिनिहरु त्यहाँबाट निस्किए । एन्टले मतिर हेरेर भने हिजो जनरल आर्नोल्ड (आर्मी एयर क्रप्सको महासेनानी)ले मलाइ तीन जनाको नाम सिफारिस गरेका छन् । दुइ जना अरू फूल कर्नेलहरू थिए । म चाँहि लेफ्टिन्ट कर्नेल ।  
जनरल आर्नोल्डले यो आणविक हतियारको काम कसले गर्न सक्छ भन्दा एन्टले पल टिबेट्सले गर्न सक्छ भनेका रहेछन् । मैले उनलाई यसका लागि धन्यवाद भनें । त्यसपछि उनले मलाइ अहिलेसम्म के के भएको छ भनेर बताए र संस्थाका मानिसलाई युरोप र टोकियो दुवै ठाउँमा आणविक हतियार खसाल्नका लागि तालिम दिन आवाश्यक प्रवन्ध गर्न भनियो । 

स्टुडस: चाखलाग्दो कुरा । बम युरोपमा पनि खसाउने कुरा रहेछ । हामीलाई त्यो थाहा थिएन । 

पल: मेरो कुरा हुनसक्नेभन्दा पनि प्रष्ट थियो । लगातार युरोप र जापानमा बम खसाल्न गोप्यताका कारण सम्भव भएन । विश्वको एक ठाउँमा नखसालिकन अर्को ठाउँमा खसाल्न सक्नुहुन्न । त्यसपछि उनले भने मैले तपाँइलाइ के गर्ने भनेर भनिराख्न परेन । तर मलाइ के थाहा छ भने तपाँइले B-29 सँग सुरुवात गर्नुपर्छ । मैले सैनिक तालिम नेब्रास्काबाट लिएको हुँ । हामीले पाएकामध्ये यो उत्कृष्ट तालिम हो । म चाहन्छु तपाँइ त्यहाँ जानुस । तिनीहरुसँग कुराकानी गर्नुस । तपाँइलाइ जे चाहना छ त्यो गर्नुस ।  यदि तपाँइलाइ त्यो उपयुक्त भएन भने तपाँइले केहि त प्राप्त गर्नुहुन्छ ।  कसैले तपाँइलाई यसो गर भन्ने छैनन किनभने कसैलाई थाहा छैन । यदि हामीले तपाँइका लागि कुने सहयोग गर्न सक्छौं भने भन्नुस । मैले उसलाइ धन्यवाद भनें । उनले भने पल आफ्नो जिम्मेवारी कसरी पुरा गर्ने भन्नेमा होसियार हुनुस । यो सफल भयो भने तपाँइ सम्भवत हिरो हुनुहुनेछ । असफल भयो भने जेलमा कैदि । 

स्टुडस: तपाँइलाइ परमाणु बमको शक्तिका बारेमा थाहा थियो ? तपाँइलाइ त्यसका बारेमा बताइएको थियो ? 

पल: अँह, मलाइ त्यसका बारे त्यसबेला केहिपनि थाहा थिएन । तर म संस्थालाइ कसरी सँगै राख्ने भन्नेमा जानकार थिएँ । उनले भने गएर ठाउँहरु हेर र कुन चाहन्छौ मलाइ खबर गर । मैले ग्य्राण्ड आइल्याण्ड नेब्रस्का चाहें । म ग्य्राण्ड आइल्याण्ड नेब्रस्का फर्कन चाहन्छु । त्यहाँ मेरी श्रीमति र २ बच्चाहरुपनि छन् । मैले मेरो लुगा सफा गर्न र अरु काम पनि गर्न सक्छु । तर मैले सोचें म पहिला उताहको सैनिक हवाइ अड्डा वेन्डवोभर जानेछु र तिनीहरुले के पाए पत्ता लगाउनेछु । मैले पहाडहरु काटेर आएपछि यो सुन्दर ठाउँ देखें । यो सैनिक तालिम गर्ने केन्द्र थियो । त्यहाँ रहेका सैनिकहरु P-47 लडाकुको पोशाकमा थिए । लेफ्टिनेन्ट कर्नेल इन्चार्जले भने हामीलाइ यहाँ रोकिनका लागि भर्खरै सुझाइएको छ । मलाइ थाहा छैन तपाँइहरु के चाहनुहुन्छ । । तपाँइहरु यस ठाउँमा केहि गर्न चाहनुहुन्छ भने मैले अहिलेसम्म पुगेकामध्ये यो एकदमै उपयुक्त ठाउँ हो ।  तपाँइहरुसँग पूर्ण मेसिन पसल छ सबै जना योग्य छन् । तिनीहरु के गर्ने जान्दछन् । यो उपयुक्त ठाँउ हो । 

स्टुडस: त्यसपछि तपाँइले आफ्नो टोली छनौट गर्नुभयो ? 

पल: अँ, मैले यसका लागि मानसिक तयारी गरिसकेको थिएँ । मैले थाहा पाइसकेको थिएँ टोलीमा टम फेरेबी (एनोला गे जहाजको बमवर्षक), थियोडर डच भ्यान क्रिक (जहाजको दिशा हेर्ने विज्ञ) र वायत डेजुनबरी (उडान इञ्जीनियर) थिए । 

स्टुडस: तपाँइहरू युरोपमा पनि उड्नुभयो कि ? 

पल: अँ.

स्टुडस: अनि त्यतिबेला तपाँइहरू तालिममा हुनुहुन्थ्यो । तपाँइले रोबर्ट ओपनहाइमर (म्यानहत्तन परियोजनाका बरिष्ठ बैज्ञानिक) हरूसँग पनि कुरा गर्नुभयो कि ? 

पल: मैले तीनपटकसम्म सोचें म लस अलमोस (म्यानहत्तन परियोजनाको केन्द्र) जानुपर्छ । प्रत्येकपटक मैले त्यहाँ जाँदा ओपेनहाइमरले आफ्नै तरिकाले काम गरिरहेको देखे । पछि यसबारेमा सोचें यहाँ दिग्गज युवाहरु छन् । उ लगातार चुरोट खाइरहने र रक्सी पनि खाइरहेको छ । उ मोटा मानिसहरुलाई घृणा गर्छ । म्यानहत्तन परियोजनाको प्रमूख जनरल लेस्ली ग्रोभ आफैं मोटो थियो र रक्सी पनि खान्थ्यो । यी दुइजना बास्तवमै अमिल्दा जोडी थिए । 

स्टुडस: ग्रोभ्स र ओपेनहाइमर झगडा गर्थे कि ?

पल: अँ, तर कुनैले पनि यसलाइ देखाएनन् । तिनीहरूसँग यसका लागि फूर्सद नै थिएन। 

स्टुडस: ओपेनहाइमरले बमले गर्ने विनाशका बारेमा तपाँइलाइ कुनै कुरा भनेका थिए ?

पल: अँहँ.

स्टुडस: कसरी तपाँइले त्यसका बारेमा थाहा पाउनुभयो ? 

पल: डा रामसेबाट । उनले एकमात्र तपाँइलाइ भन्न मिल्ने कुरा भनेको यो विष्फोट हुँदा २०००० टन TNT बराबरको शक्ति निस्कन्छ । मैले 1lb  TNT को विष्फोटभन्दा ठूलो देखेको थिइन । मैले 100lbs TNT को विष्फोटभन्दा ठूलो विष्फोट देखेका मान्छे भेटेको पनि थिइन । त्यसपछि मलाइ लाग्यो धेरै नै ठूलो विष्फोटले प्रलय नै हुने रहेछ ।
यो अनुवाद तपाइलाइ कस्तो लाग्यो? आफ्नो विचार लेख्नुस है !

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना